सत्ताधारीहरु युद्ध निम्त्याउदै छन् : विप्लब

२०७१ मंसिर १ गते, सोमबार

काठमाडौं । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लबले काँग्रेस एमालेलगायतका सत्ताधारी दलहरुले आफूहरुलाई बाहिरै राखेर संविधान निर्माण गर्ने षड्यन्त्र गरेर युद्ध निम्त्याएको वताएका छन् । माओवादीको होटल रेस्टुराँ मजदूर संघको जिल्ला सम्मेलन उद्घाटन गर्दै उनले सत्ताधारी दलहरुले विदेशीको इसारामा गरिरहेको गतिविधि टुलुटुलु हेरेर नबस्ने बताए । उनले अब दोहोरो सत्ता सञ्चालन गर्ने चेतावनी पनि दिए ।
काँग्रेस र एमालेका नेतालाई जनअदालत खडा गरी कारबाही गर्ने कडा चेतावनी पनि उनले दिए । कपिलबस्तुमा छुट्टै भेला गरेर राजधानी आएपछि पहिलो सार्वजनिक कार्यक्रममा बोल्दै विप्लबले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई लगायतका नेताहरु आन्दोलनबाट डराएर भागेको आरोप लगाए ।
द्धन्द्धकालमा संकलन गरिएका रकम, अन्य भौतिक सम्पत्ति जोगाउन उनीहरुले बाटो परिवर्तन गरेको विप्लबको टिप्पणी थियो । विप्लबले अबको केही महिनामा लाखौं जनतालाई गोलबद्ध बनाएर माओवादीलाई क्रान्तिकारी बनाउने योजना पनि सुनाए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु