आंचल र निराजनको ‘माया बैगुनी’ ( भिडियोसहित )

२०७७ आश्विन ३० गते, शुक्रबार


काठमाडौं । अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक विजय शंखरले आफ्नो नयाँ म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा स्वर विजय शंखर र भोइस अफ नेपाल फेम्ड गायिका विमोचना लोम्जेलको रहेको छ। गीतमा शब्द र संगीत स्वयम् गायक विजय शंखरको रहेको छ ।यस गीतलाई टेकेन्द्र याक्शो लिम्बुले संगीत संयोजन गरेका हुन्। प्रेम गर्न चाहने युवा युवती विचको फकाउने खोज्ने तरिका र ठट्टालाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायिका आंचल शर्मा र मोडेल निराजन प्रधान फिचर्ड छन्।
सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका हुन्। सोनाम पाख्रिनको निर्देशनमा भिडियो तयार पारिएको हो।

प्रतिक्रियाहरु