राजनीतिक सिन्डिकेट खारेज गर

२०७४ श्रावण ८ गते, आईतवार

नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस गठबन्धनको कारण देशमा भागवण्डाको राजनीति मौलाएको छ । यी दुई दलको गठबन्धनले गर्दा समग्र देश नै बन्धक बन्न पुगेको छ । यी दुई दलले आफ्नो स्वार्थका निम्ति सरकार परिवर्तन गर्ने र अन्य दललाई राजनीतिको मूलधारबाट पाखा लगाउने चलखेल गर्दा देशको राजनीतिक थप जटिल भएको छ । यी दुई दलको भागवण्डाको राजनीतिअनुसार पछिल्लो पटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री भएको महिना दिन नाघिसक्यो । तर, अझैसम्म मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । समग्र देश र जनताको हितमा भन्दा पनि आपूm र आफ्नो दलको स्वार्थ पूरा गर्न सहयोग पु¥याउने व्यक्ति र दलसँग मात्र सहकार्य गर्ने उनीहरुको नीति कै कारण अहिलेसम्म सरकारले पूर्णता पाउन नसकेको कुरा घाम जत्तिकै छर्लङ्ग छ । देशमा शान्ति र सुशासन एकादेशको कथा भएका छन् । हालै स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरुसमेत बेलगाम भएका छन् । उनीहरु सत्ता पक्ष दलको सिको गर्दै जनताप्रति उत्तरदायी हुनुभन्दा आफ्नो स्वार्थपूर्ति गर्न तल्लिन हुन थालेको समाचारहरु सार्वजनिक भइरहेका छन् । सत्तासीन केन्द्र जसरी भागवण्डा र स्वार्थको राजनीति गरिरहेका छन्, स्थानीय निकायका जनप्रतिनिधिहरु पनि त्यही सिको गर्न थालेका छन् । जुन देश र जनताको लागि घातक विषय हो । तसर्थ, नेकपा माअ‍ोवादी केन्द्र र नेपाली काँग्रेसले आफ्नो अपवित्र गठबन्धनबाट माथि उठ्नु जरुरी छ । देशको वर्तमान राजनीतिक अवस्था र जनताको चाहना पनि यही छ । तसर्थ, वर्तमान समस्याको समाधान गर्न अपवित्र गठबन्धनको सरकार होइन, सबै दलको सहमति आवश्यक छ । त्यसको निम्ति संसद्भित्र र बाहिरका दलहरु एकजुट हुन आवश्यक छ । यसको पहल सरकार र आपूmलाई मुख्य दल ठान्ने र मान्नेहरुले लिनु आवश्यक छ, साथै देशलाई अग्रगमनतर्फ लैजाने र देशमा शान्ति सुशासन कायम गर्ने हो भने तत्काल संसद्भित्र र बाहिरका दलहरुलाई समेटी राष्ट्रिय सरकार गठन गर्नुपर्छ अन्यथा मुलुक गम्भीर भड्खालोमा फस्ने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु