अपाङ्गतासम्बन्धी जागरण गीत आऊ साथी सार्वजनिक

२०७९ पुष ७ गते, बिहीबार

काठमाडौं । चितवनको भरतपुरमा अपाङ्गतासम्बन्धी जागरण गीत आज सार्वजनिक गरिएको छ । दिवा स्याहार केन्द्र भरतपुर–२६ ज्योतिनगर र तिमीसँग अम्बिका अभियानको सहयोगमा निर्माण भएको ‘आउ साथी एउटा खुसीको दियो बालौँ’ बोलको गीत सार्वजनिक गरिएको हो ।
अपाङ्गता भएका व्यक्ति र परिवारको कथामा आधारित भएर गीत र भिडियो निर्माण गरिएको छ । गीतले आफ्नो अपनत्व आफैँ गरौँ भन्ने सन्देश दिएको छ । कुनै पनि हालतमा पछाडि पर्न नहुनेमा जोड दिँदै सङ्घर्ष गरे समाजमा अपाङ्गता भएकालाई हेर्ने सङ्कुचित दृष्टिकोण बदलिनसक्ने भिडियोमार्फत देखाउन खोजिएको छ ।
काठमाडौँ, झापा, विराटनगरमा यस गीतको प्रवद्र्धन गरिसकिएको दिवा स्याहार केन्द्र भरतपुरका अध्यक्ष लक्ष्मीकान्त घिमिरेले जानकारी दिनुभयो । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, अन्जु पन्त, बुनु श्रेष्ठ, शिव परियार, पुष्पन प्रधान र अस्मिता अधिकारीले गीतमा स्वर दिनुभएको छ । यस गीतका गीतकार नरेश प्रधान र सङ्गीतकार शक्ति बल्लभ रहनुभएको छ ।
प्रशंसा र स्वस्तिका सेमिफाइनलमा
नेपालका प्रशंसा मोक्तान र स्वस्तिका विष्ट २० औँ जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को छात्रा एकल विधामा आज सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा प्रशंसाले भारतकी सान्भी रेडी भुनद्यालालाई ६–१, २–६ र ६–४ ले पराजित गरिन् भेन स्वस्तिकाले अमेरिकाकी नाला जोस्फिन मास्केबाट वाकओभर पाइन् । उक्त स्पर्धामा भारतकी सराह चौधरीले नेपालकी आद्या पौड्याललाई ६–४ र ६–२ तथा भारतकी तनिशा भत्नागरले नेपालकी जेनी खड्कालाई ६–१ र ६–२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा पुगे ।
मन जयकर टेनिस एकेडेमीद्वारा आज आयोजित प्रतियोगिताको छात्र एकल विधामा भारतका सिद्धार्थ जिबुले हङकङका छुइन हेइ करिसन फुङलाई ४–६, ६–१ र ६–२, नेपालका राजवीर प्रधानले भारतका इशान बदाकीलाई ६–० र ६–४, हङकङका वान हिम दोनोभान यिमले भारतका भिभान मिर्धालाई ६–२ र ६–१ तथा हङकङका कि छियोङ मोरिस ताङले पाकिस्तानका जोहब अफ्जल मलिकलाई ६–१ र ६–० को सेटमा पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
त्यस्तै भारतका इशान बदाकी र सञ्जय गिरिस कुमारको जोडीले नेपालका शास्वत बज्राचार्य र भारतका आदित्य सिंहको जोडीलाई ६–४ र ६–१ तथा हङकङका छियोङ र वानको जोडीले पाकिस्तानका अफ्जल र यमनका हमुद इयादको जोडीलाई ६–१ र ६–१ को सोझो सेटमा पन्छ्याउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।
त्यसैगरी नेपालका राजवीर र दर्शिल श्रेष्ठको जोडीले बङ्गलादेशका नसफ अहमद नासिर र भारतका अर्श वाल्केको जोडीलाई ६–० र ६–० तथा भारतका सिद्धार्थ र भिभानको जोडीले हङकङका छुइन र भारतका किशोर श्रीरामको जोडीलाई ६–३ र ७–५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । – रासस

प्रतिक्रियाहरु