विप्लव, वैद्य, सिंह र कट्टेल एउटै बाटोमा

२०७४ चैत्र १० गते, शनिबार

काठमाडौं, १० चैत । नेपाल कम्युनिस्ट पार्टी, नेकपा (मसाल), क्रान्तिकारी माओवादी र ऋषि कट्टेल नेतृत्वको नेकपाका शिर्ष नेताहरु पार्टी एकता गर्न सहमत भएका छन् । शुक्रबार चारै पार्टीका शिर्ष नेताहरुको संयुक्त बैठकले पार्टी एकताको अाधार तयार पार्न थप छलफल र बहस अगाडि बढाउने निर्णय गरेको छ । क्रान्तिकारी ध्रुविकरणको अावश्यकता भएको भन्दै चारै पार्टीका नेताहरु पार्टी एकता गर्न सहमत भएका हुन् । बैठकपछि मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रेस नोट जारी गरेर पार्टी एकताको अाधार तयार पार्न छलफल र बसह गर्दै जाने र संयुक्त रुपमा अान्दोलनमा जाने सहमति भएको बताएका छन् । अान्दोलनका कार्यक्रम ठोस गर्न अर्को बैठक बस्ने सिंहले बताएका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता प्रक्रियालाई दक्षिणपन्थी ध्रुविकरण बताउँदै चारै पार्टीका नेताहरुले क्रान्‍तिकारी ध्रुविकरणको प्रक्रियालाई अगाडि बढाएका छन् । चारै पार्टीका नेताहरुले पार्टी एकताको गर्ने सैद्धान्तिक सहमत भएका छन् ।
उक्त बैठकपछि नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा जारी गरिएको प्रेस बिज्ञाप्ती यस प्रकारको छ “आज मिति २०७४ चैत ९ गते चार पार्टी – नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीको संयुक्त बैठक सम्पन्न भयो । बैठकमा पार्टी एकताका लागि आधार तयार पार्न छलफल र बहस गर्दै जाने र सहमति भएका विषयमा संयुक्त आन्दोलन गर्ने ठेगान भएको छ । आन्दोलनका ठोस कार्यक्रम बनाउन अर्काे बैठक बस्ने निर्णय भएको छ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु