एकीकृत जनक्रान्तिको महान अभियानमा सगभागी बनौं

२०७७ माघ ३० गते, शुक्रबार

तुफान सिंह कालिकोटे



२६ औं महान जनयुद्ध दिबसको अबसरमा देश बिदेशमा छरिएर बस्नु भएको आम क्रान्तिकारी नेता जनमुक्ति सेना ,घाइते योद्धा ,र सम्पूर्ण जनसमुदायलाई विशेष शुभकामना यति भन्दै गर्दा आज हामी एउटा् विशेष मोडमा आएका छौ । एकातिर राज्यले गणतन्त्रकै धज्जी उडाउदै छ त अर्को तिर हाम्रो उपलब्धिको कुनै रक्षा भएको छैन । आज हामीलाई घर न घाट बनाईएको छ । दश बर्ष जनयुद्ध लडेका जो यो देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउन अहम र अग्रमोर्चाको पङ्तिमा भएका हामी जस्तै हजारौं जनमुक्ति सेना हरुको आजको हालत देख्दा हाम्रो औचित्य नै सखाप पार्न यो राज्यका दलालहरु लागि परेको छर्लङ्ग हुन्छ । केही दलालहरुले पैसाको साठगाठमा हाम्रो नैतिकतालाई किन्ने कुचेस्टा गरेको पनि देखिएको छ। यो अबस्थामा हामी पुर्ब जनमुक्ति सेनाले आफ्नो आफ्नो अधिकारलाई रक्षा गर्न र हाम्रो बलिदानी मार्फत ल्याएको गणतन्त्रको उपलब्धिलाई दुरुपयोग गर्ने दलालहरुको विरुद्ध फेरि जस्तोसुकै परिस्थितिको सामाना गर्न तयारी हुने बेला पनि आएको छ । यो दलाल राज्य होस् उडाउन हामीले बाहेक यहाँ अरु कुनैको दम छैन । यसको लागी प्रतिबाद गर्ने एक मात्रै पार्टी हो जो अहिले प्रतिबन्धित छ । स्वतन्त्र राजनीति गर्ने अधिकार जोकोहीलाई छ । नेपाल कम्युनिस्ट पार्टीले हाम्रो गुम्न लागेको अधिकारको निम्ति दलाल राज्यको विरुद्ध कडा प्रतिबाद गर्दै आएको छ , त्यो पार्टी प्रतीको जन लहर देखेर अत्तालिएर एउटा् राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाउने यो सरकारको होस उडाउने नेतृत्व गर्नु भएको महासचिव बिप्लवलाई हजारौं जनमुक्ति सेनाको साथ् र सहयोग पनि उत्तिकै छ । कामरेड, हामी हाम्रो ज्यानको कुनै प्रबाह नगरी हिजो पनि लडेकै हौं र आज पनि दलाल राज्यको ज्यादतीका विरुद्ध आगो ओकल्ने शक्ति हामीसग छ। त्यसैले कामरेडहरु आउनुहोस् अब ढिलो नगरीकन एकीकृत जनक्रान्तिको यो विशेष यात्रामा सहभागी बनौं र तपाई हाम्रो जित निश्चितरुपमा हुने छ । हजारौं हजार नेताकार्यकर्ताको एउटा् सपनाहरू पूरा गर्ने एक मात्रै विकल्प हो एकीकृत जनक्रान्ति हुदै बैज्ञानिक समाजबाद । त्यसैले आज हामी फेरि हजारौं हजार जनमुक्ति सेनाको त्यो ताती देखेर अत्तालिनु बाहेक केही छैन केपिका भरौटेहरुलाई । प्रतिबन्ध पछि दुई महिनामा सखाप गर्ने सपना देख्नेहरुलाई राम्रोसँग थाहा भयो होला बिचारलाई दमनले परास्त पार्न सकिन्न भन्ने कुरा । हामी त बिचारमा अडिग छौं त्यसैले आज एकीकृत जनक्रान्तिमा उत्तिकै उल्लेखनीय सहभागिता छ ।
यो कुनै केपि – प्रचण्डहरुले मासु भात खुवायएर ल्याएको हुल होइन, यो त स्वतन्त्र राजनीति गर्ने आफ्नो अधिकारलाई प्रयोग गर्दै देश र जनताको अधिकार सुनिश्चित गर्न लागेको हुल हो । आज भात मासु खाएर भोलि अर्कोतिर जाने शक्ति होइन , हेक्का रहोस् दलालहरुलाई । हिजो पनि क्रान्तिकै पक्षमा थियो र भोलि पनि परिवर्तनकै लागि आफ्नो बलिदानी दिन तयार हुने एउटा् शसक्त सक्ति हो यो ।
२६ औं जनयुद्ध दिबस मनाउदै गर्दा फेरि ती दिनहरूको याद ताजा भएको छ । हिजो एउटै मोर्चामा सहभागि ती सहयोद्धाको अन्तिम दहास्स्कार गर्दै गर्दा खाएको कसम पुरा गर्न नसक्दा लज्जास्पद भएको छ। नेताहरुको गद्दारिले गर्दा तपाईं हाम्रो सपनाहरू चकनाचुर भएका छ्न । कोही सत्तामा त कोही सत्ताबाहिर छ्न। ती वीर योद्धाको रगत – पसिनामाथी राजनीति गर्दै एउटा् अस्त्रको रुपमा प्रयोग गर्दै छ्न। दु:ख लाग्छ, यो सबै हेर्दै जादा । अब सम्पूर्ण क्रान्तिकारी शक्तिहरु एक हुँदै दलाल राज्यसत्ताका विरुद्ध धावा बोल्ने बेला आएको छ आउनुहोस् एकीकृत जनक्रान्तिको यो महान अभियानमा सगभागी बनौं ।

-लेखक : हाल प्रतिबन्धित नेकपामा आबद्ध युवा एबम् पुर्ब जनमुक्ति सेना नेपालका सैन्य कमान्डर हुन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु