सीके रावत पक्राउ

२०७२ जेष्ठ १२ गते, मंगलवार

काठमाडौ, १२ जेठ । राज्य विरुद्ध अभिव्यक्ति दिने सीके रावत पक्राउ परेका छन् । स्थानीय केबुल टेलिभिजनमा अन्तर्वार्ताका क्रममा राज्य विरुद्ध अभिव्यक्ति दिएको आरोपमा प्रहरीले उनलाई पक्रउ गरेको हो । विनाशकारी भूकम्पपछि नेपाली नारीलाई बेश्यासम्मको संज्ञा सामाजिक सञ्चालमा दिँदै हिँडेका सीके राउत मंगलबार इटहरीमा पक्राउ परेका हुन्। पक्राउ गरिएका सीकेलाई प्रहरी हिरासतमा राखिएको छ । उनीबिरुद्ध फेरी राज्य विप्लवको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।
पछिल्लो समय राज्यबिरुद्ध कठा अभिब्यक्ति दिदै हिडेका सीकेलाई गृहमन्त्री बामदेव गौतमको निर्देशनमा पक्राउ गरिएको स्रोतले बताएको छ । भूकम्प पीडितलाई मधेशमा पुनस्थापना गर्न नहुँने र नेपाली नारीलाई बेश्याको संज्ञा दिएपछि पक्राउ गर्न चौतफी दवाव परेको थियो । गृहमन्त्रीको निर्देशनमा पक्राउ गरिएका रावतविरुद्ध राज्यबिप्लवको मुद्दा चलाउने तयारी गरेको प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताए ।
यसअघि पनि सीकेबिरुद्ध राज्यबिप्लवको मुद्दा बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो । राज्यबिप्लवको गरेको प्रसस्त प्रमाण हुँदा–हुँदै पनि अदालतले प्रमाण नपुगेको भन्दै सफाई दिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु