विथलडाडा महिला प्रतिरोध: निशस्त्र महिलाहरुले यसरी खोसेका थिए सशस्त्र प्रहरीको हतियार – नरेन्द्र विश्वकर्मा

२०७३ चैत्र २७ गते, आईतवार

आज भन्दा १९ बर्ष अगाडी २०५४ साल चैत्र २६ गते कालीकोट जिल्लाको माल्कोट गाविस बडा न। १ विथल डाँडा गाँउमा एउटा ऐतिहासिक र शाहासिक घटना घट्यो । त्यो २०५२ फाल्गुण १ गते नेकपा ९माओवादी० को नेतृत्वमा सुरु भएको नेपाली जनयुद्धको सुरुवाती बेला थियो । त्यस वेलासम्म कालीकोटमा गाँउका जनता र स्थानिय सामन्तहरुको विचका ग्रामीण वर्ग संघर्ष बाहेक राज्यको सैन्य शक्तिसंग जनताको प्रत्यक्ष मुकाविला भएको थिएन । उक्त जनप्रतिरोधको साहाशिक घटनापछि कालीकोटमा जनयुद्धको विकासको गति ज्यामितिय रुपमा बढ्यो ।
जनताको प्रतिरोध र जनयुद्धको विकासबाट उत्तालिएका तत्कालीन हत्यारा साशक वर्ग र सैन्य फौजले उक्त घटनाको ३ महिना पछि ९२०५५ असार ५ बाट० नै कालीकोटमा “किलोसेरा टु” जस्तो जनहत्यारा र आतंककारी अपरेशन सुरु गर्यो । माल्कोट गाविसको वडा नं। १ विथल डाँडागाँउ स्थित प्याउँकली विश्वकर्माको घर त्यसबखत पार्टीका नेतृत्वहरुको नियमित र सुरक्षित सेल्टर थियो ।
उक्त घर पार्टीका तत्कालीन त्यस क्षेत्रमा कार्यरत नेतृत्वहरु क। विप्लव, क। प्रकाण्ड, क।हिमाल लगायतको परिवर्तन भई रहेने मध्येको एक गोप्य वासस्थान थियो । उक्त घरमा पार्टीका ९सर सामानहरु माईक, कपडा, टर्च लगायत० वन्दोवस्तीका सामाग्रीहरु पनि कहिले काँही रहेका हुन्थे । तत्कालीन कालीकोट जिल्लाका सेक्रेटरी क। प्रकाण्ड उक्त घटनाको अघिल्लो दिन चैत्र २५ गते राति करीव ९ बजेतिर उत्त घरमा सेल्टर लिन पुग्नुभयो ।
त्यो घरमा पार्टी नेतृत्व नियमित वसिरहने भएकाले प्रहरीलाई त्यसको सुचना भएको हुनसक्ने र अन्य सुरक्षाको कारणले उहाँ भोलीपल्ट ९२६ चैत्र २०५४० विहान करीव ४ बजे त्यो घरको सेल्टर छोडी त्यहाँबाट करीव ४ मिनेटको पैदल दुरीमा रहेको मुला खेत स्थित पाथे विश्वकर्माको घरमा सर्नु भयो । २०५४ साल चैत्र २६ गते कुमालगाँउ प्रहरी चौकिबाट हवल्दारको नेतृत्वमा माल्कोट आएको ११ जनाको प्रहरी टोलीले गाँउमा जनता लाई घम्काउदैँ, रुखहरुमा राखिएका झण्डाहरु झिक्न लगाँउदै र आतंकित पार्दै रातिमाटी, सल्ला रुख हुँदै दिउँसो करिव २ बजे तिर विथल डाँडा स्थिति प्याउँकली विश्वकर्माको घररटोलमा आईपुग्यो ।
त्यहाँ प्रहरीले प्याउँकली विश्वकर्मालाई उहाँको घर खानतलासी गर्नको लागी खोल्न जवरजस्ति गर्यो तर उहाँले प्रहरीको कुरालाई मान्नु भएन । त्यसपछि प्रहरी जवरजस्ती उहाँको घरमा छिर्यो र त्यहाँ खानतलासि गर्न थाल्यो । तलासीका क्रममा त्यहाँ उसले एक हाते माईक भेटायो, त्यो माओवादी कै त होला भन्दै उसले गाली गर्न थाल्यो र घरको पाड ९गाँउको घरको माथिल्लो तला० सम्म तलासी गर्यो । अन्य केही पनि सामाग्री र कोही पनि मान्छेहरु नभेटिकनै विना कारण प्रहरीले उहाँको घरभित्रै प्याउकली विश्वकर्मामाथी गोली प्रहार गर्यो । गोली उहाँको टोउकोमा लाग्यो र उहाँ त्यही ढल्नुभयो ।
चैत्रको महिनामा जनताहरु वरपरको खेतवारीमा काम गरिरहेका थिए । एक्कासी बन्दुक पढ्कीएको आवाज सुनेर काम गरीरहेका जनताहरु उहाँको घरको आगनमा जम्मा हुन थाले जहाँ प्रहरीको गोलीबाट घाईते प्याउकली विश्वकर्मालाई देखेर आक्रोशित भए र प्रहरीको त्यो दमन र अत्याचारको विरुद्ध बोल्न थाले । त्यहाँ हतियारधारी प्रहरी र निशस्त्र जनताहरुको ९विशेषत महिलाहरु० विचमा धकेलाधकेल, तानातान, द्धन्द्ध र तनावको वातावरण सृजना भयो । त्यही क्रममा गोरीकला विश्वकर्मा लगायतका केही शाहसिक महिलाहरुले प्रहरीको अत्याचार र दमनको प्रतिरोध स्वरुप घरको छतमा गएर त्यहाँ भएका पडा ९घर छाउन प्रयोग गरिने ढुंगा० ले दमनकारी प्रहरीहरुमाथि प्रहार गर्न थालीन् ।
त्यो वेला सम्म गोलीको आवाजले माल्कोट र वरपरका गाविसका जनतालाई घटनाको जानकारी भईसकेको थियो । त्यहि क्रममा माल्कोटका १, २, ३ र ४ नं। बडाका अन्य गाँउहरुबाट पनि महिला, पुरुष, वृद्ध र वालवालीकाहरु आक्रोशित हुँदै घटना स्थिल पुग्ने क्रमजारी रह्यो ।
निसश्त्र वृद्ध महिलामाथि गोली प्रहार गरेपछि त्यहाँ उपस्थितित आक्रोसि तजनताको घेरा तोड्न र महिलाहरुको प्रतिरोधको सामना गर्न उनिहरुमाथी प्रहरीले ९विशेषत महिलाहरुमाथी० अन्धाधुन्ध गोली प्रहार गर्न थाल्यो । प्रहरीको अन्धाधुन्ध गोली प्रहारबाट गोरीकला विश्वकर्मा, मनसरा विश्वकर्मा, राईले विश्वकर्मा, पुना विश्वकर्मा लगायतका स्थानियहरु घाईते भए ।
त्यसैवेला केही युवाहरुले नजिकैको सेल्टरमा बसी रहनुभएका क। प्रकाण्डसंग गएर हामीलाई बम र वन्दुक उपलव्ध गराउनुहोस भन्ने आग्रह गरे । क। प्रकाण्डले सवै जनतालाई ढुंगा, मुडा, हसिँया, बन्चरो लगायत घरमा उपलव्ध भएका घरेलु हतियारले प्रतिकार गर्न र प्रहरीलाई लखेट्नु भन्ने निर्देशन गर्नु भयो । त्यसपछि गाउँभरीबाट जनताहरु स्वतस्फुर्त रुपमा प्रहरी दमनको प्रतिकार गर्न उठे र एकै छिनका करिव ३र४ सय जनताहरु उनिहरुसंग भएका घरेलु हतियार र विशेषगरी ढुंगामुडा प्रयोग गर्दै शसस्त्र प्रहरीमाथी प्रहार गर्दै प्रतिकारमा उत्रिय र प्रहरीलाई त्यहाँबाट लखेट्न थाले ।
प्रहरीहरु पछाडी तिर बन्दुकको नाल फर्काउदै गोली वर्साउदैँ ओरालो तिर भाग्न थाले । त र जनताहरु भने प्रहरीको गोलीको कुनै प्रवाह नगरि हत्यारा प्रहरीमाथी बदलाभावले निरन्तर प्रत्याक्रमण गर्न थाले । जनताले प्रहरी गाँउ तलको खोला तरेर पारी कोटबाडा र कुमालगाँउ गाविस जाने उकालो तिर लागे सम्म पनि निरन्तर पिछा गरेर लखेटी रहे । त्यो बेलासम्म कोटबाडा र कुमालगाँउ गाविसका जनताले पनि प्रहरीको दमन र आतंकको घटनाबारे जानकारी पाईसकेका थिए । त्यहाँका जनताहरु पनि जम्मा भएर तलबाट प्रहरीहरु भागीरहेको देखेर भिरालो ठाँउमा माथिबाट ठुला ठुला ढुंगाहरु लडाएर माल्कोटमा भएको प्रहरी दमनको प्रतिरोधमा माल्कोटी जनतालाई साथ दिन थाले ।
हजारौँ जनताको तल र माथीबाट निरन्तरको दोहोरो ढुंगामुडाको प्रतिरोधबाट बच्न प्रहरीलाई हम्मेहम्मे पर्यो र १० जना ९१ जना नजिकैको रुखमा लुकेरे बसेको थियो० प्रहरीहरु चिउरिमेला भन्ने उकालो ठाँउमा रहेको एक ठुलो ढुंगाको काख ९ओडार० भित्र छिरे र भित्रबाट जनतामाथी अन्धाधुन्ध गोली बर्साउन थाले । आक्रोशित जनताले त्यो ओडारसम्म पनि प्रहरीलाई छोडेनन् । माल्कोट र कोटबाडाका जनताहरु प्रहरी छिरेको ओडारको नजिक गए तर प्रहरीले वाहिर ननिस्की भित्रबाट अन्धाधुन्ध गोली प्रहार गरि राख्यो ।
त्यस विचमा ११ जना मध्यको एक जना प्रहरी ९जो रुखमा लुकेर बसेको थियो० ले गोलीप्रहार गरी त्यहाँ उपस्थित कोटवाडा निवासी कालीवहादुर विश्वकर्माको हत्या गर्यो । जनताहरु झन आक्रोशित भए र प्रहरीहरु लुकिरहेको ओडार बाहिरबाट आगो लगाउने र उनिहरुलाई वाहिर निकालेर हत्या र दमनको बदला दिई छाड्ने योजना बनाए । प्रहरीको निरन्तरको गोली प्रहारका वावजुत जनताले ओडार बाहिरबाट ठुलो आगो लगाए । त्यो आगो र धुवाको मुस्लो सहन प्रहरीलाई हम्मे भयो । सहन नसकि भित्रबाट ३ जना प्रहरीहरु बाहिर निस्कीए,जसमध्ये २ जना फायरिङ् गर्दै ओरालो हुँदै चौकीतिर भागे भने १ जनाको त्यही जनताको आक्रमणबाट मृत्यु भयो ।
त्यसै वखत जनताहरु प्रहरीको हातबाट एउटा राईफल खोस्न सफल भए । प्रहरीहरु जनताको प्रतिरोधबाट आतंकित भएर ओडारबाट वाहिर निस्कन नसकि रातभर त्यहीबाट फायरिङ् गरिरहे । अवेर सम्म पनि जनताहरु प्रहरीलाई वाहिर कुरेर वसी रहे तर राति सम्म पनि वाहिर ननिस्के पछि फिर्ता भए । उक्त साहसिक घटनाको सुरुदेखी अन्तसम्म त्यहाँका महिलाहरुले प्रदर्शन गरेको साहश र विरता ऐतिहासिक छ ।
प्रहरीबाट खोसेर ल्याएको उक्त थ्रिनटथ्रि राईफल धनसरा विश्वकर्माले बोकेर ल्याई वेलुकी मुलाखेतमा पार्टीको सम्पर्कमा आएर वुझाएकी थिईन । घटनाको क्रममा धनसरा विश्वकर्मा,अर्जुन विश्वकर्मा, देव शाही, कालीबहादु विश्वकर्मा, लुति विश्वकर्मा लगायतका हजारौँ जनताहरुले साहसिक भुमिका निर्वाह गरेका थिए ।भोली पल्ट दिँउसो मात्रै निमार्णधिन सुनथराली विमानस्थलमा थप सरकारी फौज झारी ओडारमा लुकिरहेका बाँकी प्रहरीहरुको उद्धार गर्न पुग्यो र जिवीत र मृत प्रहरीहरुलाई हेलिकप्टरमा लिएर गयो ।
प्रहरीको गोली लागी मृत्यु हुनुभएका कालीकोट जिल्लाकै प्रथम शहीद कालीबहादुर विश्वकर्माको अन्तेष्टिी घरेलु हात हतियारसहित हजारौ जनताको उपस्थितिमा भव्य रुपमा सम्पन्न गरियो । जसले कहिल्यै नमर्ने विरताको इतिहास जन्माएर जानुभयो । यसरी कालीकोटको एक विकट गाँउ विथलडाडाका साहाशिक क्रान्तिकारी महिलाहरुले हतियारधारी प्रहरीको हातबाट राईफल खोसेर पार्टीलाई बुझाएर र त्यहाँका निशस्त्र जनताहरुले राज्यको वर्वर आतंक र सशस्त्र सैन्य फौजको निशस्त्र रुपमा प्रतिरोध गरी विजय हासिल गरेर नेपाली क्रान्ति र विश्वका सवै क्रान्तिकारीहरुलाई एउटा अजम्वरी ईतिहास रचना गरेका छन् ।

(प्रतिरोध दिवशको अवसरमा यो लेख घटनामा प्रत्यक्ष सहभागी जनतासंगको कुराकानीमा आधारित भएर लेखिएको हो)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु