किशोर विश्वकर्माको ‘अँध्यारो उज्यालो’ सार्वजनिक

२०८१ बैशाख १० गते, सोमबार

काठमाडौँ । किशोर विश्वकर्माले रचना गरेको नयाँ गीत ‘अँध्यारो उज्यालो’ सार्वजनिक भएको छ । आरसी रिमालको स्वर र करणराज कार्कीको संगीत रहेको गीतलाई विषम आचार्यले एरेन्ज गरेका छन् । निराश जीवनमा आशाको अपेक्षा गरिएको गरेको सो गीत ‘संगीत भकारी’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
लामो समयदेखि साहित्यिक क्षेत्रमा सक्रिय रहेका विश्वकर्माको समाजसेवाको क्षेत्रमा पनि उनको सक्रियता उल्लेखनीय छ । विश्वकर्मा परिवारसहित अमेरिकामा बसोबास गर्दै आएका छन् । वर्षमा एक पटक भएपनि नेपाल आउन भने छोडेका छैनन् । उनका हरेक रचनामा नेपाल र नेपालीको आशा, आस्था र आकांक्षा प्रतिबिम्बित हुने गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु