राष्ट्रभक्ति गीत ‘विद्रोहको विगुल’ सार्वजनिक (भिडियोसहित )

२०८० मंसिर १ गते, शुक्रबार

काठमाडौँ । ‘हाम्रा छोराहरु भिमदत्तजस्तै बिद्रोहको बिगुल फुकुन, हाम्री छोरीहरु रोजाजस्तै क्रान्तिको झण्डा बोकुन, गरिबिमा पिल्सिएका जनजनको लागि लडुन, समानताको नौलो ससार निर्माण गर्न मरि मेटुन’ आजमात्रै सार्वजनिक भएको जनवादी गीत ‘विद्रोहको विगुल’ को शव्दहरु हुन ।
हाम्रो समाजमा वुर्जुवा संस्कृतिको विगविगी रहेको परिवेशमा वर्गसंघर्ष र उत्पीडित बर्गको मुक्ति आन्दोलनप्रति आफ्ना छोराछोरीहरुलाई अघिबढ्न गितले अपिल गरेको छ । सखभोग त्याग गरी, रोजुन उनले नझुकेर रणको मैदान, देशको माया मुटुमा राखी, खन्न सकुन दुस्मनको जिउदोँ चिहान, अत्याचारको कालो सासन, फाल्नलाई मुठ्ठी कसुनमान्छे मान्छे वीचको खाडल, पुर्नलाई कम्मर कसुन जस्ता शव्दहरु गितले बोलेको छ ।
चिरन पुन अफिसिएल युटुव च्यालनबाट सार्वजनिक भएको गीतको शव्द युवा गितकार परिवर्तन सीले लेखेका हुन, गितमा निकैकर्णप्रीय स्वर दिएका छन् चर्चित युवा गजल गायक कमल विस्टले । गितमा संङ्गीत जनवादी गीतकार तथा सङ्गीतकार चिरन सीको छ भने गितमा एरेन्ज नारायण दङ्गालले गरेका छन् । गितको भिडियो निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने स्टोरी चिरन सीले लेखेका छन् । विद्रोहको विगुल नाम दिइएको देशभक्तिले भरिएको गितमा जनवादी सर्जकहरु नारायण शर्मा, प्रस्तुति सी, निशा शाही, चिरन्जीवी सी, जुनु पुन, केशु पुन लगायतले अभिनय गरेका छन ।

हेर्नुहोस गित :

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु