समयले तिम्रो मुखुण्डो उतार्ने छ – सिर्जना तिम्सिना

२०७२ आश्विन २४ गते, आईतवार

तिमीलाई त मान्छे भन्न पनि घिन लाग्न थाल्यो । भमराले पूmलको रस चुसेर खोक्रो पारी नयाँ पूmलको रस चाख्न हिडे जस्तै गरि हिड्यौ ।
संसार बदल्न हिडेका हजारौं योद्धाले तेस्र्याएका बन्दुकका नाल अघि एक अर्काको सारथी बन्ने प्रतिबद्धताका साथ अविर र माला पहिरिएर विवाह बन्धनमा बाँधिएका थियौं । एउटै विचार र उदेश्य भएकाले नै तिमी र मेरो जोडी मिल्यो र मोर्चा मै हाम्रो नयाँ जीवनको सुरुवात भयो ।
तर अफसोच तिमी यतिसम्म बदलिन्छौ भन्ने सपनीमा पनि सोचेको थिईन । शान्ति कालसँगै तिम्रो पनि मानस पटल परिवर्तन भएछ । मलाई के थाहा, तिमिले ९ वर्ष सम्म मेरो शरीर, विश्वासँग खेलेर आज अर्कैको भावना माथि हस्तक्षेप गर्न पुगि सक्यौ भनेर ।
सोचेकी थिए । तिमी, पार्टी कामका सिलसिलामा हिड्दैछौ । भलै परिवारमा खासै समय दिन नपाए पनि तिम्रो मुटुको टुक्रा ती वालकको अधिकारलाई त ख्याल गरेका छौ १ अनि हामीले एक अर्का प्रति गरेको प्रतिबद्धता अनि ईमान्दारीतालाई त जोगाएकै छौ ।
बिस्तारै तिमीमा आएको परिवर्तनबाट मैले बुझ्नु पर्थाे,के गर्नु असमर्थ भए म । किन कि यै समाजकी छोरी हु नी म पनि । जे परिवर्तनका लागि कलम समाउने हातले बन्दुक समाएकी थिए, अनि बम र बारुदसँग खेलेकी थिए ती त प्राप्त थिएनन् ।
बर्षाैसम्म युद्धभूमिमा तिमी र तिमी जस्तै पुरुषहरुसँग हातेमालो गर्दै काँधमा काँध मिलाएर हरेक मोर्चामा लडे पनि वास्तविकता त उहि थियो जो एक सामान्य नेपाली नारीको छ । भलै विचारमा परिपक्क छु होला, तर सामाजिक धरातल उही ‘।।
उफ्‘सोच्दा पनि घिन लाग्छ आज काल,जब तिम्रा बारेमा अनेक मेरा लागि असैह्य कुराहरु सुन्न थाले या भनौ कति आउन थाले ? हो, मैले शंका गरे तिमीलाई र धेरै पटक भने पनि प्रकाश कतै तिमीले मलाई धोका त दिदै छैनौ । यो सानो वालकको बाबा माथिको अधिकार त खोस्दै छैनौ ।
तिमीले कति सहज जवाफ दिन्थ्यो, सधै संका गर्ने यस्तरी ? मलाई तिमीसँग गाह्रो भैसक्यो ।
केही समय त चुप लागेकै थिए, तर जव तिम्रा ब्यावहारमा परिवर्तन धेरै पाउन थाले अनि अलि खुलेर आए ‘अह गलत नसोच मलाई ‘अरुसँग हैन तिमीसँगै । तिमीलाई नै भने तिम्रो नियत ब्यावहार ठिक लागेन मलाई । म बाहेक तिम्रो पर स्त्रीसँग पनि सम्बन्ध रहेछ ।
तिमीले यसरी प्रतिवाद गर्याै कि,जुन स्त्रीका बारेमा मैले तिमीलाई भने । उसैले म सँग यस्तो धम्की दिएकी जो यो नेपाली समाजले र नारी या भनौ कोही श्रीमतीले सहन सक्दिन ।
तिमी त उसैसँग खुशी छौ रे । अनि अबको बाँकी जिन्दगी उसैसँग बिताउन चाहन्छौ रे । उसले तिमीलाई छाड्न नै सक्दिन रे । हरे कस्तो अचम्म । तिमीसँग भएका मेरा वार्तालापहरु ती परस्त्रीसम्म कसरी पु¥यायौ, आट ग¥यो प्रकाश ?
मेरो गल्ती थियो भने मलाई गालि गर्न सक्थ्यांै । दूई चार थप्पड पनि लगाउन सक्थौ । तिम्रै जीवन साथी थिए म । मैले गलत बाटो हिड्दा र हिडिरहेको भए सुधार्नु तिम्रो कर्तब्य पनि हुन्थो । त्यसलाई ख्यालै गरेनौ र हाम्रा ओछ्यानमा भएका कुरा पनि उसलाई सुनाउन थाल्यौ । अनि मेरो शंकालाई प्रमाणित ग¥यो तिम्रो व्यावहारले ।
त्यसैले भन्छु, तिमी देखि घिन लागेर आयो मलाई । त्यसैले त तिमीसँग अबका कुनै दिन या रात बिताउने रहर छैन मलाई ।
तिमीलाई शंका गर्ने र सतर्क गराउने मेरो हक थियो भन्ने सोच्थे । किन कि हाम्रो प्रेमको चिनो विवश पनि आठ बर्षको भईसकेको थियो ।
युद्ध मोर्चा मै जगंलको झाडीमा जन्मिएको ऊ । आमा बाबालाई सधै साथ देख्न आतुर हुन्थ्यो । उसका लागि संसार नै हामी दुबै थियो ।
तिम्रा लागि म प्रिय कमरेड थिएँ । प्रिय कमरेडबाट म जीवन साथी भए, श्रीमती भएँ । तिमी मलाई रात्रीकालीन बिच्छ्यौनामा विन्दु भन्दै भविष्यको सपना बाड्थ्यौ । जब मैदानमा हुन्थ्यौं त्यो बेला कमरेड भनेर सम्मान गथ्र्याै । मायाले स्पर्श गथ्र्याै ।
अहिले त तिमी मसँग भएका शारीरिक सम्बन्धका कुराहरु पनि अरुलाई सुनाउँदै हिड्छौ रे । मैले तिमीलाई साथ रहन चाहना राख्दिन भन्छौ रे । ती बितेका बर्ष, अनि दिनहरु सम्झन त । हाम्रो प्रेमका वार्तालापहरु याद गर न अनि भेट नहँुदा लुकिलुकि लेखिएका प्रेम पत्र पनि थोरै फुर्सद निकालेर हेर न ।
त्यस पछि हाम्रो सम्बन्धको बारेमा निर्णय लिन तिमीलाई सहज होला । म तिमीलाई मसँग नै बस भन्दिन, तर त्यो अबोध वालकको भविष्य र अधिकार माथि कोही दोस्रो व्यक्तिको हस्तक्षेप नि चाहन्न ।
तिमीले रुप, पैसा या हैसियत के हेर्याै थाहा छैन, तर तिम्रो भविश्य उज्वल देख्न सकिन मैले । तिम्री जीवन संगिनी थिए जुन वेला हरेक निर्णयहरु म सँगको सल्लाहमा लिन्थ्यो । आज अरु कसैको अंगालोमा बाँध्न पुग्यौ ।
त्यो सम्बन्धको तिमीले हत्या गरे पनि एक सहयोद्धा मित्रको रुपमा शुभकामना दिन्छु, तिम्रो भविष्यको अन्धकारमय जीवनलाई ।
दोष त मेरो पनि थियो होला, त्यसमा तिम्रो अश्लिल र असह्य हर्कतहरु बढी भए । उसलाई दोष दिन्न म, तिमीले नै त त्यो अवस्थाको श्रृजना गरि दिएको थियो ।
मेरो भविश्य मेरो हातमा छ जसलाई म स्वाभिमानका साथ जिउँछु अनि तिम्रो नासो पनि सम्हाल्ने छु ।
तर, याद राख, मैले युद्धभूमीमा भोगेका र सहेका पिडा भन्दा कयौ पिडा तिमीले अहिले दिएका छौ । यसको हिसाव समयले तिमीसँग अवश्य गर्ने छ । तिमी जतिसुकै टाढा भाग, तिमी समयको नजरमा दोषी छौं, ईमान्दारीताको जतिसुकै मुखुण्डो लगाए पनि तिमीले नाङिगने दिन आउछ, तिमीलाई समयले कार्बाही गर्ने छ । प्रेमका फुलले तिमीलाई सजाय दिने छ । ‘‘

प्रतिक्रियाहरु