दर्शनशास्त्रको पद्धति ः द्वन्द्ववाद र अधिभूतवाद

२०७७ माघ ११ गते, आईतवार

हस्तबहादुर केसी

“अलग–अलग वस्तुहरुमाथि विचार गर्ने बेला अधिभूतवादले तिनका परस्पर सम्बन्धहरुलाई भुल्दछ, तिनको अस्तित्वमाथि विचार गर्ने बेला त्यसले त्यसको अस्तित्वको आरम्भ र अन्त्यलाई भुल्दछ । त्यसले रुखहरुलाई देख्दछ, वनलाई देख्न पाउँदैन, यसका विपरीत द्वन्द्ववादले वस्तुहरु र तिनका मानस चित्रहरु अर्थात् विचारहरुलाई, तिनका आधारभूत सम्बन्ध, गति, आरम्भ र अन्त्यलाई ध्यानमा राखेर नै ग्रहण गर्दछ ।” – फ्रेडरिक एंगेल्स

प्रकृति, संसार, समाज तथा प्राकृतिक र सामाजिक घटनाहरुलाई हेर्ने, अध्ययन गर्ने, बुझ्ने, विश्लेषणात्मक र व्याख्यात्मक रुपले चिन्तन र मनन् गर्ने वा त्यसको विपरीत चल्नुलाई नै पद्धति भनिन्छ । ग्रीक भाषाको म्ष्बयिनय को अर्थ द्वन्द्व अर्थात् वाद–विवादबाट निष्कर्ष निकाल्नु हो । संस्कृत भाषामा ‘वादेवादे जायते तत्वबोध’ अर्थात् वाद–विवादबाट वास्तविक कुरा पत्ता लाग्छ भनिन्छ पद्धति दुई प्रकारका हुन्छन्– द्वन्द्ववाद र अधिभूतवाद । दर्शनशास्त्रको फाँटमा विश्वको विकास प्रक्रिया र त्यसका नियमहरुको अध्ययन गर्ने चिन्तन प्रणालीलाई दर्शनशास्त्रको पद्धति भनिन्छ । द्वन्द्ववाद प्राचीन युनानी दिएलेगो ९म्ष्बयिनय० पदावलीबाट विकसित भएको हो र यसको अर्थ हो बहसको कला । त्यस्तै अधिभूतवाद पनि प्राचीन युनानी मेटा (फिजिका ( ःभतब ( एजथकष्अब० पदावलीबाट विकास भएको हो । अधिभूतवादले भौतिक विज्ञानभन्दा पर भन्ने अर्थ बुझाउँछ । सामान्यतः द्वन्द्ववादलाई गति तथा परिवर्तन र अधिभूतवादलाई स्थरिताको संवाहक पदावलीका अर्थमा बुझ्न सकिन्छ ।

तसर्थ द्वन्द्ववाद ९म्ष्बभिअतष्अक० र ९ःभतब ( एजथकष्अब० परस्पर विपरीत अर्थ बुझाउने पदावली हुन् । प्राचीन युनान, भारत, नेपाल, चीनमा सँगसँगै यी पद्धतिहरु विकसित भएको पाइन्छ ।

 द्वन्द्ववाद ९म्ष्बभिअततष्अक० यो संसार, प्रकृति र प्राकृतिक घटनाहरु तथा मानवसमाज र सामाजिक गतिविधि समेत यावत सांसारिक कुराहरुलाई हेर्ने, अध्ययन गर्ने, बेझ्ने, ब्याख्या र विश्लेषण गर्ने या चिन्तन र मनन् गर्ने एउटा त्यस्तो पद्धति हो, जुन अधिभूतवाद विरोधी छ र जसले प्रत्येक कुरालाई स्वतन्त्र होइन, अस्वतन्त्र, असंलग्न होइन, संलग्न, असम्बन्धित होइन, सम्बन्धित, स्थिर होइन, अस्थिर र अपरिवर्नशील होइन, परिवर्नशील देख्दछ । यसलाई हेराक्लिस्टले सबैभन्दा पहिले प्रयोग गरेका थिए । हेगेलले यसको विकास गरेको भए तापनि हेगेलको द्वन्द्ववाद आदर्शवादी बोक्राले बेरिएको थियो । कार्ल माक्र्सले हेगेलको द्वन्द्ववादबाट आदर्शवादी बोक्रा काढेर निखरा बनाउनु भयो र त्यसलाई भौतिकवादसित गाँस्नु भयो । त्यसको साथसाथै माक्र्सले द्वन्द्वात्मक भौतिकवाद नियमहरुलाई मानव समाजमा आरोपित गरेर ऐतिहासिक भौतिकवादको आविस्कार गर्नुभयो । त्यसरी वैज्ञानिक दर्शन द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादका संस्थापक कार्ल माक्र्स हुनु भयो ।

माक्र्सको कार्यमा सहयोग दिने, त्यसलाई अगाडि बढाउने र विकास गर्ने काम फ्रेडरिक एंगेल्सले गर्नु भयो । लेनिनले द्वन्द्ववादको गुदी छुट्याउनु भयो । लेनिनले यसका प्रवर्गहरुको बारेमा पनि स्पष्ट किटान गर्नु भयो । स्टालिनले द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादलाई रुसको परिस्थितिमा लागू गर्न समर्थ हुनु भयो । माओले द्वन्द्ववादको आधारभूत नियम, वस्तुहरुको एकताको नियमलाई द्वन्द्ववादको आधारभूत नियम बताए र त्यसको विस्तृत ब्याख्या र विश्लेषण गर्नुभयो । अधिभूतवाद यो प्रकृति, प्राकृतिक घटनाहरु, समाज तथा सामाजिक गतिविधिलाई हेर्ने, अध्ययन गर्ने, बुझ्ने र ब्याख्या गर्ने एकलकाटे अर्थात् एक पक्षीय प्रवृत्ति हो । अधिभूतवाद द्वन्द्ववाद विरोधी पद्धति हो । यसले सम्पूर्णलाई देख्यो भने अंशलाई देख्दैन, अंशलाई देख्यो भने सम्पूर्णलाई देख्दैन । एकापट्टिको पाटो देख्यो भने अर्को पाटो देख्दैन, राम्रो पक्ष देख्दाखेरी नराम्रो पक्ष देख्न सक्दै र नराम्रो पक्ष देख्दाखेरी, राम्रो पक्ष देख्नै सक्दैन आदि । समग्रमा यसले विपरीत तत्वका बीचमा एकता हुन्छ भन्ने कुरा मान्दैन । यसले हरेक कुरा गतिशील हुन्छ, परिवर्तनशील, जो हिजो थियो आज छैन, जुन आज छ, त्यो भोलि हुँदैन, ज यहाँ छ, त्यो अर्को ठाउँमा जस्ताक त्यस्तै हुँदैन भन्ने कुरा मान्दैन । यसले हरेक कुरालाई अपरिवर्तनशील, स्थिर, कसैसित पनि कुनै पनि प्रकारले सम्बन्धित नहुने, छुट्टै र स्वतन्त्र हुने हुन्छ भन्ने ठान्दछ । यो पद्धतिअनुसार विकास भनेको संख्यात्मक बृद्धि हुनु हो । यसले फड्को मारेर हुने गुणात्मक परिवर्तनलाई मान्दैन, अधिभूतवाद शब्दको प्रयोग सबैभन्दा पहिले अरस्तुले गरेका थिए । उनले यसलाई नै प्रथम दर्शन बताएका थिए ।

माक्र्स र एंगेल्सले यसको निराधार र अवैज्ञानिक प्रकृतिलाई नाङ्गेझार पारिदिनु भयो । लेनिनले ज्ञानको कुनै पनि पक्षको निरपेक्षीकरण अधिभूतजाद हुन्छ भन्नुभएको छ । माओले अधिभूतवादलाई भडुँवा विकासवाद बताउनु भएको छ र यसको प्रकृति रचनात्मकता विरोधी तथा जडता र यान्त्रिकताको प्रकृति भएको कुरालाई उदंग्याउनु भएको छ । अधिभूतवाद र द्वन्द्ववाद ९ःभतब ( उजथकष्अक बलम म्ष्बभिअतष्अक० यी प्रकृति र प्राकृतिक घटनाहरु तथा समाज र सामाजिक गतिविधिहरुलाई हेर्ने, अध्ययन गर्ने, बुझ्ने र व्यवहारमा लागू गर्ने दुई परस्पर पद्धति भएकाले यी दुबैका बीचको भेदलाई यसरी छुट्याउन सकिन्छ ।

(१) अधिभूतवादले हरेक कुरालाई स्थित र अपरिवर्तनशील देख्दछ भने द्वन्द्ववादले हरेक कुरालाई गतिशील, अस्थिर र परिवर्तनशील देख्दछ ।

(२) अधिभूतवादले जुनसुकै कुरा एक अर्कोसित असंलग्न, असंबद्ध र स्वतन्त्र हुन्छ भन्ने मान्दछ भने द्वन्द्ववादले जुनसुकै कुरा पनि कुनै न कुनै कुरासित जोडिएको, सम्बन्धित, संलग्न र अस्वतन्त्र हुन्छ भन्ने मान्दछ ।

(३) अधिभूतवादले अंश र सम्पूर्णका बीचमा एकरुपता हुन्छ र ती एक अर्कोमा रुपान्तरित हुन्छन् भन्ने कुरा अस्वीकार गर्दछ भने द्वन्द्ववादले अंश र सम्पूर्णका बीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ भन्ने कुरा मान्दछ ।

(४) अधिभूतवादले अंश–अंश मिलेर सम्पूर्ण हुन्छ भन्ने कुरालाई यान्त्रिक रुपले मात्र स्वीकार गर्दछ र कुनै पनि पक्षको सम्पूर्णता बाह्य शक्तिविना हुन्छ भन्ने कुरा मान्दैन । सम्पूर्ण भनेर खाली काल्पनिक ईश्वरलाई मात्र मान्दछ भने द्वन्द्ववादले हरेक सम्पूर्ण कुरा अंशको संयोगबाट नै बन्दछ र त्यसको लागि बाह्य शक्ति नभई नहुने कुरा हुँदैन, यद्यपि अन्य पक्षको सहयोग त्यसको पूर्णतासित सम्बन्धित हुन्छ तर आन्तरिक पक्ष नै निर्णायक हुन्छ भन्ने कुरा मान्दछ ।

(५) अधिभूतवादले हरेक कुराको परिवर्तनमा बाह्य कारणलाई निर्णायक मान्दछ भने द्वन्द्ववादले हरेक कुराको परिवर्तनमा निर्णायक पक्ष आन्तरिक हुन्छ, यद्यपि बाह्य कारणले त्यसको गतिलाई ढिलो वा छिटो बनाइदिन्छ भन्ने मान्दछ ।

(६) अधिभूतवादले विपरीत तत्वको एकतालाई मान्दैन भने द्वन्द्ववादले विपरिततत्वको एकता यसको आधारभूत नियमलाई मान्दछ ।

(७) अधिभूतवाद पद्धति निराधार, अवैज्ञानिक र एक पक्षीय हुन्छ तथा यो सापेक्ष र निरपेक्ष कुराहरुको बीचको भिन्नता छुट्याउन नसक्ने भडुँवा विकासवादी पद्धति हो भने द्वन्द्ववादी पद्धति तर्क र व्यवहारमा आधारित वैज्ञानिक, सर्वपक्षीय, सापेक्ष र निरपेक्षका बीचको भिन्नता छुट्याउने र स्थान, अवस्था र समयअनुसार एउटै कुरा हुन पनि सक्ने र नहुन पनि सक्ने हुन्छ भनेर चल्ने पद्धति हो ।

(८) अधिभूतवाद प्रयोग सर्वप्रथम अरस्तुले गरेका थिए भने द्वन्द्ववादको प्रयोग सर्वप्रथम हेराक्लिष्टले गरेका थिए र यसको चरम विकास हेगेलले गरेका थिए तापनि उनको सामाजिक व्यवहार (उत्पादन, वर्गसंघर्ष र वैज्ञानिक प्रयोग) लाई ज्ञानको श्रोत मान्नु पर्नेमा त्यसो नगरेर आदर्शवादसित यसलाई खुदोमा मुछेका थिए । हेगेलको द्वन्द्ववादमा रहेको आदर्शवादी बोक्रालाई माक्र्स र एंगेल्सले हटाएर यसको वैज्ञानिकता सिद्ध गर्नु भएको थियोे ।

(९) अधिभूतवादले मात्रात्मक परिवर्तनलाई नै विकास मान्दछ भने द्वन्द्ववादले मात्रात्मक परिवर्तनले गुणात्मक परिवर्तनको लागि आधार तयार गर्दछ तर वास्तविक विकास गुणात्मकबाट नै हुन्छ भन्ने मान्दछ ।

(१०) अधिभूतवादले गतिको रुपमा यान्त्रिक प्रकाश, ध्वनि, चुम्बकलाई मात्र मान्दछ र त्यसरी यान्त्रिक परिवर्तनलाई मान्दछ भने द्वन्द्ववादले यान्त्रिक गतिको रुपमा प्रकाश, ध्वनि, चुम्बकत्वको साथ साथै सामाजिक गतिलाई पनि मान्दछ ।

(११) अधिभूतवादले अहिलेसम्म मानव समाजमा देखापरेका जुन–जुन सामाजिक परिवर्तन छन्, ती सबैलाई यसले आकस्मिक रुपमा भएको वा बाह्य शक्तिको कारण भएको मान्दछ भने द्वन्द्ववादले अहिलेसम्म मानव समाजमा देखा परेका जुन–जुन सामाजिक परिवर्तन छन्, ती सबैलाई आफ्नै आन्तरिक कारणले भएका र भइरहने कुरा मान्दछ । द्वन्द्ववादले हरेक परिवर्तनमा आन्तरिक कारणलाई प्रमुख मान्दछ र बाह्य कारणलाई गौण र सहयोगी मात्रै मान्दछ । साथै संसारका सबै वस्तु, घटना, समाजिक गतिविधि आदि निरन्तर गतिशील हुन्छन् र विकसित भइरहन्छन् भन्ने कुरा स्वीकार गरेर द्वन्द्ववादले परिवर्तनलाई अपरिहार्य मान्दछ ।

समाज विकासका क्रमसँगै मध्ययुगमा आध्यात्मवादका रुपमा अधिभूतवाद प्रभावी भएर गएको पाइन्छ । पुँजीवादको विकाससँगै आधुनिक पुँजीवादी दर्शनमा अधिभूतवादअन्तर्गत यान्त्रिकतावाद, भडुँवा विकासवाद जस्ता दार्शनिक पद्धति देखापर्दै आएको पाइन्छ । साथै आधुनिक दर्शनको इतिहासमा द्वन्द्ववादको विकास गर्ने श्रेय हेगेल र माक्र्सलाई छ । माथि पनि प्रकाश पारिएको छ कि हेगेलको द्वन्द्ववाद आदर्शवादी थियो, तर माक्र्सको द्वन्द्ववाद भौतिकवाद रहेको छ । दर्शनशास्त्रको पद्धति ः द्वन्द्ववाद र आदर्शवाद जस्तो बृहत विषय यो सानो आलेखमा अटाउन नसकिने कुरा स्वाभाविक छ ।

(लेखक ः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु