कोरोनाभन्दा घातक संसदीय ब्यवस्था

२०७८ बैशाख २७ गते, सोमबार

दयाराम लुवार


नोबल कोरोना भाइरसले जति आतंकित र त्रसित बनाएको छ , त्यो भन्दा कैयौ गुणा बढी दलाल संसदीय ब्यवस्थाले जनतालाई भयभित र आतंकित बनाएको छ । कोरोना एक जीवाणु हो , अति सानो रुपमा हुन्छ । यो आफ्नो नियममा चल्दछ । यसले आफ्नो क्षमताको आधारमा प्रभाव पार्ने र स्वरुप पनि निश्चित छ । यसले बिस्वका अधिकाङस रास्ट्रका लाखौ मानिसलाइ मृत्युको मुखमा पुर्याएर नेपालमा पनि देखिएको डबल म्युटेन्ट प्रकृतिको कोरोना भाइरसले लाखौको संख्यामा संक्रमीत बनाएर हजारौंको ज्यान लिएकोछ । कोरोनाको संक्रमण बढ्दै जादा यसले जनमानसमा एक प्रकारको भय उत्पन्न भएकोछ । दुनियाका धेरै जनसंख्या भएका कम्युनिस्ट मुलुकले सामान्य उपायहरु प्रयोग गरेर अत्यन्त कम क्षतिमा कोरोनालाई अफ्नो काबुमा पार्न सफल भएका छन । SMS – सामाजिक दुरी (Social distance) कायम गरेर , माक्स (Mask)लगाएर र सरसफाइ ( Sanitation) मा विशेष ध्यान दिदा पहिला त कोरोनाको संक्रमीत हुनबाट टाढै रहन सकिन्छ । यदि कोविड १९ बाट संक्रमित् भैसक्दा पनि समयमै स्वास्थ मापदण्डको पालना गरि चिकित्सकको सलाह अनुसार अनुसासित तरिकाले कार्य गर्दा हामी सुरक्षीत रहन सक्छौ तर सरकारले अनेक बिधिको प्रयोग मार्फत उचित ब्यवस्थापन गरि कोरोनाको महामारी नियन्त्रण गर्नुको सट्टा संसदीय ब्यवस्थामा अनावश्यक खालका गलत प्रचारबाजीले जनताको मनोबिज्ञानलाई भयभित बनाएर बिरामीको उपचारको नाउमा गरिब जनताको ढाड सेक्ने गरि गलत तरिकाले पैसा कमाउने सुनौलो अवसर निर्माण गरेका छन । स्वास्थ सेवाको नाउमा अकुत सम्पती कमाउदै जनता मारी रहेका छन ।आफुले बनाएको संविधानका पानालाई सुन्दर बनाउनका लागि केही रमाइला शब्दहरु उल्लेख गरिएका छन। जसले जनताको आखामा छारो हालेर माफियातन्त्र , लुट्तन्त्र , कालोबजारीतन्त्र ,भ्रष्टाचारतन्त्र जस्ता तमाम तन्त्रै तन्त्रको अँध्यारो कुनामा बसेर राज गरिरहेका छन। अझ कम्युनिस्टको नक्कली मुकुन्डो लगाएर आफुलाई समाजबादी कम्युनिस्ट भन्न रुचाउछन ।
हुने खानेका लागि यो देश स्वर्ग हो तर गरिब दिन दुखिका लागि नर्क। अहिलेका शासक र उहिलेका राणा शासनमा खासै भिन्नता पाइदैन । Transparency international Nepal को रिपोर्टलाई मान्ने हो भने हाम्रो मुलुक एसियाकै पहिलो नम्बरको भ्रस्ट मुलुकको सुचिमा पर्छ । यो देशमा प्रधानमन्त्री स्वयम् आफ्ना भ्रष्ट मन्त्री र नेताको संरक्षणका लागि मैदानमा उत्रिन्छन । संयुक्त रास्ट्र संघको प्रक्षेपणमा ध्यान दिने हो भने यो बर्ष हाम्रो देशको आर्थिक बृदिदर रिणात्मक हुने प्रक्षेपण गरेकोछ । UN को अनुमान बमोजिम दक्षिण एसियाको सबै भन्दा खराब अर्थतन्त्र नेपालको हो । केपि वलि नेतृत्वको सरकारले चालू आ. ब. बजेट प्रस्तुत गर्दा ७ प्रतिसत आर्थिक वृद्धिको सपना जनतालाई देखाएको थियो तर अहिलेको आर्थिक बृदिदर १ प्रतिसत पुगे पनि भाग्य मान्नु पर्ने अवस्था छ । मुलुक यस्तो हरिकंगाल भैसक्दा जनताका आधारभुत आवश्यकता पुरा गर्न नसकेर , उपचार खर्च नभएर जनता आत्महत्या गर्न बिवश भैरहदा यो देशका मन्त्री ,प्रधानमन्त्री र रास्ट्रपति बेखबर छन । यस्तै अवस्था निरन्तर जारी रहे नेपालको करिब आधी जनसंख्या डिप्रेसनमा जान सक्ने सम्भावना देखिन्छ । जनताको हालत जति खराब छ , नेता र शासकको मति उतिनै भ्रष्ट र गैरजिम्मेवार छ । संसदीय ब्यस्थामा नेपालका नेताहरु कहिले कसैले कुनै देशमा पनि नगरेको राजनीति गरिरहेका छन । राजनीति भनेको देश बदल्ने माध्यम हो भनेर बुजेका नेताले देश त बदलि दिए तर आशालाई निरासामा , अन्यायलाई अत्याचारमा ,कमिसनखोरीलाई नितिगत भ्रष्टाचारमा बदलि दिए । लाख- दश लाखमा हुने भ्रष्टाचारलाई एकै पटक सत्तरी करोडमा पुर्याई दिए ।
अन्त्यमा , हाम्रो देश बहुजातिय ,बहुभाषिक र बहुसास्कृती एबम् प्राकृतिक सुन्दरता तथा श्रोत – साधनले भरिपुर्ण देश हो । नेपाली जनताको जीवन शैली दुख कस्ठका साथै हासो खुसी र सहयोगी मनहरुले मिलेर रहेको मुलुक हो । यो देशमा विभिन्न शासन पर्णाली ,सत्ता ,नेतृत्वमा परिवर्तन त आए तर नेपाली श्रमजिबि जनताको जीवन शैली बदल्ने कुनै पनि परिवर्तन आएन । अहिलेको समयमा कोरोना महामारीबाट नेपाली जनतालाii सुरक्षीत बनाउन ध्यान दिनुको सट्टा उल्टै आफ्नो कुर्सिको रक्षा गरि सत्ता लम्ब्याउदै इतिहासकै ठुला ठुला रास्ट्रघात र जनघातमा लागिरहेको हुदा यो दलाल ब्यवस्थाले नेपाली जनताको मुक्ती दिदैन। केही नजिकका आसे – पासे बाहेक अरु सम्पुर्ण नेपालिको अहित छ । त्यसकारण नेपाली जनताको भाग्य बदल्ने सुनौलो ब्यवस्था एकिकृत जनक्रान्तीमार्फत बैज्ञानिक समाजवादमा लामबद्द हुन सबैका लागि बध्यता आएको छ ।

  • लेखक : अखिल( क्रान्तिकारी ) विशेष जिल्लाका अध्यक्ष हुन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु