नेकपा वैतडीद्वारा सातौं पार्टी पुर्नगठन दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु सन्चालन

२०७७ मंसिर ४ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी वैतडीले सातौं पार्टी पुर्नगठन दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु सन्चालन गरिरहेको छ । सो पार्टीका जिल्ला सचिव राजेन्द्र विष्ट’परिवर्तन’ का अनुसार जिल्ला इन्चार्ज किरणको नेतृत्वमा पार्टी, जनसत्ता, युवा संगठन, ज.व.स./मोर्चाका पदाधिकारीहरु सम्मिलीत पार्टी पुर्नगठन दिवस आयोजक समिति गठन गरिएको छ । जसले भित्ते लेखन, पोष्टरींग, पर्चा वितरण, चोक, चौतारा, खानेपानिका धारा, पँधेरा, खेल मैदानहरु लगायत विद्यालय जस्ता सार्वजनिक स्थानहरुको सरसफाई एवं मर्मत कार्यका साथै बाटो निर्माणको काम समेत अगाडी बढाईरहेकोछ । जस अर्न्तगत पुर्चौंडी नगर पालिकाको तीन नंम्वर वडामा तीन किलोमीटर घोडेटो बाटो निर्माण गरिएको छ । बर्षौं देखि समस्या झेलीरहेका स्थानिय वासि ने.क.पा. ले बाटो निर्माण गरी दिए पछि खुसि देखिएका छन् ।

यसका साथै मंसिर ६, ७ गते जिल्लाका दश वटै स्थानिय तहमा चोक सभा, कोण सभा, व्यानर-झण्डा प्रदर्शन, मसाल जुलुस, प्रदर्शन र एकिकृत जनक्रान्ति एवं वैज्ञानिक समाजवादी सत्ताको विषयमा अर्न्तक्रिया कार्यक्रम जनताको घर दैलोमा श्रृजनशिल तरीकाले आयोजना गर्न लागिएको सचिव विष्टले बताए । उनले अगाडी भने,’मंसिर ८ गते श्रद्धेय महासचिव कमरेडले पार्टी कार्यकर्ता र जनताका नाममा गरेको विशेष सम्वोधन नयाँ प्रविधिको प्रयोग गरेर प्रसारण गर्दै क्रान्ति सम्पन्न गरी छाड्ने दृढ प्रतिबद्धताका साथ एक उत्सवका रुपमा सातौं पार्टी पुर्नगठन दिवस कार्यक्रम सम्पन्न गरिनेछ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु