अभिनेत्री मिरुनाविरुद्ध गाली बेइज्जती र कुटपिट मुद्दा दर्ता

२०७९ श्रावण १२ गते, बिहीबार


काठमाडौ । फूर्पा साङ्‍मो तामाङले अभिनेत्री मिरूना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गराएका छन्। फूर्पाले उजुरीमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले माफी माग्ने सवालमा बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको बताएका छन । फिल्म प्राविधिक ठकुरीले मिरूनालाई उक्साउने काम गरेको भन्दै उनीविरूद्ध पनि कारवाही माग फुर्वाले गरेका छन्। गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित कबड्डी ४ फिल्मको प्रर्दशनमा पुगेकी मिरूनाले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फूर्पालाई थप्पड हानेकी थिइन्। उनले प्रहरीमा समेत फूर्पाको अनुचित व्यवहारविरुद्ध उजुरी दिएकी थिइन्। तर मिरुना बिरुद्ध प्रर्दशन भएको थियो । जेठ १७ गते चलचित्र कलाकार, निर्देशक र लामा गुरुहरु साक्षी राखेर दुवै पक्षबीच माफी माग्ने र दिने सहमति भएको थियो।

प्रतिक्रियाहरु