जनवादी क्रान्तिको विकल्प छैन – विप्लव

२०६९ चैत्र ३ गते, शनिबार

० अन्ततः चार दलले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाइ छाडे, के भन्नुहुन्छ –
यो चार दलले विदेशी शक्ति र उनीहरुको निर्देशनमा गरेका काम हो । यो उनीहरुको चाहनामा मात्र भएको काम होइन । चार दलले जुन काम गरे यसले राष्ट्र र जनताहरुलाई भयानक दर्ुदशातिर धकेलिदिने काम भएको छ । यसले समस्याबाहेक केही ल्याउनेवाला छैन ।
० चार दलले राजनीतिक एकाधिकार लागू गरेका छन्, त्यसमा राष्ट्रपतिले पनि साथ दिएका छन्, अब देश कता जाला –
चार दलले जुन निर्ण्र गरे, त्यो शान्ति र परिवर्तनको विरुद्धमा छ । यो अशान्ति र फासीवादी प्रवृत्तिको छ । त्यसैले यसको सबैले विरोध गरेका छन् । यो निर्ण्र् कार्यान्वयन हुन सक्दैन ।
० असारमा चुनाव गर्ने भनिएको छ, के त्यो सम्भव छ –
यो असम्भव छ । चुनाव भए पनि त्यो ज्ञानेन्द्रले २०६२ सालमा गरेको चुनावभन्दा भिन्न हुनेवाला छैन ।
० दलहरुको भूमिका अब समाप्त भएको हो त –
एउटा रुपमा यो सत्य हो । दलहरुलाई प्रभावविहीन बनाएर कठ्पुतलीहरुको हूल खडा गर्ने र नेपाली जनता र राष्ट्रलाई उत्पीडनमा राख्ने सोच देखिन्छ ।
० त्यसो भए यसबाट मुक्ति कसरी पाउनेछ –
यसबारेमा हामीले पहिले पनि भनिसकेका छौँ । क्रान्तिकारी आन्दोलन, स्वाधीनताको आन्दोलन, राष्ट्रिय र जनतन्त्रको आन्दोलन नयाँ उचाइ उठाउनुपर्ने आवश्यक भएको छ ।
० दस वर्षो जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त सबै उपलब्धि गुमेको स्थिति छ, यसलाई कसरी पुनर्स्थापित गर्नुहुन्छ –
हाम्रो एजेण्डाहरु प्रस्ट छन् । जनयुद्धदेखिका जनताका एजेण्डाहरुलाई विस्तृत शान्तिसम्झौतामा गिरिजाप्रसाद र प्रचण्डले हस्ताक्षर गरे । त्यसलाई संविधानमा बदल्ने भन्ने हाम्रो स्पिरिट हो । त्यो स्पिरिट लागू हुनर्ुपर्छ अन्यथा देशलाई हामी फर्काएर त्यहीँबाट अगाडि बढाउँछौँ ।
० पार्टीले वर्तमान सरकार गठनविरुद्ध आन्दोलन गर्ने बताएको छ, आन्दोलनको रुपचाहिँ कस्तो हुन्छ –
आन्दोलन टेबलबाट सडकमा आएको छ । सडकबाट देशव्यापीरुपमा फैलन्छ र सत्तालाई उल्ट्याउने तहसम्म जान्छ ।
० भन्नाले आन्दोलन जावादी सत्ता स्थापनामा केन्द्रित हुन्छ भन्नु खोज्नुभएको हो –
हो, जनवादी सत्तालाई केन्द्रबिन्दुमा राखेर आन्दोलन हुन्छ । देशभक्तहरु, प्रगतिशील शक्तिहरुलाई साथमा लिएर नयाँ प्रजातन्त्रको पक्षमा आन्दोलन हुन्छ ।
० देशमा फासीवादी शासन सुरु भयो भनिन्छ, यसले कस्तो रुप लेला –
फासीवाद सुरुनै भइसक्यो भन्ने होइन । अहिले निरङ्कुश प्रकारको अथवा कानुन मिचिएर बनाएको प्रकारको छ । यो भोलि त्यहाँसम्म पतन हुन सक्छ । त्यसो भयो भने माओवादी पार्टीले प्रतिरोध गर्छ । फासीवादको समाधान क्रान्ति हो । क्रान्तिद्वारा त्यसको सामना गरिन्छ ।
० जनताको मुक्तिदाता पार्टी माओवादी पार्टी हो भनेर कसरी आश्वस्त पार्नुहुन्छ त –
हामीसँग नै जनताको एजेण्डा छ । जोसँग जनताको एजेन्डा हुन्छ । जसले जनताको भविष्यलाई लिएर सम्पर्ूण्ा रुपले त्याग, बलिदान गर्न सक्छ । त्यो नै जनताको मित्रशक्ति हुन्छ । जनताको वास्तविक प्रतिनिधि हुन्छ ।
० तपाईंहरुले पार्टीमा प्रचण्ड प्रवृत्ति हावी भयो भनेर एमाओवादीसँग सम्बद्ध विच्छेद गर्नुभयो तर अहिले तपाईंकै पार्टीमा प्रचण्ड प्रवृत्ति बढ्न थालेको कार्यकर्ताको गुनासो छ नि –
म अहिले त्यतापट्ट जान चाहन्न । अहिले हाम्रो महाधिवेशनले पारित गरेको कार्यदिशा छ र त्यो कार्यदिशा पूरा गर्न हामी लागिरहेका छौँ । हामी एकढिक्का भएर अगाडि बढिरहेका छौँ । अब नेपालमा जनवादी क्रान्तिको विकल्प छैन । प्रचण्डबाट अलग हुनुको एउटा मात्र कारण के हो भने उनीहरु क्रान्तिको बाटोबाट विचलित भए, जनताको अधिकारलाई सुनिश्चित गर्ने जिम्मेवारीबाट विचलित भए भन्ने हो । त्यसैले त्यो जिम्मेवारी पूरा गर्ने काम हाम्रो हो । क्रान्तिलाई पूरा गर्ने, जनताका अधिकारलाई सुनिश्चित गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । हामी त्यो पूरा गर्न प्रतिबद्ध छौँ ।
० अन्त्यमा थप केही भन्न चाहनुहुन्छ –
अहिले जुन नयाँ परिस्थिति बनेको छ । यो नेपालको राजनीतिमा एउटा प्रक्रियाको सुरुवात हुने सम्भावनाको रुपमा आएको छ । यो नयाँ सुरुवातले कसलाई बगाउँछ र कसलाई बचाउँछ । त्यो भविष्यले फैसला गर्नेछ । र्सवहारावर्ग र दलाल पुँजीपति अमने-सामने भएका छन् । यो निकै पेचिलो संर्घषाबाट अगाडि बढ्छ भन्ने लागेको छ ।

प्रतिक्रियाहरु