दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध रिटको ओइरो !

२०७८ भाद्र ३ गते, बिहीबार


काठमाडौं । सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिटको ओइरो लागेको छ। मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदबाट उक्त अध्यादेश पारित गराई बुधबार राष्ट्रपतिबाट जारी गराए पछि उक्त अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिटको ओइरो लागेको हो । अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, अनुप अर्याल, सकुन्तला भुसाललगायतले दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट पेश गरेका छन् ।
अध्यादेश जारी भएलगत्तै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन । नेपालले नेकपा एमाले समाजवादी र ठाकुरले जसपा लोकतान्त्रिक नाममा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन ।
संसदलाई छलेर गैरसंवैधानिक र अलोकतान्त्रिक रुपमा अध्यादेश ल्याएर राजनीतिक अस्थिरता बढाउनु खोजेको आरोप रिटमा लगाइएको छ ।सरकारले ल्याएको अध्यादेश सर्वोच्च अदालतका पछिल्ला फैसला विपरीत भएको जिकीर पनि गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु