सञ्चार र अापूर्तिमन्त्रीलार्इ कारबाही गर्न माग

२०७५ आश्विन २१ गते, आईतवार

काठमाडौं , २१ असोज । सांसदहरुले सञ्चार र अापूर्तिमन्त्रीलार्इ कारबाही गर्न माग गरेका छन । उनीहरुले संसदीय समितिमा मन्त्रीले दिएका जवाफमा रुष्ट हुदै सो माग गरेका हुन् । संसदीय समितिमा दुई मन्त्रीले दिएको जवाफमा रुष्ट बनेका सांसदहरुले कारवाहीको माग गर्दै सभामुखलाई पत्र पठाएका थिए ।
सभामुख कृष्णबहादुर महराले सरकारका मन्त्रीहरुको संसदका समितिमा दिएको जवाफबारे आफू गम्भीर रहेको बताए । उनले संसदीय समितिले दिएको निर्देशन सरकारले मान्नुपर्ने बताए । उनले संसद सरकारको छायाँ नभई वाच डग भएको स्पष्ट समेत पाए ।
केही दिनअघि विकास तथा प्रविधि समितिमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सभापतिको प्रश्नमा प्रतिवाद गरेका थिए । यस्तै चिनीको मूल्यका सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले समितिको निर्णय नमान्ने आशयको अभिव्यक्ति दिएका थिए । दुबै मन्त्रीको अभिव्यक्तिलाई लिएर सांसदहरु रुष्ट बनेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु