नेकपाप्रति गृहमन्त्री वादलको आक्रामक अभिव्यक्ति : निस्तेज पार्न कुनै सम्झौता नगर्ने उद्घोष

२०७७ आश्विन ३० गते, शुक्रबार


काठमाण्डौं । गृहमन्त्री राम बहादुर थापाले नेपाल कम्युनिस्ट पार्टीलाई निस्तेज पार्न कुनै सम्झौता नगर्ने उद्घोष गरेका छन। ६५ औं प्रहरी दिवसका अवसरमा आज प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री बादलले नेपाल कम्युनिस्ट पार्टीको नामै नलिई भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोधको प्रयास गरेको भन्दै त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेसनमा कतै पनि सम्झौता नगर्ने भन्दै नेपाल कम्युनिस्ट पार्टीलाई निस्तेज पार्न कुनै सम्झौता नगर्ने चेतावनी दिएका हुन् ।
१० वर्षे जनयुद्ध देखि ७० सालको निर्वाचन बहिष्कारसम्म सगैँ काम गरेका नेपाल कम्युनिस्ट पार्टीप्रति अहिलेका गृहमन्त्री राम बहादुर थापाले कडा रबैया अपनाएको यस अघि पनि आलोचना हुँदै आएको थियो । ०७५ साल फागुण २८ गतेदेखि नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिवन्ध गरेर सो पार्टीका नेता कार्यकर्तालाई गिराफ्तार गर्ने, ईन्काउन्टरमा कुमार पौडेल सहित तीन जना कार्यकर्ताको हत्या गरेको भन्दै बिरोध हुदै आएको छ ।
औपचारीक युद्ध या शसस्त्र संघर्षको घोषणा नगरेको अवस्थामा पनि प्रतिवन्ध सहित धरपकड गरीरहेको गृहप्रशासनले फेरी थप कुनै सम्झौता नगरी कडा कार्बाही गर्ने निर्देशन गृहमन्त्री बादलबाट पाएको छ ।
हालै विभिन्न साना दलहरुले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध फिर्ता हुनु पर्ने लगायतका माग राख्दै सडक संघष गर्दै आएका छन । यस्तो अवस्थामा गृहमन्त्रीबाट ठाँउ ठाँउमा र पटक पटक आउने कडा अभिव्यक्ति अनिष्टको संकेत भएको राजनीतिक विश्लेषकहरुको ठहर छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु