भीमदत्त पन्तका सपना हाम्रो काँधमा

२०७७ आश्विन २५ गते, आईतवार

 

बम्वै जान्या गाडीमा दिल्लीको मालआयो

 गरिबका दिन आया ठालुको काल आयो

दिपेन्द्रसिंह ऐरी

किसान नेता भीमदत्त पन्त सुदूरपश्चिम डडेल्धुराको कारीगाउँमा पिता तारानाथ र आमा सरस्वतीदेबीको कोखबाट १८८३ मंसिर १० गते जन्मिएका भीमदत्त पन्त बाल्यकालबाटै एक सक्षम र कुशल क्रान्तिकारी बिचारबाट भरिपूर्ण ब्यक्ति थिए । उनले भारतबाट म्याट्रिक पास गरेका थिए । म्याट्रिक पास गरेर घर फर्कंदा पिता तारानाथ देहवान भएको थियो । भीमदत्त को घरायसि समस्या कै कारण कलिलै उमेरमा पार्वतीसँग बैवाहिक बन्धनमा बाँधी सक्नु भएका थिए, पार्वतीको कोखबाट दुई छोरा एक छोरीको जन्म भएका थिए तर जिवित रहेनन् । उहाँ एक प्रगतिशील ब्यक्ति भएकै कारण छुवाछूत मुक्त समाज निर्माण गर्न दलितहरुको घरमा गएर आफैँ पानी पिउने गर्दथे । उनले नेपाली काँग्रेसको सदस्यता पनि लिएको भन्ने इतिहासका पानामा हेर्दा पाईन्छ, तर कम्युनिस्ट नेता निरन्जनगोविन्द बैद्यले भनेका छन । उहाँलाई उहाँको मूल्याकन गरेर भीमदत्तलाई पश्चिम किसान संघ खोल्ने अनुमति दिएर पठाएको कम्युनिस्ट नेता बैद्य दाबीसमेत गर्दछन् ।

२००७ सालको क्रान्तिमा कैलालीको कनरीचौकी कब्जा गरका थिए । मुक्ति सेनाले ००७ पुस ८ गते कन्चनपुको बेलौरी पछि ब्रहम्देवमण्डी कब्जामा लिएका थिए ब्रहम्देवमण्डी पछि डोटी डडेल्धुरा र बैतडी कब्जाको लागि रुपसिंह सेखर शर्मा र गौरिलालको टोलीमा भीमदत्त पन्त पनि थिए । त्यो खबर स्थानीय सामन्तीहरुले सुनेर सामन्तीहरुमा खैलाबैला माच्चिएको थियोे । मुक्ति सेनाले २००७ साल पुस २६ गते डडेल्धुरा कब्जामा लिएका थिए । स्थानीय सेठ मोहनसिंह खडायतको घर लुटेको झुटा आरोप लगाएर षड्यन्त्रप्रति अनबिग्य रुप सिंहले भीमदत्तलाई भौतिक कारवाही गर्ने निर्णय गरे अनन्तमा उहाँ निर्दोष सावित हुनु भयो । मुक्ति सेनाले ००७ माघ २ गते डोटी कब्जा गरे र त्यसपछि भीमदत्तलाई डडेल्धुराका गभर्नर घोषणा गरका थिए । राना र काँग्रेसबीच दिल्ली सम्झौता पछि काँग्रेसले सशस्त्र क्रान्तिको स्थापना गरेका थिए । तर, भीमदत्तले दिल्ली सम्झौताको घोर निन्दा गर्दै । आफ्नो गतिविधि जारी राखे तर सरकारले रोक्न निर्देशन गरेको थियो । २००८मा मेजर मानन्धरको नेतृत्वको फौज डडेल्धुरा पुगी नेता भीमदत्तलाई नियन्त्रणमा लिएका थिए । त्यहीँबाट डोटी धनगढी हँुदै काठमाडौँ जेल चलान गरे २००९ मा जेलमुक्त भइसकेपछि उहाँ पुनः डडेल्धुरा फर्के र त्यतिबेला पूर्वीपश्चिममा किसान आन्दोलन चर्केको थियो । किसान मुक्ति मुख्य एजेन्डा बनाए र कञ्चनपुरको ब्रहम्देवमा भन्सारका कर्मचारीहरुले नुनको कृत्रिम अभाव खवर पाएपछि त्यहीँबेला भन्सार नियन्त्रणमा लिए जनताहरुलाई नुन बाडेका थिए । त्यतिबेला लोकप्रिय नेता भीमदत्तलाई पक्रिन सहज थिएन, त्यसपछि २००९ चैतमा बडा हाकिम धैर्य समसेर भारतको बनवासामा आएर बसेका थिए । त्यतिबेला ब्रहम्देवमा रहेका भीमदत्त र कृषण स्वामी आयंगर राति सुतिरहेको बेला पक्राउ गरी धैर्य समसेरका पुगाए । त्यहीँबाट आयंगरलाई भारत समक्ष सुपुर्दगी गरी भीमदत्तलाई बेलौरी जेलचलान गरे ।

२०१० असार १० गते बेलौरी जेल ब्रेक गरी भागे, डडेल्धुराको बुडरमा ब्यापारी प्रममनन्दलाई कारवाही गरी दलबलसहित ब्रहम्देव पुगे । ब्रम्हदेव भन्सारका सुब्बा जयदेब, डिठ्ठा धर्म रावल र जोगा ऐरलाई बोरीमा बाँधेर महाकालीमा बगाएका थिए । त्यही दलबलका साथ बेलौरी कब्जाका लागि भीमदत्त अघि बढे । त्यहाँ हुँदै कैलालीको बडेहा गाउँमा आएर रोकिए । गाउँबाट बाहरिएको पन्तको लडाकु टोली र भारतीय सेनाबीच निरन्तर पाँच घण्टा लडाइँ चल्यो । भिडन्त कै बेला भारतीय २ र पन्तका पनि २ सेनाहरुले सहादत प्राप्त गरे । भारतीय सेनासँगको बेहडामा भएको भिडान्त पछि भीमदत्त खिन्वा कार्की, बहादुर खत्री, वीरबहादुर खडायत र मोहन सेठीसँगै बुडर पुगे थिए । तर, डडेल्धुरामा पुगेका सेठी पक्राउ परे सुरक्षाकर्मीको चरम यातनापछि उनले भीमदत्त बुडरमा रहेको बताएपछि भीमदत्तका मीत लालबहादुर थापा, कर्णसिंह देउवा, तप्तबहादुर, भिम्वाको टोली भीमदत्तलाई खोज्दै बुडर पुग्यो ।

तत्कालीन मातृकाको सरकारले भीमदत्तको जिउँदो वा मृतक शरीर ल्याउनेलाई रु. ५००० नगद पुरस्कार दिने घोषणा गरे । प्रलोभनमा परेर उनका मीत लालबहादुर थापा भीमदत्तको खोजीमा हिँड्ने गाउँमा गएर जनतामा भ्रम फैलाउँदै म उनको मीत हुँ र उनको सुरक्षाको लागि आएको हुँ भन्दै हिँडे २०१० साउन १७ गते गल्लेकमा स्थानीय हमजाली मगरको घरनजिकै कुसको छाना भएको कटेरमा थिए । उनका मितले डराई धम्काई फकाई गरेर पनि उनी भएको ठाउँ पत्ता लगाएर छाडे उनका मीत उनी भएको घरमा प्रवेश भीमदत्त पन्त खाना खाइरहेकै बेला लालबहादुर उनका मितले गोली प्रहार गरे घाइते पन्तले शोषक सामन्तीहरुका बिरुद्ध नाराहरु चर्काउनु थाले । तप्तबहादुरले दोस्रो राउन्ड गोलीमा उनको ज्यान लिए । मृतक शरीरबाट टाउको छिनालेर रातारात लालबहादुरको टोली डडेल्धुरा पुगी बडाहाकिम मोहनबहादुर सिंहलाई बुझाए । साउन १८ गते गोश्वारा अगाडि रहेको भैरवस्थानमा बाँसको डण्डामा झुण्डाएर भीमदत्तको टाउको प्रदर्शन गरे । टाउको मुनि लेखे “देशद्रोही, राज्यद्रोही गर्नेलाई यस्तै हुनेछ” । श्रीमान्को मृत्युको खवर सुनेर पार्वतीदेवी बडाहाकिमका पुगिन् र उल्टै हप्काए । अन्तमा ३१ शर्तको कागजमा शहीछाप गराएर पार्वतीलाई टाउको दिए, धर्मदेव पन्त, सिद्धराज पन्त, शिव उप्रेती, सोवे सार्की र फकिडे सार्कीलगायत ५ जनाले घटनास्थल नजिकै दाहसंस्कार गरे । गरिब किसानको लागि प्राण आहुति दिएका लालयोद्धा थिए, किसान नेता भीमदत्त पन्त । उनी एक अथक र कुुशल नेता थिए, भीमदत्त पन्त । उनका सपना पूरा गर्न अधुराकामहरु पूरा गर्ने जिम्मेवारी आज हाम्रो काँधमा आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु