सत्ताधारीभन्दा धुर्त दलाल – भरत दाहाल

२०७४ कार्तिक २१ गते, मंगलवार

नेपालकाे अहिलेकाे समस्या व्यक्तिकाे खराबिमा मात्र सिमित छैन । पद, प्रतिष्ठा र शक्तिकाे कुन्ठा पालेर बाँचेका केहि मानिसहरूले सुगाैलि-सन्धि पछिकाे दलाल स्कूलिङ, नव-अाैपनिवेशिक राज्य संरचना, अनुत्तरदायि मेकानिज्म, बहु-राष्ट्रिय कम्पनीहरूदेखि साम्राज्यवादी देशहरूले लादेका अपमानजनक सन्धि-सम्झाैताहरू, राष्ट्रातित संगठनहरू (एनजिअाे तथा अार्इएनजिअाेहरू) र विदेशी दूताबासहरूकाे शासन र यि सबैकाे सिमामा निर्धारण गरिएकाे १२ बुँदेकाे राजनीतिलार्इ वाहवाह गरेर ‘अमूक दल वा व्यक्तिले गरेन, म देश बनाउँछुँ’ भन्ने प्रचार गरिरहेका छन् ।
सत्तामा जानेहरू पहिले सबै अपराधि थिएनन् तर भए। यस्ताे के चिजले गरार्इरहेकाे छ भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण छ । याे प्रश्नलार्इ विषयान्तर गरी अाफूलार्इ देवदूतका रूपमा प्रस्तुत गरेर सत्ताकाे च्याँखे थाप्न अघि सरेकाहरू अहिलेका दलालहरू भन्दा बढि धुर्त दलालहरू हुन् । यिनीहरूले अाफू बाहेक अरू सबै जन्मजात खराब छन् भन्न खाेजिरहेका छन्। त्यसैले यस्ता तत्वहरूले नेपालकाे समस्यालार्इ अार्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, नैतिक धरातलबाट बहस गर्न नचाहेर सुशासन र कथित पारदर्शिताकाे प्रशासनिक व्याख्यामा सिमित गर्न खाेजिरहेका छन् ।
यिनीहरूकाे प्रयास छ- लुट, हिंसा र एकाधिकारवादमा अाधारित रहेकाे कथित विश्व व्यवस्थाकाे अङ्गका रूपमा रहेकाे नेपालकाे दलाल व्यवस्था प्रणालि बचिरहाेस् र अाफू मार्फत साम्राज्यवादीहरूकाे छलकाे ब्यापार पनि चलिरहाेस् । समस्याकाे जड साम्राज्यवादी विश्व व्यवस्थाकाे अन्धानुकरण गर्ने चिन्तन र प्रवृतिसंग जाेडिएकाे छ, त्यसकाे दलालिसंग जाेडिएकाे छ । यसलार्इ जरैदेखि उन्मूलन नगरेसम्म सुशासनवादी नयाँ जाेगीहरूले गर्ने काम पनि उहि हाे, जाे अहिलेका दलालहरूले गरिरहेका छन् । पात्रहरू बाहक हुन्छन् तर तिनीहरूकाे भूमिका निर्णायक हुँदैन । निर्णायक चिज त्याे हाे, जसले अपराधि पात्र जन्माउँछ । र्इंटाकाे साँचाेमा हालेकाे माटाेबाट डल्लाे निस्कँदैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु