चिरन पुन अफिसियल यु ट्युव च्यानलबाट नयाँ गीत “भेटौ एकैछिन” सार्वजनिक

२०८१ बैशाख ४ गते, मंगलवार


काठमाडौँ । आज चिरन पुन अफिसियल यु ट्युव च्यानलबाट नयाँ गीत “भेटौ एकैछिन” सार्वजनिक भएको छ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ को एतिहासिक आठौ रास्ट्रीय सम्मेलनको सन्दर्भमा उक्त “भेटौ एकैछिन” गीत सार्वजनिक भएको हो ।
“आउ एता नजाउ त्यता भेटौ एकैछिन , शुख दुख केछ खबर जुटौ एकैछिन” गीतको स्थायीमा यी शब्दहरुछ्न र गीतमा निकै टिपिकल ढङ्गले सङ्गीत भरिएको छ ।
गीतको प्रथम अन्तरामा राष्ट्रिय सम्मेलनको मुल नारालाई समावेश गरिएको छ, जसमा ” दलाल ससदिय ब्यवस्थाको अन्त्य र श्रमिक उत्पिडनको विरुद्ध हाम्रो अभियान एकीकृत जनक्रान्ती मार्फत बैज्ञानिक समाजवाद स्थापनाका लागि आठौं रास्ट्रीय सम्मेलन” समावेश छ ।
त्यस्तै श्रमिक बर्गसङ्ग सम्वन्धित आर्थिक मुद्दा लाई गीतमा दोस्रो अन्तरामा समावेस गरिएको छ “उत्पादनमा आत्मनिर्भर समृद्धि ल्याउनु पर्छ, समाजवादी अर्थतन्त्रमा हामी बढ्नु पर्छ, बिज्ञान र प्रविधिसङ्ग सङ्गै हिड्नु पर्छ, उत्पादित वस्तु बितरणमा बरावर हुनुपर्छ” भनेर उल्लेख गरिएको छ ।
तीन अन्तरामा समेटिएको गीतमा अन्तिम अन्तरामा “पसिनाको खोला बगाइ देश सिगार्ने हामी, चारैतिर उत्पिडनमा पर्ने पनी हामी,
जीवन भरी खुनको आँसु पिउदै कति बसौ, साम्यवादमा पुग्नै पर्छ अब कम्मर कसौ” मजदुर र श्रमीक बर्गको अवस्थालाई चित्रण गरिएको छ भने साम्यवाद स्थापनाको बिषयमा अपिल गरिएको छ ।
“भेटौ एकैछिन” गीतमा आवाज चर्चित जनवादी गायक, गायिका निलिमा पुन, कुस्मिता दर्लामी, उदय रिजाल र चिरन सी ले दिएका छ्न । उक्त गीतको रचना जनवादी गीतकार, सङ्गीतकार र गायक चिरन सी र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्ष स्याम सी को रहेको छ । भने गीतको सङ्गीत चिरन सी को छ । उक्त गीतको एरेन्ज कुशल एरेन्जर नारायण दङ्गालले गरेका छ्न ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव सी ले उद्घाटन गर्ने अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको आठौ रास्ट्रीय सम्मेलन यहि बैशाख १९ देखि २१ गते भरतपुर, चितवनमा सम्पन्न हुदैछ । उक्त सम्मेलनलाई प्रचार प्रसार गर्ने हेतुले यो गीत सार्वजनिक गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु