‘वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्छौ’

२०७३ फाल्गुन १४ गते, शनिबार

काठमाडौ , १४ फागुन । नेपाल कम्युनिष्ट पार्टीका नेता प्रकाण्डले प्रचण्ड नेतृत्वको माओवादी पार्टी नेपाली जनताबीच बदनाम भएको ठोकुवा गरेका छन । नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशनको रोल्पाको लिवाङमा भएको घोषणा सभालाई सम्बोधन गर्दै नेता प्रकाण्डले संसदीय व्यावस्थाको खारेज गरि वैज्ञानिक समाजवादको स्थापनाका लागी आफ्नो पार्टी अघि बढेको भन्दै नेपालका सबै कम्युनिष्टलाई एकै ठाउमा गोलबन्द गर्न नाम परिवर्तन गरिएको बताए । उनले दलाल पुजिपति वर्गको नेतृत्व भएसम्म नेपालका उत्पिडित जाती र वर्गको मुक्ति नहुने ठोकुवा समेत गरेका छन । रोल्पाको थवाङमा जारी घोषणा सभामा बोल्दै प्रकाण्डले पुजिपती वर्गको पतनपछि समाजवादी व्यावस्थामा मात्रै नेपाली जनताले आफ्नो अधिकार पाउने बताए । बैज्ञानीक समाजवादी व्यावस्थामा मात्रै पछाडि पारिएका उत्पिडित वर्ग र जातीको मुक्ति हुने उनको ठोकुवा छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु