माओवादी कार्यकर्ता अर्धभुमिगत हुदै

२०७१ फाल्गुन २८ गते, बिहीबार

काठमाडौ । नेकपा माओवादी सम्वद्ध कार्यकर्ता धमाधम अर्धभुमिगत हुन थालेका छन् । प्रहरी सार्वजनिक मुद्धा लाग्न थाले पछि पार्टी कार्यकर्ताहरु अर्धभुमिगत हुन थालेका हुन् । गत सोमवार बॉके फत्तेपुरको भेलुनिया र उढरापुरको सिमलघारीमा रहेको जग्गा कब्जाको विषयलाई लिएर प्रहरीले मंगलवार राति बिष्णु देवकोटालाई प्रकाउ गर्नुका साथै सन्तोष बस्नेत, लोकेन्द्र शर्मा, अभिसेक, कुमाँख र जगत भुल का नाममा प्रहरीले सार्वजनिक मुद्धा लगाउन थालेपछि पार्टी कार्यकर्ताहरु अर्धभुमिगत हुनु परेको विप्लव माओवादी बाँकेका सेक्रेटरी मान बहादुर रोकाय ‘शक्ति’ ले वताए । उनले प्रहरी प्रशासनद्धारा गरिएका यस्ता कृयाकलापहरुले आफुहरुलाई जबर्जस्त युद्घमा धकेल्ने प्रयत्न गरिएको आरोप लगाए ।सेक्रेटरी रोकायले भने “ जनताको बस्तीमा पुगी मनोवैज्ञानिक त्रास उत्पन्न गर्दै सर्वसाधारणलाई आतंकित पार्ने प्रहरी प्रशासनको रबैया जनविरोधी रहेको छ, स्थानिय प्रशासनले बिष्णु देवकोटालाई विना सर्त छोड्नु पर्छ, यदी नछोडे भोली देखिनै हाम्रो पार्टी आन्दोलनका कार्यक्रम तय गरि संघर्षका गतिविधीहरु अगाडी वढाउन वाध्य हुनेछ ।”बिष्णु देवकोटालाई आज नछोडे भोली आफुहरुले बाँके जिल्ला बन्द गर्नेक्षेत्र नं तिन का ईन्चार्ज जगत भुलले जानकारी गराए
सेक्रेटरी मान बहादुर रोकाय ‘शक्ति’द्धारा हस्ताक्षरित बुधवार प्रकाशित प्रेसविज्ञप्तीमा भनिएको छ “ अबको संघर्ष जनताको अधिकार खोस्ने दलाल पु‘जीपतिलाई संरक्षण गर्न जो अग्रसर हुन्छ त्यसका विरुद्घ केन्दि«त रहने हाम्रो पार्टी स्पष्ट पार्न चाहान्छ । ”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु