दर्शनशास्त्रमा लेनिनको योगदान

२०७८ बैशाख १२ गते, आईतवार

हस्तबहादुर केसी

विषय प्रवेश

माक्र्सवाद कुनै निर्जीव जडसूत्र होइन, यो कुनै बनिबनाउ, पूर्ण, अपरिवर्तनीय सिद्धान्त होईन, अपितु यो कामको सजीव मार्गदर्शक सिद्धान्त हो ।” भ्लादिमिर इल्विच लेनिन लेनिनवादका प्रवर्तक र लेनिनवादी संगठनात्मक सिद्धान्त अर्थात् जनवादी केन्द्रीयताको सिद्धाकार समेत हुनुहुन्छ । पुँजीवादको चरम अवस्था मरणासन्न पुँजीवाद र सर्वहारावर्गका क्रान्ति सम्पन्न गर्नुभन्दा पूर्व बेला हो र “आज युग साम्राज्यवाद र सर्वहारावर्ग बीचको भीषण वर्गसंघर्षको युग हो” भन्नु हुने लेनिन सशस्त्र जनविद्रोह मार्फत सत्ता कब्जा गरेर विश्वमा पहिलो पटक सर्वहारावर्गको अधिनायकत्व सहितको वैज्ञानिक समाजवादको स्थापनाकर्ता र प्रयोगकर्ता हुनुहुन्छ । माक्र्सवादका तीन संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजका बारेमा वैज्ञानिक ढंगले व्याख्या, विश्लेषण र संशलेषण गर्नु हुने लेनिनले माक्र्सवादका ती तीनवटै संघटक अंग दर्शन, राजनीति र समाजवादका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुका साथै माक्र्सवादको दार्शनिक तथा वैचारिक–सैद्धान्तिक ज्ञानभण्डारलाई समृद्धशाली बनाउन महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । यहाँ दर्शनशास्त्रका क्षेत्रमा लेनिनले पु¥याएको योगदानका बारेमा उल्लेख गर्ने प्रयास गरिएको छ ।

बेलायतको औद्योगिक क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, फ्रान्सीसी राज्यक्रान्ति पश्चात सन् १९०० को पहिलो दशकसंगै पुँजीवादले परिपक्वता हासिल गरिसकेको थियो । पुँजीवादको गर्भबाट पँुजीपति वर्गको चिहान खन्ने औद्योगिक मजदुर वर्गको जन्म भइसकेको थियो । बेलायत, फ्रान्स, जर्मन, अमेरिका लगायतका पुँजीवादी देशहरुमा ठूला ठूला मजदुर आन्दोलनहरु जस्तै बेलयातको चार्सिस्ट आन्दोलन, डुडाइट आन्दोलन आदि भएका थिए तर ती सबै मजदुर आन्दोलनहरु वैज्ञानिक तथा क्रान्तिकारी मार्गदर्शक सिद्धान्तको अभावमा असफलता टुंगिएका थिए । दर्शनशास्त्रमा लेनिनको योगदानको बारेमा अध्ययन गर्ने क्रममा सर्वप्रथम हामीले माक्र्सवादी दर्शनको ऐतिहासिक विकासका बारेमा सामान्य चर्चा गर्नु सान्दर्भिक हुनेछ । मध्यमवर्गले पहिलो पटक पुँजीवादी क्रान्तिको नेतृत्व गरेको थियो । पुँजीवादी व्यवस्थाका विरूद्ध सर्वहारावर्गको क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्दै माक्र्स–एङ्गेल्सले सर्वहारावर्गमा दर्शनका लागि भौतिक हतियार फेला पार्नुभयो भने सर्वहारा वर्गले माक्र्स–एङ्गेल्सको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा बौद्धिक हतियार फेला पा¥यो । यस विषयमा आप्mनो ‘कानुनसम्बन्धी हेगेलको दर्शनको आलोचनामा एक देन’ शीर्षकको लेखको प्रस्तावनामा कार्ल माक्र्सले अगाडि लेख्नु भएको छ ‘जसरी दर्शनले सर्वहारावर्गमा आप्mनो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आप्mनो बौद्धिक हतियार भेटाउँछ ।”

सर्वहारावर्गले संसारलाई ठिक सित बुझ्ने र त्यसलाई फेर्ने एक अचूक अस्त्रको रुपमा माक्र्सवादी दर्शनलाई भेटाएकोमा लेनिनले त्यसको महत्वलाई यसरी दर्शाउनु भएको छ– “माक्र्सको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानव जातिलाई र खास रुपले मजदुरवर्गलाई ज्ञानका शक्तिशाली औजारहरु प्रदान गरेको छ ।” हेगेलको द्वन्द्ववादबाट आदर्शवादी दर्शन र फायरबाखको भौतिकवादबाट अधिभूतवादी विधिशास्त्र हटाएपछि माक्र्स–एङ्गेल्सको द्वन्द्वात्मक भौतिकवाद नामक प्रसिद्ध वैज्ञानिक दर्शनको जन्म भयो । अब माक्र्सवादी दार्शनिक विधिशास्त्र भौतिकवादी द्वन्द्ववाद बन्यो भने माक्र्सवादी दर्शनशास्त्र द्वन्द्वात्मक भौतिकवाद बन्यो । यसमा माक्र्सको मौलिक आविष्कारचाहिँ ऐतिहासिक भौतिकवाद हो । यसरी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको जन्म भयो र दर्शनमा महान् क्रान्ति भयो । कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले प्रथमतः शास्त्रीय दर्शनशास्त्रका विरूद्धको सङ्घर्षमा लड्दै एउटा नयाँ विश्वदृष्टिकोण सर्वहारावर्गलाई दिनुभयो र माक्र्सवादी दर्शनलाई समृद्धशाली तुल्याउनु भयो ।

आप्mनो वैज्ञानिक खोज, अध्ययन र अनुसन्धानका क्रममा माक्र्स–एंगेल्सले हेगेलको कानुन दर्शनमा आलोचनाको योगदान (१८४४), १८४४ का आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरु, पवित्र परिवार अथवा आलोचनात्मक आलोचनावादको आलोचना (बु्रनो बावेर र मण्डलीविरूद्ध १८४४), फायरबाखमाथि निबन्ध (१८४५), जर्मन विचारधारा (१८४५), (फायरबाख ः भौतिकवाद र आदर्शवादी दृष्टिकोणको विरोध (१८४५–४६) र दर्शनको दरिद्रता (१८४७) जस्ता प्रसिद्ध दार्शनिक रचनाहरुबाट माक्र्स र एङ्गेल्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको स्थापना गर्नुभयो । सन् १८४८ मा माक्र्स–एंगेल्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्र प्रकाशित भयो जसले विश्वका मजदुर तथा श्रमजीवीहरुलाई वैज्ञानिक मार्गदर्शन ग¥यो । आप्mनो सुप्रसिद्ध राजनीतिक अर्थशास्त्र ‘पुँजी’ मा माक्र्सले यो दर्शनको प्रयोग गर्नुभयो । १८७३ मा माक्र्सले पुँजीको दोस्रो संस्करण लेख्दै घोषणा गर्नुभयो– ‘द्वन्द्ववादले कुनै पनि चीजलाई आपूmमाथि हावी हुन दिँदैन किनभने आप्mनो सारतत्वमा यो आलोचनात्मक र क्रान्तिकारी छ ।’

स्मरणयोग्य कुरा के छ भने एङ्गेल्सबिनाको माक्र्सवाद पूर्ण हुन सक्तैनथ्यो । दर्शनशास्त्रको विकास र व्याख्या गर्ने क्रममा उहाँको प्रकृतिको द्वन्द्ववाद (१८७३–८३), वानरदेखि नर बन्ने प्रक्रियामा श्रमको भूमिका (१८७६), ड्युहरिङ मतखण्डन (१८७६–७८), समाजवाद ः काल्पनिक वा वैज्ञानिक (१८८०), परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति (१८८४) र लुडविक फायरबाख ः शास्त्रीय जर्मन दर्शनको मौलिकता र वैज्ञानिकता के हो भन्ने कुरा स्पष्ट पारिएका छन् । उहाँहरुले बारम्बार आप्mनो दर्शन कुनै जडसूत्र होइन, बरू यसको मूल तत्वमा पदार्थको गति र विकासअनुसार निरन्तर विकास गर्दै जानुपर्दछ भन्ने कुरामा जोड दिनुभएको छ । जीवन र जगतलाई बुझ्ने र बदल्ने वैज्ञानिक विचार र दर्शनका निक्र्योल गर्ने क्रममा कार्ल माक्र्स र एङ्गेल्स सर्वहारा तथा श्रमजीवी वर्गलाई साथमा लिएर अधिभूतवादी आदर्शवाद (विचारवाद) का विरूद्ध जीवनभर लड्नुभयो । चेतना र पदार्थमा कुन प्राथमिक हो ? भन्ने प्रश्नको जबाफमा उहाँहरुले पदार्थ नै प्राथमिक हो भन्ने कुरा पुष्टि गर्नुभयो । यही कारणले गर्दा माक्र्सवादी दर्शनको नाम भौतिकवाद रहेको छ । विचार वा चेतना प्राथमिक हो भन्नेहरु आदर्शवादी शिविरमा कित्ताबन्दी बन्न पुगे । निचोडमा पदार्थको विश्लेषण र संश्लेषण गर्दा आदर्शवादीहरु आदर्शवादी अधिभूतवादको विधिशास्त्र अपनाउँछन् भने भौतिकवादहरु भौतिकवादी द्वन्द्ववाद र इतिहासको विधि अपनाउँछन् । माक्र्स–एङ्गेल्सले विकास गर्नुभएको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद र अधिभूतवादी आदर्शवादबीचको भिन्नता यही हो ।

विसौं शताब्दिको शुरूवातसँगै पुँजीवाद साम्राज्यवादको चरणमा प्रवेश ग¥यो । लेनिन (१८७० – १९२४) ले साम्राज्यवादलाई मरणासन्न पुँजीवाद र सर्वहारावर्गले सम्पन्न गर्ने समाजवादी क्रान्तिको पूर्वबलेला हो भन्नु भयो । उहाँले दार्शनिक संशोधनवाद र साम्राज्यवादका विरूद्ध लड्दै माक्र्सवादको दोस्रो चरणमा लेनिनवादको विकास गर्नुभयो र माक्र्सवादी दर्शनशास्त्रको ज्ञानभण्डारलाई समृद्धशाली बनाउन थप योगदान पु¥याउनु भयो । के गर्ने ? (१९०२), एक पाइला अघि, दुई पाइला पछि (१९०४), एक पाइला अघि, दुई पाइला पछि (१९०४), माक्र्सवाद र संशोधनवाद (१९०८), भौतिकवाद अनुभवसिद्ध आलोचना (१९०८), माक्र्सवादका तीन स्रोत र ती सङ्घटक अङ्ग (१९१३), दार्शनिक नोटबुक (१९१४–१६), सर्वहारा क्रान्ति र गद्दार काउत्सी (१९१८), ‘वामपन्थी’ साम्यवाद ः एक बालरोग (१९२०) र फेरि एकपटक टे«ड युनियन, वर्तमान परि स्थिति तथा ट्राट्स्की र बुखारिनका गल्तीबारे (१९२१) इत्यादि रचनाहरुमा उहाँले मूल रुपमा जुझारू भौतिकवादको विकास गर्नुभयो । लेनिनका यी रचनामा विश्वसर्वहारा वर्गले ज्ञानका शक्तिशाली औजारहरु प्राप्त ग¥यो । वैज्ञानिक तथा क्रान्तिकारी विचारलाई निखर पार्ने सिलशिलामा साम्राज्यवाद र त्यससँग अभिन्न रुपले जोडिएको संशोधनवादसँग लड्दै लेनिनले जुझारू भौतिकवादको विकास गर्नुभयो । भौतिकवादी द्वन्द्ववादको विधिमा विपरीतहरुको एकता र सङ्घर्ष नै यसको गुदी भएको भन्दै यसको व्याख्या र विकासका लागि आप्mनो प्रसिद्ध दार्शनिक नोटबुकमा १६ वटा तत्वहरुको टिप्पणी गर्नुभयो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई सङ्गठनात्मक रुपमा लागू गर्न जनवादी केन्द्रीयताको पद्धति विकास गर्नुभयो ।

सर्वहारावर्गको अधिनायकत्वसम्बन्धी व्याख्या र विकास गर्ने क्रममा लेनिनले राज्य सत्ता र क्रान्तिमा विकास मात्र गर्नुभएन, बरू अक्टोबर क्रान्तिमा लागू गरेर देखाउनुभयो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनशास्त्रको विश्वदृष्टिकोणलाई वैज्ञानिक समाजवादी क्रान्तिमा उहाँले नै लागू गर्नुभएको थियो । लेनिनवाद तथा लेनिनवादमा विकसित दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको आधिकारिक व्याख्या र सोभियत सङ्घको वैज्ञानिक समाजवादमा लागू गर्ने काम स्टालिनले गर्नुभएको थियो । माक्र्सवादी दर्शनलाई समृद्धशाली तुल्याउने क्रममा लेनिनले आप्mनो प्रसिद्ध दार्शनिक नोटबुकमा द्वन्द्ववादका १६ तत्व उल्लेख गर्दै ‘सङ्क्षिप्तमा द्वन्द्ववादलाई विपरीतहरुको एकताको सिद्धान्तका रुपमा परिभाषित गर्न सकिन्छ । यसैमा द्वन्द्ववादको सार समावेश छ तर यसले व्याख्या र विकासको माग गर्दछ’ भन्नु हुँदै उहाँले जसरी आनुभविक आलोचनावादमा भौतिकवादको व्याख्या र विकास गर्नुभयो त्यसरी नै द्वन्द्ववादको व्याख्या र विकासका लागि दार्शनिक नोटकबुकमा बृहत् योजना प्रस्तुत गर्नुभएको थियो । (लेनिनद्वारा संश्लेषित दार्शनिक नोटहरु)

लेनिनले द्वन्द्ववादलाई १६ सूत्रमा यसरी विश्लेषण पनि गर्नुभएको छ–

१)            अनुचिन्तनको वस्तुपरकता (उदाहरण होइन, अपसारिता होईन, अपितु स्वयं वस्तु)

२)            एक वस्तुको अन्य बस्तुसँग बहुबीध सम्बन्धको पूर्ण समग्रता

३)            प्रत्येक वस्तु (अथवा परिघटना) को विकास, यसको आफ्नो गति, यसको आफ्नो जीवन ।

४)            प्रत्येक बस्तुमा आन्तरिक अन्तरविरोध प्रवृत्ति (तथा पहलु)

५)            वस्तु (परिघटना आदि) विपरीतहरुको एकता तथा योग – वस्तु (या आकार आदि) लाई विपरितहरुको योग या एकताको हिसाबले पनि बुझ्नुपर्छ ।

६)            विश्लेषण तथा संश्लेषणको एकता– अलग–अलग भागहरुमा विभाजन र यी भागहरुको समग्रता, योग

७)            संघर्ष अथवा विपरीतहरु, अन्तरविरोधी आकांक्षाहरु आदिको अनावरण

८)            प्रत्येक बस्तु (परिघटना आदि) को सम्बन्ध केवल बहुविध छैन, अपितु सामान्य तार्किक र प्रत्येक वस्तु (परिघटना, प्रक्रिया आदि) प्रत्येक अन्यसंग जोडिएका छन् ।

९)            विपरीतहरुको केवल एकता मात्र होइन, बरू प्रत्येक निर्धारण, गुण, लक्षण, पहलु, गुणधर्मको प्रत्येक अन्यमा संक्रमण (आफ्नो विपरितमा)

१०) नयाँ पहलुहरु, सम्बन्धहरु आदि अनावरणको अनन्त प्रक्रिया ।

११)         वस्तु, परिघटनाहरु, प्रतिक्रियाहरु आदिको बारेमा आभासबाट सारसम्म, कम गहण सारबाट अधिक गहण सारसम्म मानिसको ज्ञान गहिरो हुदै जाने अनन्त प्रक्रिया ।

१२)         सहअस्तित्वबाट कारणता तक अरू सम्बन्ध तथा पारस्परिक निर्भरताको एक रुपताबाट दोस्रो गहण तर, अधिक सामान्यरुप सम्म ।

१३)         तल्लो चरणका कतिपय लक्षण, गुण धर्म आदिको उच्च मञ्जिलमा पुनरावृत्ति ।

१४)         पुरानो तिर प्रतियमान वापसि (निषेध को निषेध)

१५)         अन्तर बस्तुको रुपसंग संघर्ष तथा यसको विपरीत रुपलाई प्mयाक्नु, अन्तर बस्तुको रुपान्तरण ।

१६)         परिणामको गुणमा संक्रमण यसको विपरीत” (उही– दार्शनिक नोट बुकबाट यहाँ उधृत) ।

माक्र्सवादका बारेमा लेनिन अगाडि भन्नु हुन्छ – “माक्र्सको दर्शनशास्त्र पूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानव जातिलाई र खासगरी श्रमिक वर्गलाई शक्तिशाली ज्ञानको हतियार प्रदान गरेको छ ।”

ड्ड           बर्नस्टिन, काउत्स्की, प्लेखानोभ, मार्तोभ, मार्तिनेभ, माख, कामेनेभ आदि संशोधनवादी विकृतिकरणको खण्डन गर्दै जुझारू भौतिकवादको विकास गरेर तिनीहरुका विरूद्ध लेनिन भन्नुहुन्छ– “सुसंगत भौतिकवादीहरुसंग, जो कम्युनिष्ट पार्टीमा छैनन्, संघबद्धताको अलावा ती वर्तमानकालीन प्रकृति– वैज्ञानिकहरुसंग, जसको भौतिकवाद प्रति झुकाव छ र जो तथाकथित “शिक्षित समाज” मा प्रचलित आदर्शवाद सन्देहवाद तिर हुने फेसनदार दार्शनिक विचलन विरूद्ध भौतिकवादको रक्षा र प्रचार गर्न भयभित हुदैनन्, संघवद्धता त्यस कार्यका लागि, जसबाट जुझारू भौतिकवाद सम्पन्न गर्नु पर्छ, धेरै नभएपनि कम महत्वपूर्ण छैन ।”

ड्ड           “यो स्मरण गर्नु आवश्यक छ कि ठीक जबर्जस्त उथलपुथलबाट, जसबाट वर्तमानकालीन प्रकृति विज्ञान गुज्रिरहेको छ, धेरै पटक प्रतिक्रियावादी दार्शनिकपंथ, लघुपंथ, धारा र लघु धाराहरु जन्म लिन्छन् । यसकारण प्राकृतिक विज्ञानको क्षेत्रमा वर्तमान क्रान्तिद्वारा उठाइएका प्रश्नहरुमाथि नजर राख्नु तथा दार्शनिक पत्रिकाको यस कार्यतिर प्राकृतिक वैज्ञानिकहरुलाई आर्कषित गर्नु– यो यस्तो कार्यभार हो जसको समाधान नगरीकन जुझारू भौतिकवाद कुनै पनि मानेमा न त जुझारू हुन सक्छ, न त भौतिकवाद” ।

ड्ड           “…हामीले यो बुझ्नु पर्छ कि ठोस दार्शनिक आधार विना कुनैपनि प्रकृति विज्ञान, कुनैपनि भौतिकवाद बुर्जुवा विचारको प्रहार र बुर्जुवा विश्व दृष्टिकोणको बहाली विरूद्धको संघर्षमा टिक्न सक्तैन । यस संघर्षमा टिक्न सक्ने र त्यसलाई पूर्ण सफलताको सारसम्म पु¥याउन सक्ने हुनका लागि प्राकृतिक वैज्ञानिक आधुनिक भौतिकवादी, त्यस भौतिकवादको सचेत पक्षधर हुनु पर्छ, जसको प्रतिनिधि माक्र्स थिए, अथवा उ द्वन्द्वात्मक भौतिकवादी हुनु पर्छ” ।

ड्ड           “…प्रकृति विज्ञानले यति तेज रफ्तारमा प्रगति गरिरहेको छ र तमाम क्षेत्रमा यस्तो जर्वजस्त क्रान्तिकारी उथलपुथलको अवधिबाट गुज्रिरहेको छ कि दार्शनिक निगमन विना त्यसको कार्य कुनैपनि हालतमा अघि बढ्न सक्तैन ।”

ड्ड           “तिनीहरु (रूसी माखवादी प्रोफेसरहरु–अनु) ओष्टवाल्ड पढ्दछन्, ओष्टवाल्डको विश्वास गर्छन्, ओष्टवाल्डको व्याख्या गर्छन् र त्यसैलाई माक्र्सवाद भन्दछन् । उनीहरु माख पढ्दछन्, माखमा विश्वास गर्छन्, माखको व्याख्या गर्छन र त्यसैलाई माक्र्सवाद भन्दछन् । उनीहरु प्वाँईकारे पढ्छन्, प्वाँईकारेमा विश्वास गर्छन्, प्वाँइकारेको व्याख्या गर्छन र त्यसैलाई माक्र्सवाद भन्दछन् । समग्रमा लिदा ती प्राध्यापकहरुले पुँजीपतिहरुको ब्याख्या गर्न बाहेक केही जानेका छैनन् । त्यसैगरी दर्शनशास्त्रका प्राध्यापकहरु धर्मशास्त्रका विक्रेता भएका छन्”

ड्ड           द्वन्द्ववादको सारका रुपमा विपरीतहरुको एकता र संघर्षको नियम (एकता सापेक्ष, सर्तबद्ध र अस्थायी हुन्छ भने संघर्ष निरपेक्ष, निसर्त र स्थायी हुन्छ ।

ड्ड           “संक्षिप्तमा द्वन्द्ववादलाई विपरीतहरुको एकताको सिद्धान्तका रुपमा परिभाषित गर्न सकिन्छ । यसमा द्वन्द्ववादको सार मूर्त हुन्छ, तर यसले ब्याख्या र विकासको अपेक्षा गर्छ ।”

ड्ड           “विपरितहरुको एकता (अनुरुपता, तादात्म्यता, समान कार्य) सर्तबद्ध, अस्थायी, क्षणिक, सापेक्ष हुन्छ । परस्पर विपरितहरुका बीचको संघर्ष विकास तथा गति जस्तै निरपेक्ष हुन्छ” ।

पदार्थको सही परिभाषा

“यो भौतिकवाद होः पदार्थले हाम्रा ज्ञानेन्द्रीयहरुमा सक्रिय हुदै संवेदना पैदा गर्छ । संवेदना, मस्तिष्क, मस्तिष्क तन्तु, आँखाको नानीमा भर पर्दछ जसमा पदार्थ एउटा निश्चित ढाँचामा संगठित हुन्छ । पदार्थको अस्तित्व संवेदना माथि भर पर्दैन । पदार्थ प्राथमिक हो । संवेदना, विचार, चेतना विशिष्ट ढाँचामा संगठित पदार्थका सर्वोच्च उपज हुन् ।”

“पदार्थ एउटा दार्शनिक प्रवर्ग हो जसले मानिसलाई उसका संवेदनाहरुमा वस्तुगत यथार्थताको जानकारी दिएको हुन्छ, एउटा यथार्थता जुन हाम्रा संवेदनाहरुद्वारा नक्कल गरिन्छ, तस्वीर खिचिन्छ र प्रतिबिम्बित गरिन्छ, तर त्यो तिनीहरुबाट स्वतन्त्ररुपमा अस्तित्ववान छ”

ज्ञान सिद्धान्तको सुसंगत ब्याख्या र विकास–

ड्ड           ज्ञान वस्तु जगतको प्रतिबिम्ब

ड्ड           कारण र कार्य, दिक् र काल, आवश्यकता र स्वतन्त्रता सम्बन्धी वैज्ञानिक अवधारणको विकास, सापेक्ष सत्य र निरपेक्ष सत्य

ड्ड           “पहिलो कुरो कुनै चिजको सही ज्ञान प्राप्त गर्ने हो भने हामीले त्यसका सबै पक्षहरु, त्यसका सम्बन्धहरु र मध्यस्तताहरुलाई हेर्नु र जाँच्नुपर्दछ । हामी यस कुरालाई पूरा मात्रामा हासिल गर्ने आशा कहिल्यै गर्न सक्दैनौं, तर बोधको यो नियम गल्ति र कट्टरताको विरूद्ध एउटा सुरक्षा हो । दोस्रो कुरा द्वन्द्वात्मक तर्कशास्त्रले कुन कुराको अपेक्षा गर्दछ भने चिजलार्ई विकासमा, परिवर्तनमा, आत्मगतिमा (जस्तो कि हेगेल कहिलेकाँही भन्दछन्) हेरियोस्…. तेस्रो कुरा कुनै चिजको पूर्व “परिभाषा” मा सत्यको कसीको रुपमा सम्पूर्ण मानवीय अनुभव समावेश हुनुपर्दछ । चौथो कुरा द्वन्द्वात्मक तर्कशास्त्रको के मत छ भने ‘सत्य सदा मूर्त हुन्छ, कहिल्यै अमूर्त हुँदैन’…. ।”

ड्ड           “विज्ञानका अन्य हरेक क्षेत्रमा झैं ज्ञानसिद्धान्तमा पनि हामीले द्वन्द्वात्मक ढंगबाट सोच्नुपर्दछ, अर्थात हामीले आप्mनो ज्ञानलाई तम्तयार र अपरिवर्तनीय ठान्नुहुँदैन बरू कसरी अज्ञानबाट ज्ञान प्रकट हुन्छ, कसरी अपूर्ण र बेठीक ज्ञान अझ पूर्ण र अझ ठीक बन्दछ भन्ने कुराको निरुपण गर्नुपर्दछ ।”

ड्ड           “भौतिक पदार्थ एउटा दार्शनिक अवधारणा हो, जसले वस्तुगत यथार्थको बोध गराउँछ । मानिसले वस्तुगत यथार्थको ज्ञान आप्mना ज्ञानेन्द्रियहरुका माध्यमबाट प्राप्त गर्दछ । अथवा इन्द्रियहरुका माध्यमबाट त्यस वस्तुगत यथार्थको प्रतिलिपि उतार्दछ र आप्mना अन्य अनुभवद्वारा त्यसलाई झन प्रकाशित पार्न सक्दछ । तर, भौतिक पदार्थ विचार सत्ता भन्दा स्वतन्त्र हुन्छ ।”

ड्ड           “विपरीत तत्वहरुको एकता (यो मानव मष्तिस्क र समाज समेतमा पनि) प्रकृतिका सबै घटनाप्रक्रियाहरुमा पाईने अन्तरविरोधले परस्पर विरोधी प्रकृतिको एकता र संघर्षलाई बुझाउँछ । यहाँ विपरित वस्तुहरुको एकता र संघर्ष नै वस्तुको वास्तविक जीवनको ज्ञानको आधार बन्छ । यसरी विपरीत वस्तुको एकताको रुपले अस्तित्व बनाउँछ भने विपरीत वस्तुको संघर्षले त्यसको विकासलाई बुझाउँछ ।”

दर्शनको पक्षधरताको स्पष्ट घोषणा र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दार्शनिक दिशाको विकास

लेनिन भन्नुहुन्छ– “यहाँ प्रश्न भौतिकवादको यो वा त्यो सूत्रीकरण होइन, बरू प्रश्न त भौतिकवाद र आदर्शवाद बीचको विवाद हो, दर्शनशास्त्रमा दुई आधारभूत कार्यदिशा बीचको भिन्नता हो । हामी बस्तुबाट चिन्तन र संबेदनाको प्रक्रियामा छौं अथवा चिन्तन र संवेदनाबाट वस्तु तिरको प्रक्रियामा ? पहिलो कार्यदिशा ९ीष्लभ० अथवा भौतिकवादी कार्यदिशा एंगेल्सले अबलम्बन गर्नु भयो । दोश्रो कार्यदिशा अथवा आदर्शवादी कार्यदिशा माखले अबलम्बन ग¥यो ।”

द्वन्द्ववादबारे लेनिनका दृष्टिकोणहरु

ड्ड           “द्वन्द्ववाद त्यो शिक्षा हो, जसले विपरीतहरु कसरी एकरुप हुन सक्छन र… कुन परिस्थितिमा ती एक अर्कोमा बदलिदै एकरुप बन्न जान्छन्, किन मानव मस्तिष्कले यी विपरीत तहहरुलाई मृत र स्थिर अर्थमा होईन, अपितु, सजीव, परिस्थितिबद्ध, गतिशील, एक अर्कोमा बदलिने अर्थमा हेर्नुपर्दछ भन्ने कुरा बताउँदछ ।”

ड्ड           “द्वन्द्ववाद वास्तवमा पदार्थहरुको सबभन्दा भित्री तहमा हुने अन्र्तविरोधहरुको अध्ययन हो ।”

ड्ड           “विकास भनेको विपरीत पक्षहरुको संघर्ष हो ।”

माक्र्सवादप्रति लेनिनको थप दृष्टिकोण

ड्ड           “ठोस परिस्थितिको ठोस विश्लेषण नै माक्र्सवादको आत्मा हो ।”

ड्ड           “माक्र्सवादले के सिकाउँदछ भने सर्वहारा वर्ग पुँजीवादी क्रान्तिबाट अलग छुट्टै रहनुहुन्न, त्यसप्रति उदासिन रहनुहुन्न र क्रान्तिको नेतृत्व पुँजीपतिको हातमा जान दिई त्यसै बस्नु हुन्न, बरू त्यसको उल्टो त्यसले उक्त क्रान्तिमा पूरा शक्तिका साथ भाग लिनुपर्दछ र सुसंगत सर्वहारा जनवादको निम्ति क्रान्तिलाई आखिरीसम्म बढाउनको निम्ति खुब डटेर लड्नुपर्दछ ।”

ड्ड           “माक्र्सवादले मात्र सुधार र क्रान्तिबीचको सम्बन्धलाई ठीक तथा उचित ढंगबाट निर्धारित गरेको छ । तर माक्र्सले सो सम्बन्धको एक पक्ष मात्र देख्न सक्नुभएको थियो, अर्थात एउटै मुलुकमा भएपनि, सर्वहारा वर्गको केही हदसम्म स्थायी तथा टिकाऊ विजय भन्दा अघिको अवस्थामा यस सम्बन्धलाई देख्न सक्नु भएको थियो । त्यस अवस्थामा ती दुईबीचको उचित सम्बन्धको आधार यसप्रकारको थियोः सुधार सर्वहारा वर्गको क्रान्तिकारी वर्गसंघर्षको उपफल हो …. । एउटै मुलुकमा मात्र भएपनि सर्वहारा वर्गको विजयपछि सुधार र क्रान्तिबीचको सम्बन्धमा एउटा नयाँ कुरा थपिएको छ । सिद्धान्ततः सम्बन्ध पहिलेजस्तै रहेको छ, तर त्यसको रुपमा एउटा परिवर्तन भएको छ र यस परिवर्तनलाई माक्र्सले आफैंले पहिले नै देख्न सक्नुभएको थिएन, तर त्यसलाई माक्र्सवादको दर्शन र राजनीतिको आधारमा मात्र बुझ्न सकिन्छ ।… सर्वहारा वर्गको विजयपछि (अन्तर्राष्ट्रिय क्षेत्रमा त सुधार क्रान्तिको “उपफल” नै रहेको हुन्छ) विजय प्राप्त गर्ने मुलुकको लागि सुधार एक आवाश्यक र न्यायोचित अवकाशको साधन रहन्छ । जब अधिकतम प्रयत्न लगाईसकेपछि कुनै संक्रमणलाई क्रान्तिकारी ढंगबाट पूरा गर्नको लागि शक्तिको अभाव हुन्छ, तब यस्तो अवकासको आवश्यक्ता पर्दछ । विजयले जुन “जगेडा तागत” को सिर्जना गरेको हुन्छ, त्यसबाट बाध्य भएर पछि हट्दाखेरि भौतिक र नैतिक बल प्राप्त गर्न र अस्तित्व कायम राख्न सकिन्छ ।”

                माक्र्सवादीहरुप्रति लेनिनको दृष्टिकोण ः “तिनीहरु जसले वर्गसंघर्ष मात्र बुझेका छन्, तापनि ती माक्र्सवादी होइनन् । ऊ मात्र माक्र्सवाद िहो, जसले वर्गसंघर्षको बुझाइलाई सर्वहारा अधिनायकत्वको बुझाइसम्म विस्तार गर्दछ । त्यसले नै माक्र्सवादी र साधारण बुर्जुवाका बीच सबैभन्दा गहन विभेद निर्माण गर्दछ । यही नै माक्र्सवादको बुझाइ र पहिचानको परीक्षण गर्ने कसी हो ।”

ड्ड           “माक्र्सको दार्शनिक भौतिकवादले नै सर्वहारालाई त्यस वैचारिक दासताबाट मुक्तिको मार्ग देखायो जुन दासता आजसम्म सम्पूर्ण उत्पीडित वर्ग गुम्सिएको थियो ।”

ड्ड           “मानवजातिले सृजना गरेका सम्पूर्ण ज्ञानभण्डारबाट आप्mनो दिमागलाई समृद्ध पारेर मात्र तपाईं कम्युनिस्ट बन्न सक्नुहुन्छ ।”

उपसंहार

लेनिनले दर्शनका क्षेत्रमा विकास गरेर माक्र्सवादलाई समृद्ध तुल्याउन महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । लेनिनले दर्शनका क्षेत्रमा विकास गर्नुका साथै राजनीतिक अर्थशास्त्रका क्षेत्रमा पनि थप विकास गरेर माक्र्सवादलाई समृद्ध तुल्याउन महत्वपूर्ण योगदान गर्नु भएको छ ।

त्यस्तै दर्शन, राजनीतिक अर्थशास्त्र साथै लेनिनले वैज्ञानिक समाजवादका क्षेत्रमा समेत थप विकास गरेर माक्र्सवादको ज्ञानभण्डारलाई समृद्धशाली तुल्याउन महत्वपूर्ण योगदान गर्नु भएको छ ।       

दर्शनका क्षेत्रमा लेनिन गर्नु भएको योगदानहरुका वारेमा व्याख्या गर्न जरूरी छ । दर्शनको क्षेत्रमा लेनिनका योगदान निकै महत्वपूर्ण छन् । लेनिनले माक्र्सवादी दर्शनलाई आत्मसात् गरी विकसित तुल्याउनु भयो । वहाँले यस क्षेत्रमा तमामा खाले आदर्शवाद, अधिभूतवाद र यान्त्रिक भौतिकवादका विरूद्ध कडा विचारधारात्मक संघर्ष चलाउनु भयो । लेनिनले प्रकृति विज्ञान र समाजविज्ञानमा हुँदै आएको विकासमाथि पनि आवश्यक ध्यान दिनुभयो ।

माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादी दर्शन हो । यसले पदार्थलाई र चेतनालाई दोस्रो दर्जामा राख्दछ । यसले मानिसको मनभन्दा बाहिर पदार्थको स्वतन्त्र अस्तित्व स्वीकार गर्दछ । द्वन्द्वात्मक भौतिकवादले यो संसारलाई बोधगम्य र त्यसैले परिवर्तनयोग्य मान्दछ । द्वन्द्वात्मक भौतिकवादले पदार्थ र त्यसमा विद्यमान गतिलाई अविनाशी मान्दै, तिनका बिचमा सम्बन्धलाई अविच्छेद बताउँदै र तिनलाई एकअर्कोमा रुपान्तरण हुने कुरा स्वीकार्दै आएको छ । माक्र्सवादी दर्शनको सारतत्वभनेको दुनियाँ बुझ्नु र मुख्यतः बदल्नु हो । यो सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । द्वन्द्वात्मक भौतिकवाद माथि विभिन्न कोणबाट हुँदै आएको प्रहार र त्यसलाई तोडमरोड गर्ने चिन्तनका विरूद्ध लेनिनले कडा संघर्ष चलाउनु भयो । दार्शनिक फाँटमा वहाँले संशोधनवादको विरोध गर्नु भयो । साथै दार्शनिक फाँटमा सर्वप्रथम लेनिनले बर्नस्टाइन लगायतका संशोधनवादीहरुमा पाइने नवकाष्टवाद, अज्ञेयवाद, आदर्शवाद, द्वैतवाद रअधिभूतवादको विरोध गर्नु भयो । वहाँले बर्नस्टाइन र उनका चेलाहरुको गैरमाक्र्सवादी चिन्तनमाथि कडा प्रहार गर्नुभयो ।

इतिहास सिद्ध छ सन् १९०५ मा क्रान्ति असफल बने पश्चात् रूसको दार्शनिक क्षेत्रमा नवकान्टवाद, नवप्रत्ययवाद लगायतका प्रवृत्तिका रुपमा आदर्शवादले जबर्जस्त रुपमा टाउको उठायो । त्यो बेला प्रकिृति विज्ञानमा भएका खोजहरुलाई नकारात्मक रुपमा पेशगर्दै आदर्शवादीहरु पदार्थको लोप भयो, भौतिकवाद, अस्तित्वविहीन बन्यो, पदार्थ र गति एकअर्कावाट अलग्गिएर भन्दै चिच्याउन थाले । उनीहरुले भौतिक विज्ञानमा भएको इलेक्ट्रोनको खोजलाई बङ्ग्याउने काम गरे । त्यस स्थितिमा लेनिनले भौतिकवाद तथा अनुभवसिद्ध आलोचना जस्तो अत्यन्तै महत्वपूर्ण रचना लेख्नु भयो । परमाणुलाई अविभाज्य मानिदै आएको स्थितिमा इलेक्ट्रोनको खोजले भौतिकवादमा आधारित परमाणुको मान्यतामाथि गम्भीर प्रकारको आशंका पैदा भयो । त्यस स्थितिमा लेनिनले भन्नुभयो–“जहाँ हिजोसम्म यसज्ञानको गहनताको सिमा परमाणुभन्दा अगाडि पुगेको थिएन र आज त्यो इलेक्ट्रोन, इथरभन्दा अगाडि पुगको छैन, त्यहाँ द्वन्द्वात्मक भौतिकवादले मानिसद्वारा प्रगति गरिदै आएको विज्ञानबाट हासिल गरिएका ज्ञानका यी तमाम युगान्तकारी खोजका अस्थायी, सापेक्ष, सन्निकटस्वरुपमाथि जोड दिन्छ । इलेक्ट्रोन त्यसरी नै अक्षय छ जसरी नै परमाणु, प्रकृति अनन्त छ ।” ८ यस क्रममा लेनिनले ज्ञानको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको विशदरुपमा विवेचना गर्नु भयो । वहाँले ज्ञानको स्रोत तथा त्यसको वस्तुपरकता, सत्यको सापेक्षता तथा निरपेक्षता, सत्यको कसौटी लगायतका विषयमा द्वन्द्वात्मक भौतिकवादी जाज्ञ सिद्धान्तलाई नयाँ उचाई प्रदान गर्नु भयो । यसरी नै लेनिनले दार्शनिक फाँटमा आदर्शवाद तथा भौतिकवादका बीचको पक्षधरताको मान्यतालाई पनि विकसित तुल्याउनु भयो र तमाम प्रकारका द्वैतवाद तथा तटस्थतावादको धज्जी उडाउनु भयो ।

यस अतिरिक्त लेनिनले भौतिकवादी द्वन्द्ववादवारे पनि गहन अध्ययन गर्नु भयो । यस सन्दर्भमा वहाँको“दार्शनिक नोटबुक” विशेष उल्लेखनीय छ । सो कृतिमा वहाँले एकातिर हेगेलिय तर्कशास्त्र तथा द्वन्द्ववादको गहिरो समीक्षा गर्नु भयो भने अर्कोतिर द्वन्द्ववादका मूल मान्यता एवम्विपरीतहरुको एकत्वको नियमलाई नयाँ ढंगले विकसित गर्नु भयो । वहाँले भन्नुभयो –“संक्षेपमा द्वन्द्ववादर्ला विपरीतहरुको एकताको सिद्धान्तका रुपमा परिभाषित गर्न सकिन्छ । यसमा द्वन्द्ववादको सर मूर्त छ, परन्तु यसले व्याख्या र विश्लेषणको अपेक्षा गर्दछ ।” साथै, लेनिनले आप्mनो प्रसिद्ध–“दार्शनिक नोटबुक” मा दर्शनशास्त्रको इतिहासको विवेचना पनि गर्नु भएको छ यो इतिहासमा दर्शनका विविध धारा र प्रवृत्तिलाई अध्ययन गर्ने गहन, वैज्ञानिक र सारगर्भित सामग्री हो ।

यस विषयमा माथि पनि उल्लेख गरिएको छ । लेनिनले संशोधनवादका विरूद्ध भिषण वैचारिक संङघर्ष लडेर माक्र्सवादी दर्शनलाई समृद्ध तुल्याउन महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । जस्तै ःलेनिनले क्रान्तिका लागि प्रतिक्रियावाद मात्र होइन, संशोधनवादको पनि विरोध गर्नु भएको छ र लेनिनवादको विकास यसै संघर्षका बिचबाट भएको हो । संशोधनवादले माक्र्सवादको तोडमरोड तथा अवव्याख्या गर्दछ । द्वन्द्वात्मक भौतिकवादको विरोधमा अधिभूतवाद र आदर्शवादलाई पच्छ्याउनु, वर्गसंघर्षको ठाउँमा वर्गसमन्वयको पक्षपोषण गर्नु, बलप्रयोगको सिद्धान्तका विरूद्ध शान्तिपूर्ण संसदीयबाटो पकड्नु र सर्वहारा वर्गको अधिनायकत्वको विरोधमा विशुद्ध जनवादको वकालत गर्नु संशोधनवादका मूल विशेषता हुन् ।

संशोधनवाद विभिन्न रुपमा प्रकट हुने गर्दछ दक्षिणपन्थी, उग्रवामपन्थी र मध्यपन्थी । दक्षिणपन्थी संशोधनवाद धारा हो । यसले मन्त्रिमण्डल संसदवादलाई आदर्श मानेर चल्दछ । उग्रवामपन्थीहरु कुनै बेला चर्को क्रान्तिकारी कुरा गरे पनि अन्ततः दक्षिणपन्थी अवसरवाद कै बाटो पकड्दछन् । मध्यपन्थीसंशोधनवाद कुनै खास बेलामा दक्षिणपन्थी र माक्र्सवादी धाराका बिचमा डोलायमान भएपनि अन्ततः दक्षिणपन्थी संशोधनवादलाई नै अंगाल्न पुग्दछ । लेनिनले यस प्रकारका तीनै थरी संशोधनवादी विरोध खण्डन गर्नु भएको छ । लेनिनले बर्नस्टिनवाद, मन्त्रिमण्डलवाद, अर्थवाद, कानुनी माक्र्सवाद, मेन्सेविक, सुधारवाद, विसर्जनवाद, काउत्स्कीवाद सहितका विविध धारा र प्रकृत्तिका विरूद्ध कडा विचारधारात्क संघर्ष चलाउनु भयो ।

लेनिनको विचारमा साम्राज्यवाद र संशोधनवादका विच घनिष्ट सम्बन्ध रहेको छ । इङल्याण्डमा एकाधिकारी पुँजीको विकासँगै अभिजात वर्गीय वा पुँजीवादी मजदुर पार्टी बनेको र साम्राज्यवादको विकाससित संसारका विभिन्न देशहरुमा संशोधनवादी पार्टीहरु बन्न पुगेको कुरामा राम्रो प्रकाश पार्नु भएको छ । वहाँले क्रान्तिकारी कम्युनिष्ट पार्टीमा बन्न पुगेको कुरामा राम्रो प्रकाश पार्नु भएको छ । वहाँले क्रान्तिकारी कम्युनिष्ट पार्टीमा फुट हुनुका पछाडि साम्राज्यवादको हात रहेको कुरा निकै स्पष्टताको साथ उल्लेख गर्नु भएको छ र सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणका लागि संशोधनवादीहरुसित सम्बन्धविच्छेद गर्नुपर्ने र पार्टीभित्रका संशोधनवादहीहरुलाई हटाउनु पर्ने कुरमा विशेष जोड दिनु भएको छ ।

संशोधनवादको एउटा विचित्र विशेषता देखा पर्दै आएको छ । त्यो हो– माक्र्सवाद परित्याग गरेपनि आएको छ । त्यो हो–माक्र्सवाद परित्याग गरेपनि माक्र्सवादको साइनवोर्ड झुण्डयाइरहनु । यसबारे लेनिन भन्नुहुन्छ–“जहाँ पनि मजदुरहरुमा माक्र्सवाद लोकप्रिय छ, त्यहाँ यो राजनीतिक प्रवृत्ति, यस “बुर्जुवा मजदुर पार्टी” ले माक्र्सको नाममा शपथ ग्रहण गर्नेछ । जसरी एक … फर्मलाई विशेष लेवल, कुनै पनि साइनबोर्ड अथवा कुनै पनि विज्ञापन प्रयोग गर्नबाट रोक्न सकिन्न । इतिहासमा सँधैदेखि के कुरा हुँदै आएको छ भने उत्पीडित वर्गहरुमा लोकप्रिय क्रान्तिकारी नेताहरुको निधनपछि त्यसका शत्रुहरुले उत्पीडित वर्गलाई धोका दिनका लागि तिनका नामहरुलाई प्रयोग गर्ने कोशिस गरेका छन् ।” – भ्या.इ. लेनिन संकलित रचनाएँ दश खण्डँ मे खण्ड ६ पृ. २२५÷६ प्रगति प्रकाशन मास्को १९२३ । लेनिनका यी भनाइहरु आज विश्वका साथै नेपालका सन्दर्भमा पनि राम्रोसित चरितार्थ भएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु