संविधान सभा आत्मर्समर्पण कि बहिष्कार – युवराज सफल

२०७१ कार्तिक ४ गते, मंगलवार


आगामी माघ ८ गते संविधान सभाबाट नयाँ संविधान ल्याउछौँ भन्ने राजनीतिक पार्टर्ीीलाई अहिले भित्र भित्रै पिरोल्न थालेको छ । माघ ८ मा कुनै पनि संविधान नआउने छाँटकाट देखेपछि आज संविधान सभामा प्रतिनिधित्व गर्ने प्रमूख दलहरु एक अर्कामा आरोप प्रत्यारोपमा उत्रेका छन् । संविधान सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु नै मूख्यत तीन ध्रुवमा बाँडिएको छ । एकीकृत माओवादी ,मधेशवादी र केही जातीय तथा क्षेत्रीय पार्टी पहिचान सहितको संविधानको माग गदैैैान्दोलनमा उत्रन भ्याएका छन् नेपाली काँग्रेस र एमाले आफ्नै अडानमा छन् । यता हिन्दू राज्य र राजतन्त्रको चर्को वकालत गर्दै आएको राप्रपा नेपालले पनि आफ्नै धार निर्माण गर्दैछ । यता संविधान सभाभन्दा बाहिर रहेको शक्ति पनि चुनाब अघिनै देखि राष्ट्रिय राजनीतिमा सक्रिय भएको छ । तेत्तिस दलीय राष्ट्रिय मोर्चाको नाममा संगठित सो मोर्चा र्सवदलीय राजनीतिक सभाको आयोजना गरी संविधानका अर्न्तवस्तुमा सहमति भएपछि मात्र संविधान बन्छ त्यो संविधाननै र्सवमान्य संविधान हुन्छ भन्ने कुरातिर उनीहरु लागेका छन् । यसरी प्रष्ट रुपमा संविधान सभाभित्र रहेका दल र संविधान सभा बाहिर रहको राजनीतिक शक्ति दुइ खेममा लागेको कारण संविधान बनाउने मामिलामा गम्भीर असर समेत परेको छ ।
संविधान निर्माणको कार्य सम्पन्न गर्ने पेरोफेरोमा यतिखेर अर्को नयाँ तरङ्ग उत्पन्न भएको छ । आफूलाई पहिचानवादी र अरुलाई पहिचान विरोधी देख्ने एमाओवादी र सो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को जालझेल र षड्यन्त्रमा फेरि पनि २२ दलीय गठबन्धनको निर्माण गरिएको छ र त्यो मोर्चाले विभिन्न आन्दोलनमाका कार्यक्रम समेत गर्दै आएको छ । जबसम्म पहिचान सहितको संविधान बन्दैन तबसम्म हामी संविधान बनाउन सहयोग गर्न सक्दैनौँ भन्ने भनाई पनि २२ दलीय गठबन्धले गरको छ । काँग्रेस एमालेले सहमतिको नभएर बहुमतीय या दुइ तिहाइको बलमा जस्तोपनि संविधान ल्याउने हो कि भन्ने डर पहिचानवादी हरुलाई छ । यदि सरकारले या प्रमूख दलले आफ्नो कुरा सुनुवाई गर्दै अगाडि बढेनन् भने निश्चित रुपमा संविधान निर्माण कार्यनै थप संकटमा पर्ने देखिन्छ ।
प्रतिगामी संविधान कुनै हालतमा आयो भने त्यसलाई अस्वीकार गर्ने कुरामा पहिचानवादीहरु एक भएका छन् भने अर्कातिर संविधान माघ ८ मा ल्याउने गफ दिदैँ हिँडेका छन् । खास गरी पहिचानवादीहरुको २२ दलीय गठबन्धन यतिखेर ठूलो संकटको चक्रव्यूहमा फसेको छ । संविधान सभामा रहेर संविधान बनाउने कि आन्दोलन गर्ने भनेर यतिखेर उनीहरु सोच्न थालका छन् । यीनीहरुको यही ढुलमूले नीतिका कारण नै आज संविधान बन्ने कुरा अन्यौलमा परेको काँग्रेस एमालेको ठहर छ । संविधान सभाभित्र रहेर आन्दोलन पनि गर्ने र त्यता संविधान निर्माण कार्यमा पनि ठिक्क पार्नेहरुले अब चाँहि मूख्यतया दुइटा कुरा रोज्ने बेला आएको छ । अहिलेको प्रतिगामी संविधान सभामा आत्मर्समर्पण गर्ने कि संविधान सभा बहिष्कार गरी आन्दोलनमा निस्कने – यदि यसमा २२ दलीय गठबन्धन प्रष्ट भएन भने नेपाली राजनीतिले यीनीहरुकै कारण अर्को दुर्घटनाको सामना गर्न पर्छ । बेलैमा यीनीहरुले बुद्वि नपुर्‍याएको खण्डमा थप जटिलता उत्पन्न हुने देखिएको छ । तर्सथ अब संविधान सभावाट संविधान बनाउने हो कि या त्यहाँवाट बाहिर निस्कने हो त्यो कुरामा उनीहरु बेलैमा प्रष्ट हुन पर्छ ।
तर्सथ बर्तमान संविधान सभा ,संविधान सभामा रहेर आन्दोलनरत पक्षको आन्दोलन लगायत कारण समयमै संविधान निर्माण नहुन सक्छ ,अत विशेषत संविधान सभामा रहेर पनि विभिन्न आन्दोलन गर्दै आएका दलहरुले अब कुन वाटो रोज्लान – अब उनीहरुले गर्छन् – र साँच्चै संविधान बनाउने हो भनी उनीहरुले के गर्न पर्छ – संविधान सभालाई बहिष्कार गर्ने कि – बर्तमान संविधान सभामा आत्मर्समर्पण गर्ने – आदि विभिन्न प्रसंग बारे छोटकरीमा चर्चा गरौँ ।

प्रचण्डको ढुलमुले नीति
संविधान सभामा तेस्रो शक्ति भएपछि छट्पटाएका एमाओवादी अध्यक्ष प्रचण्ड त्यसपछि निकै आहातमा परेका छन् । कतैवाट पनि राहात नपाएपछि आज उनी पानीविनाको माछा जस्तो घरी यता घरी उता गर्दै छन् । संविधान सभाको दोस्रो निर्वाचन अघि प्रधानन्याधिशको नेतृत्वमा चुनावी सरकार बनाउन पर्छ भन्ने पनि प्रस्ताव उनैले ल्याएका हुन् । विदेशी प्रभूहरुको इशारामा चलेर उनैले पार्टीीे हेटौँडा महाधिवेशनवाट बहालवाला प्रधानन्याधिशको नेतृत्वमा चुनावी सरकार गठन गर्न सकिने प्रस्ताव र्सार्वजनिक गरे र । उनले यसलाई अद्भूत चमत्कार गरेको बताए । संविधान सभामा एमाओवादी नै पहिलो शक्ति हुन्छ भन्ने विदेशी प्रभूहरुको आश्वासन पछि प्रचण्ड ज्यान छाडेर चुनावमा लागेका थिए । बहिष्कारवादीहरु चुनाब स्थगन गरी सहमति पश्चात अर्को मितिमा चुनाब गरौँ भन्दा उनी त्यो कुरा सुन्न तयार भएनन् । किनकी उनलाई आफ्नो पार्टीींविधान सभाको चुनाबमा पहिलो शक्ति हुन्छ भन्नेमा उनी ढुक्क थिए र कसैको कुरा नसुनी उनी चुनाबको कमाण्डर नै भए । चुनाब सम्पन्न भएको राती चुनाब शान्तिपूण् ,धाँधली रहित र भयमूक्त वातावरणमा सम्पन्न भएको प्रेस विज्ञप्ती निकाले तर जब कतैवाट पनि आफ्नो पार्टीी चुनाब जितेको समाचार र्सार्वजनिक नभएपछि उनी रातारात जताततै धाँधली देख्न थाले । उनको पार्टी मतगणना स्थल बाट आफ्नो प्रतिनिधिलाई फिर्ता बोलाउने र अब संविधान सभा बहिष्कार गर्ने भनी निर्ण्र्ाागर्‍यो । त्यस ताका अब माओवादीले संविधान सभा बहिष्कार गर्छ भन्दै हल्ला पनि चल्यो ,चुनाब बहिष्कार गरेको ३३ दलीय राष्ट्रिय मोर्चाको घटक नेकपा -माओवादीसँग वार्ता भएको र दर्ुइ माओवादी अब एकता बद्व भएर अगाडि बढ्ने सन्देशहरुसमेत प्रवाह हुन थाले । तर समय अनुसार छेपारो झैँ रंग फेन माहिर भएका प्रचण्डले केही हप्ता पछि संविधान सभामा भएको धाँधलीको छानविन गर्न उच्चस्तरीय छानविन समिति बनाउन पर्ने माग राख्यो सरकारले त्यो छानविन गर्ने प्रतिवद्व व्यक्त गरेपछि माओवादी संविधान सभामा गयो । यता प्रचण्ड संविधान सभाबाट बाहिर निस्केर आफूसँग सहकार्य गर्ने र त्यसवाट संविधान सभा झन् कमजोर र औचित्यहिन हुने मोहन बैद्य किरणको बुझाई थियो तर धोका दिन माहिर प्रचण्डले केही समय अघि लगाएको पिरती तोडे र संविधान सभामा गएरै छाडे ।
संविधान सभामा गएपछि पनि प्रचण्डले खासै महत्वपूण भूमिका खेल्न सकेनन् । हिजो पहिलो पार्टीीे शक्तिशाली नेताको हैसियतमा रहेका प्रचण्डलाई तेस्रो पार्टीीे नेता र प्रमूख प्रतिपक्षी दलका नेता भनेर भन्दा मात्र पुगेन । त्यस्तो अबस्था सिर्जना भएपछि उनी अब कसरी आफूलाई शक्तिशाली बनाउने भन्ने कुरा सोच्न थाले । यसका लागि उनले हरेक योजनाहरु बनाए । कहिले बैद्यसँग कार्यगत एकता गर्दै हिँड्ने ,कहिले मधेशी मोर्चासँग सहकार्य गर्दै हिँड्ने त कहिले आदिवासी तथा जनजाति पार्टीीसँग कार्यगत एकता गर्दै हिँडे । कतैवाट पनि माछा नपाई भ्यागुतो मात्र समाउन पुगेका प्रचण्ड अहिले फेरि पनि माछा पाउने ध्याउन्नमा छन् । उनी आज दुइ ओटा विचार लिएर हिँडेका छन् उच्चस्तरीय राजनीतिक समितिको संयोजक भएर संविधान निर्माणलाई गति दिन्छु भन्दै छन् त एकातिर पहिचानवादीहरुको नेतृत्व गर्दै उनी संविधान सभाको संविधान निर्माणको काममा अबरोध गर्दै देश व्यापी विरोध सभा गर्दै हिँडेका छन् । आज प्रचण्डमा पहिला जस्तै दर्ुइ चरित्र र दुइ व्यक्तित्व देखिएको छ । एउटा हातमा तरवार र अर्को हातमा घण्टी बोकेर हिँडेका छन् । अब प्रचण्डले घण्टी र तरवार मध्ये एक कुरा त्याग्न पर्छ । संविधान सभावाट संविधान निर्माण गर्न चाहँने हो भने दायाँ बाया नगरी संविधान निर्माणमा लाग्न पर्छ । हैन भने साँच्चै प्रचण्डलाई यो संविधान सभाले जनताको संविधान निर्माण गर्न सक्दैन भन्ने लाग्छ भने उनी र उनको गठबन्धन संविधान सभावाट राजिनामा दिए र नेपाली नागरिकको वीचमा आए भने समयले अर्कै मोड लिन्छ र संविधान सभाको औचित्य समेत समाप्त हुन्छ त्यो कुरालाई २२ दलीय मोर्चाले सोच्नु पर्छ । संविधान सभामा बसेर तलब भत्ता खाने ,अनि संविधान सभाकै विरोध गर्ने अधिकार २२ दलीय मोर्चालाई छैन । अब उनीहरुले घण्टी र तरवार मध्ये एक रोजेर अगाडि बढ्न पर्छ सधैँ यस्तो गरेर काम चल्दैन । आफ्नो स्वार्थ पूरा गराउनको लागि मात्र केवल नाटक गरिरहनेलाई अब नेपाली नागरिकले चिन्न पर्ने भएको छ । यिनका असली अनुहार हर्ेन पर्ने भएको छ ।
आत्मर्समर्पणको दिशामा २२ दलीय मोर्चा
हुन त आम नागरिकलाई २२ दलीय गठबन्धन साँच्चे संविधान सभावाट बाहिर निस्कन्छन् भन्ने भ्रम परेको छ । तर यदि कोही कसैलाई २२ दलीय मोर्चा संविधान सभा छोडेर बाहिर आउछन् भन्ने भ्रम पलाएको छ भने त्यो केबल गलत मात्र हो । उनीहरु कहिले पनि संविधान सभा छाडेर बाहिर आउने छैनन् केवल आम नागरिकलाई भ्रममा लैजानको लागि र शक्तिको बार्गेनिङको लागि मात्र २२ दलीय मोर्चाले यो सब नाटक मञ्चन गर्न परेको हो । आज सम्मको घटनाक्रम हेदा प्रचण्ड नेतृत्वको मोर्चा अन्ततः संविधान सभामा आत्मर्समर्पण नै गर्ने हो अनि काँग्रेस एमाले र राप्रपा नेपाल जस्तो पश्चगामी शक्तिसँग घुडा टेक्ने नै हो यिनीहरुसँग अर्को विकल्प छैन । काँग्रेस एमालेले विदेशी शक्तिको इसारामा तयार गरेको रेडिमेड संविधानमा ल्याप्चे हान्ने बाहेक अरु काम प्रचण्डको मोर्चाले गर्ने छैन । यस कारण पनि प्रचण्ड मोर्चाले आत्मर्समर्पण नै गर्ने देखिएको छ ।
बहिष्कारको सम्भावना न्यून
पद पैसा ,शक्ति र सत्तामा चुर्लुम्म डुबेका गठबन्धनका नेताहरुले संविधान सभा बहिष्कार गर्ने सम्भावना सकिएको छ । उनीहरु भोलिका दिनमा के कसरी बार्गेनिङ गर्ने र शक्ति हत्याउने भन्ने ध्याउन्नमा लागका छन् । तर्सथ संविधान सभा बहिष्कार गरी आन्दोलनमा आउने सम्भावना भने न्यून छ उनीहरु संविधान सभाभित्र पनि रहने तलब भत्ता पनि खाने अनि बाहिर पनि आन्दोलन गरको नाटक देखाई आम नागरिकलाई उल्लु बनाउने अभियानमा लागका छन् ।
यदि साँच्चै जनताको संविधान बनाउने सोचका साथ प्रचण्डले गठबन्धनको नेतृत्व गरको हो भने २२ दलीय मोर्चा आजकै मितिवाट संविधान सभावाट जनताको संविधान बन्न नसक्ने धारणा र्सार्वजनिक गरी सामूहिक रुपमा राजिनामा दिएर र्सवदलीय राजनीतिक सभावाट संविधान बनाउने बाटोमा आँउन पर्छ । यदि प्रचण्ड र उनको गठबन्धनले त्यसो गर्न सक्दैन भने आन्दोलनको नाटक नदेखाए थिए । खुरुक्क काँग्रेस एमालेले विदेशी इशारामा तयार गरेको भन्दै ल्याएको संविधानमा ल्याप्चे लगाएर उत्कृष्ट संविधान भन्दै त्यसको सम्मानमा नारा जुलुस गर्दै विजय उत्सव मनाउन तयार भए हुन्छ ,यिनीहरुले गर्ने विकल्प यही हो अर्को भरपर्दो विकल्प देखिएको छैन । यदि अझै पनि हामी जनताकै संविधान बनाउछौँ भन्ने लागको छ भने तत्काल संविधान सभावाट राजिनामा दिएर सडकमा आए हुन्छ , देश र जनतालाई महामूख बनाउने अधिकार कसैलाई पनि छैन । अब प्रचण्ड नेतृत्वको मोर्चा संविधान सभामा आत्मर्समर्पण गर्ने कि त्यसको बहिष्कार गरी र्सवदलीय राजनीतिक सभामार्फ जनताको संविधान बनाउने भन्ने कुरामा प्रष्ट हुन पर्छ । चाँडै संविधान सभा बहिष्कार गरेर त्यो मोर्चा सडकमा आउछ भने चुनाब बहिष्कार गरेको तेत्तिस दलीय मोर्चासँग सहकार्य गरी र्सवदलीय राजनीतिक सभा नगरीकन अर्को संविधान आउने लक्षण देखिएको छैन । संविधान निर्माण गर्ने काम संविधान सभाले गर्न नसक्ने भएपछि अब संविधान निर्माणको काम र्सवदलीय राजनीतिक सभाले गर्न पर्छ यदि संविधानलाई बैधानिकता दिन पर्‍यो भने त्यही संविधान सभावाट अनुमोदन गराए पनि फरक नपर्ला । यदि समयमा नसोच्ने अनि पछि प्रतिगामी संविधान भन्दै आन्दोलन गर्न पर्‍यो भने त्यसले राम्रो सन्देश दिदैन । बरु समय छदैँ तिनले संविधान सभा छाड्न पर्छ र राजनीतिक सभाको आयोजना गर्न तिर लाग्न पर्छ । सबैको भलो त्यसैमा छ यदि पार्टीवार्थमा लाग्दै जनतालाई अझै भ्रममा पार्ने हो भने आफ्नो धन्दा बन्द गरे हुन्छ । एउटा हातमा घण्टी र अर्को हातमा तरवार ,बाहिरी मनमा शान्ति र भित्री मनमा अशान्ति बोकेर बस्नेको औचित्य छैन ,यस्ता प्रवृत्ति बोक्नेहरुलाई बेलैमा चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु