नेकपाका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र राप्रपाका अध्यक्ष थापाबीच भेटवार्ता : वर्तमान जटिल राजनीतिक अवस्थाको बारेमा छलफल

२०७८ श्रावण ८ गते, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र राप्रपाका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान भएको सो भेटवार्तामा महासचिव विप्लवले तकालिन सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्धको बिरोध जनाउने अध्यक्ष थापा पहिलो व्यक्ति भएको प्रसंग उठाउदै उनलाई धन्यबाद दिएको बताइएको छ। यसैगरी सो भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले ओली सरकारसंग भएको तीनबुँदे सहमति कार्यान्वन र बन्दि रिहाईको लागि राप्रपा एक जिम्मेवार राजनीतिक दल भएकोले राजनीतिक वृतमा र संसदवाट समेत पहल गरिदिन आग्रह गरेको र राप्रपाका अध्यक्ष कमल थापाले लोकतन्त्रमा कुनैपनि राजनीतिक दलमाथि प्रतिबन्ध लगाउनु नाजायज र निदनिय भएको बताउदै तीनबुँदे सहमति कार्यान्वन र बन्दि रिहाईको लागि सक्दो पहल गर्ने प्रतिबद्धता गरेको बताइएको छ ।


सो भेटवार्ता उपलब्धिमुलक भएको र आगामी दिनमा समग्र राजनीतिको बारेमा थप छलफल गर्ने सहमति समेत भएको बताइएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु