विद्युत प्राधिकरणका तीन सञ्चालक बर्खास्त

२०७३ पुष ४ गते, सोमबार

काठमाडौं ४ पुस । ऊर्जा मन्त्रालयले विद्युत प्राधिकरणका तीन जना सञ्चालकहरुलाई बर्खास्त गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको लोडसेडिङ हटाउने अभियानमा अवरोध गरेखा कारण उनीहरुलाई हटाइएको हो । सञ्चालक समिति सदस्यहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई ऊर्जा मन्त्रालयले हटाएको हो । कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला सञ्चालकत्रय अग्रवाल, मिश्र र लामिछानेले अवरोध गरेका थिए । उनीहरुलाई मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण चित्तबुझ्दो नभएको र राष्ट्रहितको काममा अवरोध पुर्‍याएको भन्दै मन्त्रालयले पदबाट बर्खास्त गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु