सत्ताधारी दल नेकपा र त्यसका नेताहरु सर्वाङ्ग नांगो भए – हस्तबहादुर केसी

२०७७ बैशाख १९ गते, शुक्रबार

“संसद खसीको टाउको झुन्डि्याएर कुकुरको मासु बेच्ने पसल हो – माओ त्सेतुङ
माथिको भनाई विश्व सर्वहारा वर्गका महान् नेता तथा चिनीयाँ कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड माओ त्सेतुङक‍ो हो । उहाँको यो भनाई ज्यादै सान्दर्भिक छ ।
संसद र संसदीय व्यवस्था कस्तो हुन्छ ? त्यस व्यवस्थाले कस्ता कस्ता ? नेता , कार्यकर्ताहरु जन्माउँछ ? हुर्काउउछ , पालन पोषण र संरक्षण गर्छ र संसदीय पार्टीहरु तिनका नेताहरुले जनतालाई सधैं भेडा- बाख्रा बनाई रहन्छ र जनतालाई पशुतुल्य बनाई रहन्छन् भन्ने यतिबेला नेपालको स्सद रसंदीय दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा )र त्यसका नेताहरू पुष्टि गरिरहेका छन् ।
संसारकै मानव जातिले आज कोरोना भाइरसले त्राही त्राही भैरहेका छन् लाखौं विश्व जनता कोरोना भाइरसको महामारिबाट संक्रमित भैरहेका छन् र लाखौंले ज्यान गुमाई सकेका छन् र करिब ६० हजारले अस्पतालहरुमा जीवन मरणको संघर्ष गरिरहेका छन् । सम्पूर्ण विश्न नै बन्दाबन्दी अवस्थामा छ
नेपालमा पनि ५७ जनामा कोरोनाबाट संक्रमित भैरसकेका छन् ।हजारौं जना क्वरिन्टिनमा बस्न बाध्य भैरहेका छन् भने लाखौं निमुखा जनताहरु भोकभोकै तड्पिरहेका छन् । सिंगो देश बन्दाबन्दी अवस्थामा छ ।
एकातिर सारा नेपाली जनता कोरोना भाइरसको जोखिमबाट त्राही त्राही भैरहेका छन् भने अर्कोतिर सत्ताधारी नेकपा र त्सस दलका नेताहरु सत्ता प्राप्तिको लुछाचुडीमा अर्थात् कुकुरे कलह ( बिलोको लडाइँ ) सबै कुरालाई भुलेर भिडन्तमा उत्रिएका छन् ।
संसारमै नभएको जात्रा नेपालमा ती संसदीय भ्रष्ट नेताहरुले बालुवाटार दरवारमा त्यो जात्रा लगाई रहेका छन् ।
अत: आज कमरेड माओकै शब्दमा नेपालको संसद , संसदीय व्यवस्था र त्यस दलका नेताहरु सिंहदरबार र बालुवाटार दरवारमा खसीको टाउको झुन्ड्याएर भित्रबाट कुकुरको मासु बेचिरहेका छन् ।
यही नै हो संसदीय व्यवस्थाको विशेषस्ता र परिणाम , जो नेपालको चालु संसदीय व्यवस्था र संसदवादी दल र खास गरी वर्तमान सत्ताधारी दल नेकपा र त्यसका नेताहरुले सर्वाङ्ग नांगो भएर विश्व जनताको सामुन्ने आफ्नो चरित्र प्रदर्शन गरिरहेका छन् ।
यही नै हो संसदीय व्यवस्थाको असली चरित्र ।
यसै प्रसंगमा आज MAY DAY अर्थात् १३१ अौ अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस । आजकै दिन , सन १८८९ मा वैज्ञानिक साम्यवादका सिध्दान्तकार कार्ल माक्र्सका अनन्य मित्र एवं सहयोगी फ्रेडरिक एंगेल्सको नेतृत्वमा दोस्रो अन्तर्राष्ट्रियको गठन गरियो । त्सस अन्तर्राष्ट्रियले मे १ ( May 1) लाई अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस ( May Day ) का रुपमा मनाउने निर्णय गर्यो ।
सन १८९० मे १ ( 1890 May 1 ) का दिनदेखि मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस May Day का रुपमा मनाउन शुरु गरिएको थियोे । त्यस ऐतिहासिक दिनदेखि शुरु गरिएको अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसले १३० वर्ष पुरा गरेर आजका दिनदेखि १३१ वर्षमा प्रवेश गरिसकेको छ । तसर्थ आज संसारभरका श्रमिक मजदुर , काम गरिखाने श्रमजीवी मजदुरहरुले आफ्नो आन्दोलनको १३१ अौ अन्तर्राष्ट्रिय
श्रमिक मजदुर दिवसका रुपमा धुमधामका साथ मनाउन गइरहेका छन् ।
यस ऐतिहासिक दिनमा १३१अौ अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना ।
अन्तर्राष्ट्रिय श्रमिक मजदुर आन्दोलनको जन्म संयुक्त राज्य अमेरिकाबाट भएको हो ।
सन १८८४ १८८६ सम्म अमेरिका ठूला ठूला मजदुर हडतालहरु सम्पन्न भएका थिए ।
सन १८८६ को मे १ का दिन ८ घण्टा काम , ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राखि संयुक्त राज्य अमेरिकाको सिकागो शहरमा मजदुरहरुले उठान गरेको आन्दोलन र मजदुरहरुमाथिको भीषण हत्या , हिंसा , दमनका बिचबाट विजय प्राप्त गरेको दिनका रुपमा मे १ को दिनलाई संसारभरका श्रमजीवी मजदुरहरुले यो दिवस मनाउँदै आएका छन् ।
नेपाल लगायत संसारभरका श्रमिक मजदुरहरुले मुक्ति पाएका छैनन् । संसारभरका श्रमिक मजदुरहरु गास , बास र कपासबाट बन्चित रहदै आएका छन् । जनवाद हुदै वैज्ञानिक समाजवादको प्राप्ति पछि मात्र अर्थात् विश्व सर्वहारा वर्गले सर्वहारा अधिनायकत्व प्राप्त गरिसके पछि मात्र वास्तविक रुपमा मुक्ति पाउने छन् ।
यसको प्राप्तिको निम्ति विश्वभरका श्रमिक मजदुरहरु भीषण वर्ग संघर्षमा होमिनु पर्नेछ । भीषण वर्ग संघर्षविना श्रमिक मजदुरहरुको मुक्ति संभव छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु