अभिनेत्री ओलिभियाको १०४ वर्षको उमेरमा निधन

२०७७ श्रावण १२ गते, सोमबार


काठमाडौं । हलिउड स्टार ओलिभिया डी हेभिल्याण्डको एक सय चार वर्षको उमेरमा आइतबार फ्रान्सको पेरिसमा निधन भएको छ ।अभिनेत्री ओलिभिया सन् १९६० देखि पेरिसमा बस्दै आएकी थिइन् । ओलिभिया बढी उमेरसम्म जीवित रहने ओस्कार विजेता कलाकार पनि थिइन् । उनी हलिउड चलचित्र क्षेत्रमा ५० बर्ष भन्दा लामो समय सक्रिय रहेकी थिइन । सन् १९८० को दशकसम्म उनी चलचित्र क्षेत्रमा सक्रिय थिइन् । ओलिभिया सन् १९३९ को ‘गन विथ द विन्ड’ कि एक मात्र जीवित कलाकार थिइन् । सो चलचित्रका लागि उनी ओस्कर जितेकी थिइन् । उनले फोन्टेइ, टू इच हिव वन तथा द हाइरेसका लागि पनि ओस्कार जितेकी थिइन् । ओलिभियाको जन्म जापानमा भएको थियो । -एजेन्सी

प्रतिक्रियाहरु