जनतालाई फैसला गर्न देऊ

२०७७ चैत्र २२ गते, आईतवार

झपेन्द्रराज बैद्य

जनता सर्बोपरी हो । २० बर्षसम्म संसदीय ब्यबस्थाको अभ्यास र यसैमा जोडिएका नेताहरुको चरित्र जनताले प्रत्यक्ष देखिसकेका छन् । जनताको जीवन स्तर झन् पछि झन् खस्केको मात्र होइन, नेपाल बिदेशीको नवउपनिबेश भैसकेको छ । जनताको राय बुझ्न जनमत संग्रह गर्नु राम्रो कुरा हो । जनता सर्बोच्च भएको हुनाले जनताको फैसलाअनुसार काम गर्नु पर्छ । अहिले जनता संसद्वादी नेताहरुसँग आक्रान्त छन् । कमिशन भ्रष्टाचार, माफिया र तस्करको थलो मन्त्रिमण्डल भएको छ । यसमा प्रम बढी जिम्मेवार छन् । प्रमबाट संसद बिघटन हुन्छ । सर्बोच्च अदालतले संसद पुनस्र्थापना गर्छ । यसबाट प्रमभन्दा अदालत शक्तिशाली छ भन्ने बुझिन्छ । संसद् पुनस्र्थापना भए पनि बैठक बस्न नसकेको अवस्था छ । पूर्वनेकपा तीन समूहमा बिभाजित भएको छ । एउटा समूह प्रम वलीेले आपूm संस्थापक भएको दाबी गरेका छन् भने अर्को छ नेपाल समूह । दुबै थरिले आपूm अधिकारिक भएको दाबी गरिरहेका छन् । प्रमले एकलौटी रुपमा सत्ता चलाएको भनी नेपाल समूहले बिरोध गरिरहेको छ । यस्तै प्रचण्ड नेतृत्वको माकेले पनि केपी वलीलाई सत्ता छोड्न दबाब दिइरहेको अवस्था छ । यी तीन समूहमा गाईजात्रा चलिरहेको छ ।

राष्ट्रिय रुपमा बद्लिदो परिस्थितिअनुसार अबको बिकल्प सनमत संग्रह हो । वैज्ञानिक समाजवाद कि संसद्वाद ? भन्ने बिषयमा जनमत गर्नु पर्छ । बिभिन्न बिषयमा जनमत संग्रह हुनसक्छ । अहिले असफल भएको संसदीय ब्यबस्थाको बिकल्पमा जनमत संग्रह हुनुपर्छ । तर, जनमत संग्रह गर्दैमा जनताको राय आइहाल्छ भन्न सकिँदैन । बिदेशीले दलालमार्फत् नेपाल चलाएको छ । एमसीसी लागू गर्ने उद्देश्यका साथ अमेरिकाले वैज्ञानिक समाजवाद असफल गराउन चाहन्छ । यसमा अमेरिकाले ठूलो धनराशी खर्च गर्न सक्छ । वैज्ञानिक समाजवाद लागू भएमा अमेरिकाको लागि नेपाल बन्द हुन्छ । नेपालका दलालहरुको पनि घाँटी सुक्छ । एउटा त उनीहरुको कमाइ रोकिन्छ । दोस्रो दलालहरुको सदाको लागि सत्ता गुम्ने हुन्छ । उनीहरुमा रुवाबासी हुन्छ । अर्को महत्वपूर्ण कुरा अमेरिकाले नेपालको छातीमा टेकेर चीनलाई हिर्काउन सक्दैन । भारतको आफ्नो स्वर्थमा भूकम्प जान्छ । उसले नेपालमा अड्डा जमाउन पाउँदैन । न त नै सीमा मिच्न पाउँछ । सीमा मिच्न नपाउने मात्र होइन मिचिएका नेपालको भूभाग पनि फिर्ता गर्नुपर्छ । असमान ब्यापार हुन पाउँदैन । भारतले नेपाललाई पञ्चशीलको सिद्धान्तले हेर्नुपर्छ । सहअस्तित्व स्वीकार्नुपर्छ । भूगोलमा भारत ठूलो भए पनि नेपाल भारतको छोटेभाइ होइन । न त भारत नेपालको बडे भाइ हो । दुबै समान हुन् ।

यस प्रकार जनमत संग्रहमा जान चुनौती छ । त्यसो त नेपालको हरेक निर्वाचनमा अमेरिका र भारतले बिशेष रुपले हेरिरहेका हुन्छन् । उम्मेदवार उठाउने र जिताउने पनि उनै हुन्छन् । अब के नेपाल बिदेशी हस्तक्षेप सहेर बसिरहन्छ त ? अहँ त्यसो होइन । सारा नेपालीको बलले बिदेशी हस्तक्षेप बिफल पार्नुपर्छ । यो नेपाली जनताको हातमा छ । साबिक निर्वाचन आयोगले होइन । प्रगतिशील नेपालीको आयोगले निर्वाचन गराउनुपर्छ । साम्राज्यवाद र प्रतिगमन बिरोधी नागरिक प्रगतिशील हुन । कमिशन र भ्रष्टाचारमा प्रमाणित भएका ब्यक्ति आयोगमा बस्न सक्दैनन् । वैज्ञानिक समावाद लागू भएमा नेपाल बिश्वमा चम्कने छ । यहाँ एउटा कुरा आउँछ कि बल प्रयोग नगरिकन पनि वैज्ञानिक समाजवाद आउन सक्छ ? बल प्रगोग बिना संसारमा कहीँ पनि समाजवाद आएको इतिहास छैन । यो कुरा सत्य हो । बल प्रयोग नै गर्नुपर्छ । तर, चीनमा पनि त माओले जापानी साम्राज्यवादलाई जित्न च्यांकाइसेकको सहायता लिएको इतिहास छ । बल प्रयोग निरपेक्ष सत्य होइन । ठोस परिस्थितिको ठोस बिश्लेषण गर्नुपर्छ । अहिले संसदीय ब्यबस्था असफल भएको अवस्थामा जनता निकै आक्रान्त भएका छन् । संसदीय ब्यबस्था निर्बस्त्र भएको छ । यस अवस्थामा जनताले अग्रगमनकारी एजेण्डा वैज्ञानिक समाजवादलाई नै जिताउने छन् । जिताउन नसकेमा फेरि पनि राजनैतिक अस्थिरता कायमै रहनेछ । बिद्रोह हुनेछ । हामीले म्यानमारको इतिहास सिक्नुपर्छ । चैत्र १५ गते मात्र म्यान्मारमा ९५ जना कुको बिरोधमा सडकमा उत्रिएका प्रदर्शनकारी नागरिक सेनाबाट मारिएका थिए । आज चैत्र १८ गतेसम्मा १५ दिन भित्रमा ५०० प्रदर्शनकारीहरु मारिएको दुःखद समाचार छ । कति ठूलो सौर्य उत्साह र बिरता छ म्यनमारका जनतामा ? नेपाले त्यस्तो क्षति बेहोर्न त पर्ने छैन । ०६२।०६३ को जनआन्दोलनले पनि अबगत गर्न सकिन्छ । जनमतको निर्वाचन अग्रगामी शक्ति र प्रतिगमनबीचमा हुने भएकोले अग्रगमनकारीहरुले पैसा खर्च गर्न र बाकस साट्न दिने छैनन् । जुनसुकै राम्रो चीज प्राप्त गर्न चुनौती र बिकल्प हुन्छन् । अहिले एकथरिले जनमतलाई संकीर्ण नजरले हेरे पनि आखिरीमा स्पष्ट हुँदै जाने छ । यो पूवाग्रहको खेती हो । अब पनि बीरबलको खिचडी पाक्दै जाने हो भने जनताको बिश्वासबाट उनीहरु टाढिदै जाने छन् । जनमत संग्रहको प्रस्ताब एकीकृत क्रान्तिको यात्रामा हिँडिरहेको विप्लव नेकपाको हो । अहिले नै धेरै क्षति ब्यहोर्नुभन्दा यो समयसापेक्ष छ । अब सबै देशभक्त र जनतान्त्रिक शक्ति एकै ठाउँमा भएर वैज्ञानिक समाजवादमा जानुको बिकल्प छैन । वैज्ञानिक समाजवाद नै साझा बिषय हो । अहिले चार पार्टीको रणनीतिक मोर्चा हुनु समयको माग हो । अब मोर्चा मात्र होइन पार्टी एकीकरण गर्दै जानुपर्छ । अब पनि सानो चुल्हो चौका बनाइराख्नु माक्र्सवादलाई बिकास गर्न नदिने सारसंक्षेपवादी अबधारणा हो । बिचार र सिद्धान्त मिलेको अवस्थामा पद र प्रतिष्ठाको लागि आफ्नै गोरुको बाह्रै टक्का भन्नु गोल चक्करवादी प्रबृत्ति हो । पार्टीभन्दा ठूलो जनता र बिचार तथा सिद्धान्त हो । अहिले वैज्ञानिक समाजवादको नयाँ परिस्थिति बनेकोले अब ढिला नगरी यसैमा एकजुट हुन जरुरी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु