माओवादी महाधिवेशनको बन्दसत्र सुरु हुदै

२०७३ फाल्गुन ५ गते, बिहीबार

काठमाडौं, ५ फागुन । नेकपा (माओवादी) को आठौं महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुदैछ । रोल्पाको थबाङमा सुरु हुने सो बन्दसत्र फागुन १० गतेसम्म चल्ने आयोजकले बताएको छ । महाधिवेशनमा देशैभरका प्रतिनिधि, पर्यवेक्षक स्वयमसेवकसहित १ हजार जनाको सहभागिता रहने आयोजकले जनाएको छ । यो महाधिवेशनले नेपालमा जनताको सत्ता नयाँ जनवादी क्रान्तिको पुल पार गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्न वैज्ञानिक विचार, नीति, कार्यक्रम र योजना निर्माण गर्ने बताइएको छ ।
यसैबीच नेकपा (माओवादी) का महासचिव विप्लवलाई थबाङमा स्थानीय जनसमुदायद्वारा भव्य स्वागत गरिएको छ । महासचिव विप्लवलाई स्थानीय भेषभुषामा सजिएका नाचगान पञ्चेबाजा सहितको टोलीले स्वागत गरेको थियो ।
यसैगरी, करिब २ करोडको आफ्नै लगानी तथा श्रमदानमा भर्खरै निर्माण भएको सहिद स्मृति भवनलाई महाधिवेशनको बन्दसत्रको लागि झण्डा, तुलब्यानर, ध्वाजा मालावाट सजाइएको छ । जनयुद्धको उद्गम गाउँका प्रत्येक घरघर, गल्ली गल्ली, चोकचोकमा झण्डा ब्यानरले झकिझकाउ पारिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु