सम्पादक हमाल रिहा

२०७६ भाद्र २४ गते, मंगलवार

काठमाडौं, २४ भदौ । जनपत्रकार संगठन,नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाल रिहा भएका छन । सर्वाेच्च अदालतकाे दाेस्राे पटककाे अादेशमा हमाल रिहा भएका हुन् । हमालकी श्रीमती मोनिका गुरूङले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको हो ।
जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य समेत रहेका हमाल समाचार संकलन गर्न गएका बेला कास्कीको सिसुवामा भदौं ६ गते प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु