हाम्रो सम्पत्ति भनेको राष्ट्र र जनता हुन् – प्रकाण्ड, प्रवक्ता – नेकपा माओवादी

२०७१ माघ १७ गते, शनिबार

० माघ ८ गते संविधान आएन, के भन्नुहुन्छ ?
संविधान आउने सम्भावना नै थिएन किनभन्दा पहिलो संविधानसभाको घाँटी रेटेर, विदेशी शक्तिहरूले डिजाइन गरेको र ती शक्तिका दलालहरूले नेपाली जनताको विरुद्धमा जबर्जस्त लाद्नका निम्ति षड्यन्त्रमूलक ढङ्गले ल्याइएको यो कथित संविधानसभा हो । हामीले यो कथित संविधानसभा जनयुद्ध र जनआन्दोलनको जनताको भावना, त्यसको राजनीतिक मुद्दा र म्यान्डेट, सैद्धान्तिक ढङ्गले बहिष्कार गरिसकेका थियौँ । यो संविधानसभा कथित हो, यसले संविधान दिँदैन भनेर अहिले त्यसैको पुष्टि भयो ।
० अब तपाईंहरू कसरी अगाडि बढ्नुहुन्छ ?
अझै पनि एक पटक यो सरकारलाई मौका छ । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस र एमालेले यी सबै बकबास छोडेर राष्ट्र र जनताका विरुद्धको गडबढी बन्द गर्नुपर्छ । अधिकार सम्पन्न राष्ट्रिय राजनीति सभामा आउनर्ुपर्छ । त्यही राष्ट्रिय राजनीतिक सभामा अहिलेको संविधान निर्माणका मुख्य जटिलता, शान्तिप्रक्रियाका जटिलताका बारेमा राष्ट्रिय बहस गरौँ, राष्ट्रिय सहमति कायम गरौँ र संविधान निर्माणका विवादित विषयमा एउटा निर्ण्र् लिऔँ, संविधान लेख्ने विधि र प्रक्रियाको पनि सुनिश्चित गरौँ । शान्तिप्रक्रिया भनेको माओवादी शक्ति र संसद्वादी शक्तिबीचको सहकार्य हो, सहयात्रा हो र राजनैतिक सत्तामा साझेदारी हो । यसको निम्ति संसद्वादी तयार भए अझै मौका छ, तयार भएनन् भने उनीहरूको राष्ट्र र जनताविरुद्धको संविधान ल्याउने जुन निरङ्कुश हर्कत र अधिनायकवादी हर्कत जुन छ । त्यसका विरुद्धमा जनता उठ्छन् र हामी त्यसको नेतृत्व गर्र्छौं । अहिले नेपाली जनताको गणतन्त्रलाई स्थापित गर्ने, नेपाली जनताको संविधान र स्वायत्ततालाई स्थापित गर्ने २०६३ सालयताको हाम्रो यात्रा र दायित्व जुन छ, त्यसबाट अगाडि बढेर माओवादी पार्टीको नेतृत्वमा नयाँ माओवादी क्रान्तिको सुरुवात हुन्छ र त्यसले जनताको जनवादी संविधान लेख्छ ।
० माओवादीले नयाँ क्रान्ति गर्ने त भन्नुभयो तर माओवादी आफैंमा फुटेर सक्किइसक्यो भनेर संसद्वादी दलहरू पेलेर अगाडि बढिरहेका छन्, कसरी सम्भव देख्नुहुन्छ?
माओवादी पार्टीको अन्तिम फुट हो यो । अब माओवादी पार्टीको एकता र नयाँ संगठन हुन्छ, विघटनको अन्त्य भएको छ किनकि यो विघटनसँग विचार, नीति र नेतृत्व सम्बन्धित छ । प्रचण्डजीको नेतृत्व र पछिल्लो दिनमा किरणजीको नेतृत्व अहिले नयाँ सर्न्दर्भमा माओवादी पार्टी माओवादी आन्दोलनलाई नयाँ ढङ्गले एकीकृत गर्न पनि नसकेको स्थिति हो । दस वर्षो जनयुद्धमा माओवादी आन्दोलनमा जुन एजेण्डा थिए, अहिलेको राष्ट्रिय राजनीतिमा त्यसलाई प्रतिकार पनि गर्न नसकेको र त्यसलाई लागू गर्ने तहसम्म पहलकद्मी लिन पनि नसकेको स्थिति हो । त्यसकारण माओवादी आन्दोलनमा, माओवादी क्रान्तिमा र पार्टी देखिएको एउटा राजनैतिक, वैचारिक विचलनताको परिणाम यो टुटफुट र विघटन हो । प्रचण्डजी हामीसँग हुँदाको साँढे चार वर्षो दुइ लाइन अन्तरसंर्घष्ा र किरणजीसँगको अर्ढाई वर्षो दुइ लाइन अन्तरसंर्घषाबाट वास्तविक माओवादी शक्ति बनेको छ । जसले भर्खरै आफ्नो पार्टीसम्मेलन पनि सम्पन्न गरिसकेको छ । त्यही सम्मेलनबाट नेतृत्वले क्रान्तिको नयाँ विचार र नयाँ कार्यदिशा पनि तयार गरिसकेको छ । यो नयाँ विचार, नयाँ कार्यदिशा, त्यसको नेतृत्व गर्ने क्रान्तिकारी पार्टी बनेको छ, यसले अब सम्पूणारूपमा माओवादी आन्दोलनलाई नयाँ ढङ्गले संगठित गर्छ ।
० भनेपछि किरण, प्रचण्डलाई पनि तपाईंहरूकै पार्टी ल्याएर आन्दोलन गर्ने सोच छ ?
पहिलो कुरा इमानदार क्रान्तिकारी माओवादीहरूलाई नेकपा माओवादीको नेतृत्व र झण्डामुनि ल्याउने हामीले आफ्नो दायित्व ठानेका छौँ र त्यही आधारमा नीति, विचार र कार्यक्रम तय गरेका छौँ । दोस्रो कुरा, माओवादी आन्दोलनलाई विगतका सबै किसिमका विचलनता र विकृतिबाट बचाएर, त्यसका विरुद्ध निर्मम संर्घष गरेर, त्यसको प्रायश्चित गरेर, नयाँ ढङ्गले सोच्न नेताहरू तयार भए भने छलफलको विषय हुनसक्छ । अहिले नेताहरूको सोचाइ र गराइ जे छ, त्यो हेदा प्रचण्डजी, किरणजीसहित एउटा पार्टी वनिहाल्ला भन्ने देखिँदैन । त्यसका वैचारिक, राजनीतिक आधारहरू पनि देखिँदैन । यद्यपि राष्ट्रिय राजनीतिक परिस्थिति र वस्तुस्थितिले भने माओवादी आन्दोलनको एकीकरणको माग गर्छ तर नेताहरूको ताल अर्कोतिर छ । सही कुरा के हो भने दुइवटै माओवादीमा भएका इमानदार कार्यकर्ता र नेताहरू नेकपा माओवादीको नेतृत्वमा आउँछन्, त्यो क्रम सुरु भइसकेको छ ।
० तपाईंहरूको पार्टी माओवादी २०५१ सालको जनयुद्धतिर र्फकदैछ भनिन्छ नि, सही कुरा के हो ?
वैदेशिक शक्तिहरूको डिजाइनमा यो देशका दलालहरूले यस्तो भन्ने गरेका छन् । पछिल्लो दिनमा नयाँ र पुराना संशोधनवादी र कम्युनिस्ट आन्दोलनका संशोधनवादीसमेतले यस्तो भन्ने हर्कत गरिरहेका छन् । जनतालाई आतंकित पार्ने, निराश बनाउने र कार्यकर्ताहरूलाई निराश बनाउने कार्य गर्दैछन् । १० वर्षलडियो केही भएन, फेरि लड्दा उही हुन्छ, उस्तै हुन्छ, अहिले त विज्ञान र प्रविधिको विकास भएको छ, सञ्चारको विकास भएको छ, अहिले क्रान्ति अगाडि बढाउन सजिलो छैन भनेर मुक्ति चाहने, क्रान्ति चाहने जनता, विगतमा क्रान्तिमा ठूलो मूल्य चुकाएका र अहिले पनि क्रान्ति चाहने कार्यकर्ताको टाउकोमा चिसो पानी खनाउने सोच असाध्यै संशोधनवादी र यथास्थितिवादी विचारको जहर फैलाउने धृष्टता भइरहेको छ, यसले कुनै स्थान पाउनेवाला छैन ।
० तपाईंको पार्टीको राष्ट्रिय सम्मेलन भएको पनि महिना दिन पुग्न लागिसक्यो तर उल्लेख्य कार्यक्रम र आन्दोलनको खाका आउन सकेको छैन नि ?
यो सत्य होइन, हाम्रो आन्दोलनका कार्यक्रमहरू जनतासामु आइसकेका छन् । राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने बेलामा किरणजीबाट हामी अलग भएर धेरै ठूलाठूला पहलकद्मी राष्ट्रिय राजनीति र कम्युनिस्ष्ट पार्टीनिर्माणको जीवनमा गरिसकेका छौँ । यो आमनेपाली जनतालाई थाहा छ । पछिल्लो दिनमा राष्ट्रिय सम्मेलनबाट हामीले दुइवटा नीति अगाडि सारेका छौँ । एउटा संविधान निर्माणको मुद्दा र शान्तिको मुद्दा यसको निम्ति कार्यनीतिक दृष्टिले अधिकार सम्पन्न राष्ट्रिय राजनीतिक सभाको आयोजना गर्दै त्यहीँबाट यी कुराको सम्बोधन गर्ने र जनताको भावना, आकांक्षाअनुसार जनयुद्ध र जनआन्दोलनको उपलब्धिलाई नयाँ राज्यव्यवस्थामा स्थापित गर्ने कुरा पहिलो हो । यदि त्यो मान्न तयार नहुने हो भने हामी फेरि जनताको नेतृत्व गरेर आन्दोलनमा अगाडि बढ्नेछौँ । हामीले क्रान्तिमा दुइ-तीनवटा अवरोध देखेका छौँ । एउटा अवरोध भनेको राष्ट्रिय स्वाधीनताका विरुद्ध राष्ट्रघात हो । यसलाई हामीले हल गर्नुछ । अर्को अवरोध भनेको विगतको सामन्ती प्रतिक्रियावादी राज्यसत्तालाई बदल्न नचाहने यथास्थितिवादी दलाल ट्रेन छ, त्यो ट्रेन हटाउनुछ । तेस्रो कुरा, नेपाली जनताको जनजीविका असाध्यै कष्टकर छ, यसलाई बदल्नु छ । यी तीनवटा विषयलाई परिलक्षित गरेर हामीले आगामी संर्घष्को कार्यक्रम अगाडि बढाउने सोचेका छौँ । हामी त जनतालाई अपिल गर्र्छौं, नेतृत्व गर्र्छौं । जनताले यी राष्ट्रघाती विरुद्ध, जनघातीविरुद्ध, कमिसनखोर दलालहरूविरद्ध र जनतालाई कृत्रिम अभाव सिर्जना गराएर तड्पाउनेहरू विरुद्धमा माओवादी पार्टीको नेतृत्वमा जनताले संर्घषाको पहलकद्मी लिनेछन् । यही बीचमा भर्खर जनताले कारवाहीको कार्य पनि सुरु गरिसकेका छन् । जसको स्वरूप तपाईंहरूले काठमाडौँमै देखिसक्नुभएको छ ।
०तपाईंहरू जनताको नाममा राजनीति गर्नुहुन्छ तर आफ्नै पार्टीभीत्र शुद्धता कायम गर्न सक्नुहुन्न, यथार्थ के हो ?
२०६३ यता नेतृत्वमा नै विचलनता हावी भइसकेपछि त्यो विचार, राजनीतिसँग मात्रै सम्बन्धित हुँदैन कि त्यो आर्थिक र सांस्कृतिक पक्षसँग पनि सम्बन्धित हुन्छ । त्यसकारण विकृति, विसंगति बढी नै भएर हामीले प्रचण्डजीसँग संर्घष गर्नुपरेको हो । किरणजीसँग हाम्रो संर्घष् परेको हो । त्यसका बीचबाट नेकपा माओवादी गठन गरिसकेपछि निश्चितरूपमा यो पार्टीसच्चा क्रान्तिकारी पार्टीको विचार, नीति, उद्देश्य यसको आफ्नो जिम्मेवारीसँग सचेत छ । यो बेलामा विगतका विसंगति, विकृतिहरूले हामीलाई पनि पछ्याउने मूखता गर्छ नै । यो प्रश्न आमनेपाली जनताले उठाएका छन्, हाम्रा शुभचिन्तक, र्समर्थकहरूले उठाएका छन् । त्यसलाई सम्बोधन गरेर तपाईंहरूले प्रश्न गर्नुभएको छ । म के भन्छु भने यो सबैलाई नामेट गर्ने, अन्त्य गर्ने सुरुवात पनि हामीले गरिसकेका छौँ । वैचारिक, राजनीतिक दृष्टिले पनि, आर्थिक दृष्टिले र यसको नीतिको दृष्टिले, योजना र विधिको दृष्टिले, आर्थिक परिचालन र त्यसको केन्द्रिकरणको दृष्टिले यो सबैमा नयाँ प्रणाली सुरु गरेका छौँ । जहाँसम्म जनताले चिन्ता जाहेर गरेको विषय छ, त्यसलाई हामी दूर गर्न सक्छौँ, दूर गर्न हामी प्रतिबद्ध छौँ । यो राष्ट्रको राष्ट्रिय स्वाधीनता र जनताको मुक्तिको निम्ति र जनताको जनवादी राज्यसत्ताको निम्ति लड्ने र त्यसको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीको नेताले पुँजीवादी, सामन्ती, व्यक्तिगत स्वार्थ र नाफामा लाग्नु भनेको गहतको झोलमा जात फाल्नुसरह हो । हाम्रो सम्पत्ति भनेको राष्ट्र र जनता हुन् । राष्ट्रको समृद्धि र नेपाली जनताको स्वतन्त्रता र मुक्ति नै हाम्रो सम्पत्ति भएकोले त्यसैको निम्ति लागिपर्र्छौं । हामी क्रान्तिकारी उद्देश्यबाट विचलित भएर, वैज्ञानिक विचारबाट विचलित भएर, जनताको सेवा गर्ने अभिभाराबाट विचलित भएर, निहित पुँजीवादी स्वार्थमा रमाउने कल्पनै गर्न सक्दैनौँ । त्यसो भए त हामी प्रचण्डजीसँगै हुन्थ्यौँ, किरणजीसँगसँगै हुन्थ्यौँ, संर्घष गर्नु नै पर्दैनथ्यो ।
० तपाईंहरू जनतालाई शान्ति र संविधान दिन सक्षम छौँ भन्नुहुन्छ, कति समय लाग्छ ?
हो, हामी अन्तिम चरणमा आइपुगेका छौँ । अब अन्तिम मौका छ, सरकार र काँग्रेस, एमालेलाई । यदि उहाँहरूले यो मौकाको पूण्ारूपमा सदुपयोग गर्न तयार हुनुहुन्छ भने राष्ट्रिय राजनीतिक सभाको आयोजना गरौँ, २-४ महिनाभित्र जनताले संविधान पाउँछन् । त्यसको निम्ति उहाँहरू तयार हुनुभएन भने हामी माओवादी क्रान्तिको नयाँ पहलकद्मी गर्र्छौं । यो पहलकद्मीबाट जनताले संविधान मात्र होइन, सत्ता नै पाउने निश्चित छ ।
० यो तपाईंले भनेको माओवादी क्रान्तिको नयाँ पहलकद्मी भनेको चाहिँ के हो ? प्रष्टाइदिनुस् न ।
माओवादी पार्टीको नेतृत्वमा नेपालमा अधुरो रहेको जनवादी क्रान्तिलाई पूरा गर्न एकीकृत जनक्रान्तिको कार्यदिशा जुन भनेका छौँ, त्यही जनक्रान्तिको कार्यदिशा नै माओवादी क्रान्तिको नयाँ पहलकद्मी हो ।

प्रतिक्रियाहरु