एमसीसीविरुद्ध बिरोधप्रदर्शन र जनसभा हुदै : नेकपाका महासचिव विप्लवलगायतले सम्बोधन गर्ने

२०७८ भाद्र २८ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध आज मध्यान्ह काठमाडौँमा बिशाल बिरोधप्रदर्शनसहित जनसभा गर्ने बताएको छ । उक्त जनसभाको प्रमुख वक्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र वक्ताहरुमा देशभक्त जनगणतान्त्रिक मोर्चा , नेपालका अध्यक्ष सिपि गजुरेल , नेकपा (माले ) का महासचिब सिपि मैनाली , नेकपा ( माओबादी केन्द्र) का संयोजक कर्णजित बुढाथोकी , नेपालका लागि नेपालीका संयोजक डा सुरेन्द्र भण्डारीलगायतका राष्ट्रिय व्यक्तित्वहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
उक्त बिरोधप्रदर्शन मध्यान्ह १२ बजे काठमाडौँको त्रिपुरेश्वर , बबरमहल र लैनचौरवाट सुरु भै खुल्ला मंचमा पुगेर जनसभामा परिणत हुने बताइएको छ। साथै एमसीसीविरुद्ध हुने उक्त बिरोधप्रदर्शन र जनसभामा सक्रिय सहभागिता जनाउन आमराष्ट्रप्रेमी नागरिकलाई नेकपाले आग्रहसमेत गरेको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु