माओवादी बिशाल जनप्रदर्शन गर्दै

२०७३ जेष्ठ ७ गते, शुक्रबार

काठमाडौ, ७ जेठ । नेकपा माओवादीले आज वेपत्ता योद्धाहरुको स्मृति दिवस पारेर विशाल विरोध प्रदर्शन र जनसभा गर्दैछ । राजधानीको खुल्लामन्चमा हुने सो जनसभाको लागि शिर्ष नेताहरुको नेतृत्वमा राजधानीका चार स्थानबाट मध्यान्ह १२ बजे र्याली निस्कने र दिउसो एक बजे खुल्लामन्चमा पुगेर जनसभामा परिणत हुने बताइएको छ ।
कालीमाटीबाट प्रवक्ता प्रकाण्ड, कुपण्डोलबाट उत्तम विष्ट , बबरमहलबाट धर्मेन्द्र बास्तोला, लैनचौरबाट सन्तोष बुढाको नेतृत्वमा र्याली सुन्धारा पुगेपछि महासचिब विप्लबले नेतृत्व गर्दै सहभागीहरु खुल्ला मञ्च प्रवेश गर्ने बताइएको छ ।
जनसभालाई विप्लवले बिशेष सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । यस्तै जनसभालाई पार्टीका अन्य नेताहरुले पनि संबोधन गर्ने बताईएको छ । राजधानीको शक्ति प्रदर्शनका लागि देशका विभिन्न जिल्लाबाट प्रतिनिधिमुलक कार्यकर्ताहरु राजधानीमा आउने क्रम जारी छ । र्यालीमा देशभरबाट आएका प्रतिनिधी तथा उपत्यको तीन जिल्लाबाट हजारौको जनसहभागिता हुने सो पार्टीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु