ने.क.पा.का प्रवक्ता प्रकाण्ड र कानुनमन्त्री कार्कीबीच भेटवार्ता

२०७८ भाद्र २० गते, आईतवार

 काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र   कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच आज बिहान  भेटवार्ता भएको छ । उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले अहिले पनि    नेकपाका सयौ नेता कार्यकर्ता जेलमा रहेको जनाउदै तत्काल रिहा गर्न कानुनमन्त्री  कार्कीलाई आग्रह गरेका थिए भने मन्त्री  कार्कीले रिहा गर्ने प्रक्रियालाई यथासिघ्र  टुंगोमा पुर्याउने प्रतिबद्धता जनाएको बताइएको छ । उक्त भेटवार्तामा देशको  राजनीतिक अवस्थाको बारेमा समेत छलफल भएको बताइएको छ । भेटवार्तामा देशको राजनीति दिनप्रतिदिन जटिल र गम्भीर बन्दै गएकोले यसको अग्रगामी समधान खोज्नु आबश्यक भएको बिषयमा छलफल गर्दै यसको निम्ति सरकार र नेकपा निरन्तर छलफल जुट्ने सहमतिसमेत भएको बताइएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु