संविधानसभामा सत्तापक्ष र प्रतिपक्षबीच भाले भिडन्त हुँदै

२०७१ माघ ११ गते, आईतवार

काठमाडौँ । संविधानसभाको आज बस्ने बैठकमा विपक्षी दलहरुलाई पेलेर अगाडी बढ्ने तयारी गरिएको बुझिएको छ । सत्तापक्षले पेलेर अगाडि बढ्ने नीति लिएपछि बिपक्षीहरु पनि सोहि अनुरुप प्रतिबादको नीति अख्तियार गर्दैछन् । सत्ता पक्ष र विपक्षको आ-आफ्नै अडानका कारण आजको संबिधानसभाको बैठकमा पुनः भिडन्त हुने निश्चित भएको स्रोतले बताएको छ । विपक्षीलाई घेराबन्दी गर्दै सत्ता पक्ष शुक्रबार नै संकेत गरिसकेका छन् । बिगतमा विपक्षी दलहरुले नारा जुलुस गरी अवरुद्ध गर्दै आएको संविधानसभाको आजको बैठकमा चमत्कार हुने एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताइएका छन् । शुक्रबार संविधानसभा भवनमै सत्ताधारी दलहरुका सभासद्सहित बसेको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभासद्लाई सम्बोधन गर्दै भने, ‘आजसम्म मात्र तपार्इंहरु धर्ैय गरेर बस्दिन’ भोलि होइन आइतवारको बैठकमा चमात्कार भएको तपार्इंहरुले देख्नु पाउनु हुनेछ ।’ उनले ‘आज अस्तिदेखि तपाईंहरुले जे हेरेर बसिरहनु भएको थियो, त्यो नै हरेर बस्नु तर आइतवार जनताले न्याय पाउने’ धारणा राखेका थिए ।
काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पनि अब धेरै दिनसम्म संविधानसभालाई बन्धक बनाएर राख्न नसकिने र अब निकास दिने बेला आएको भन्दै त्यो काम संविधानसभाका अध्यक्षले गर्नुपर्ने बताएका थिए । उनले भनेका थिए । संविधानसभालाई बन्धक बनाइएको छ र त्यसलाई निकास दिने काम सविधानसभा अध्यक्षको हो, अब उहाँले नै निकास दिनुहुनेछ ।’ काँग्रेस र एमालेबीच भएको छलफलपछि अध्यक्ष नेम्वाङलाई जसरी पनि निकास दिन भनिएको छ । ‘चिनकाजी श्रेष्ठलाई प्रस्ताव गर्न रोष्टममा बोलाउनुस् या त्यसका लागि कुनै उपाय निकाल्नुस’ भनि काँग्रेस र एमालेका नेताहरुले दावव दिएको स्रोतले जनाएको छ ।
प्रश्नावली समिति बनाउने प्रस्ताव संविधानसभाको हो कुनै दल विशेषको होइन, संविधानसभाका सभामुखले पनि ठाडै यो प्रस्ताव ल्याउन सकिन्छ भनि उनीहरुले उपाय समेत सुझाएका थिए । यस्तै एमालेका अध्यक्ष केपी ओलीले ‘सधैं नारा जुलुस भइरहने र सभाध्यक्षले चिनकाजीलाई बोलाउन पनि नसक्ने हो भने त्यसको अर्को विकल्प पनि खोज्नुपर्ने बताएका थिए ।
संविधानसभाका अध्यक्ष नेम्वाङले शुक्रबारको बैठक धेरैबेरसम्म नलम्बाई आजको तयारीका लागि स्थागित गरेको स्रोतले जनाएको छ । अरु दिन लामो समयसम्म विपक्षी दलका नेताहरुलाई गलाउने गरी नारा जुलुस हुँदै आएकोमा आज आधाघण्टामै सभाध्यक्षले बैठक आइतबारसम्मको लागि स्थगित भएको घोषणा गरेका थिए ।
बैठकपछि अध्यक्ष नेम्वाङले आजको सम्पूण प्रकृया आजै सकिएको र आइतवारदेखि नयाँ प्रकृयाबाट अगाडि बढिने बताए । तर नयाँ प्रकृया के हुने कुरा भने उनले खुलाउन चाहेन । स्रोत भन्छ, ‘आज एक बजे बस्ने संविधानसभा बैठकको कार्यसूचीबाट चिनकाजी श्रेष्ठको नाम हटाएर सुवास नेम्वाङले आफैं प्रस्ताव गर्नेछन् र त्यसलाई ध्वनीमतले पारित गरिनेछ ।’
त्यसपछि संविधान निर्माणको कार्य प्रकृयामा जान्छ र हरेक विषयमा भोटिङ गर्दै प्रस्तावहरु पारित गर्दै लैजाने सत्ताधारी दलको रणनीति रहेको स्रोतको भनाई छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु