माओवादी नेताविरुद्धको प्रचारबाजी निराधार

२०७१ जेष्ठ ३१ गते, शनिबार


काठमाडौँ । नेकपा -माओवादीका पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का विरुद्धमा अनलाइन खबर लेखेको समाचारलाई माओवादीले कापोलकल्पित र भ्रमपूण् समाचार भनी खण्डन गरेको छ । नेकपा-माओवादीका महासचिव रामबहादुर थापाले उक्त समाचारको खण्डन गरेको अनलाइन खबरले प्रकाशित गरेको थियो । माओवादी नेता प्रकाण्डलाई पार्टीले कारवाही गरेको समाचार अनलाइनखबरमा प्रकाशित भएपछि माओवादी अध्यक्ष मोहन वैद्य किरणको निर्देशनमा महासचिव रामबहादुर थापा बादलले उक्त कापोलकल्पित र भ्रामक समाचारको खण्डन गरेको बताइएको छ । आफ्नो समाचार कपोलकल्पित, भ्रामक र निराधार भएको थाहा पाएपछि अनलाइन खबरले तुरुन्तै उक्त समाचार हटाएको छ । आफूलाई एक नम्बरको अनलाइन पत्रिका बताउने अनलाइन खबरले यस्तो भ्रामक समाचार छाप्नु र पछि पुष्टि गर्न नसकेपछि तुरुन्तै हटाउनुले उसको विश्वसनीयतामाथि प्रश्न उठेको छ । पछिल्लो चरण नेकपा-माओवादीका नेतामाथि अनेक भ्रामक समाचार छाप्दै आएको अनलाइनलाई आफ्नो समाचार पुष्टि गर्न नसकेर खण्डन छापी तुरुन्तै हटाउनुपर्ने बाध्यताले अब उसको विश्वसनीयता आमजनसमुदायमा घट्न थालेको छ । पार्टीविशेष र व्यक्ति विशेषलाई निशाना बनाएर निराधार, भ्रामक र कपोलकिल्पत समाचार प्रकाशन गरी वाहवाही पाउने प्रपञ्च गर्ने अनलाइन खबरलाई अहिले गम्भीर धक्का लागेको अनलाइनका नियमित पाठकले बताए । उनी अगाडि भन्छन्, यस्तो व्यक्ति विशेष र पार्टीविशेषलाई बद्नाम गर्ने गरी पीतपत्रकारिता गर्ने अनलाइनको समाचारमाथि विश्वास गर्नु नहुने रहेछ । यो अनलाइन खबरका आमपाठकले बुझनुपर्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु