महाकवि देवकोटाको घर सरकारले किन्यो

२०७६ मंसिर ३० गते, सोमबार

काठमाडौं, ३० मंसिर । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्ज र उक्त कविकुञ्जले चर्चेको जग्गा प्राप्त गरेको छ । विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले घोषणा गरेको उक्त सङ्ग्रहालय निर्माणको काम जग्गाप्राप्तिका कारण ढिलाइ भएको थियो । प्रज्ञाप्रतिष्ठानको प्रस्ताव र नेपाल सरकारको निर्णयानुसार कानूनतः उक्त १२ आना १ दाम क्षेत्रफलको जग्गाको हक हस्तान्तरण भएको प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए । हक हस्तान्तरणबापत महाकवि देवकोटाका छोरा क्रमशः प्रा डा पद्मप्रसाद देवकोटा र डा दीपक देवकोटालाई मालपोत कार्यालय, चारखाल, डिल्लीबजारमा आईतबार २ करोड ५० लाखको चेक हस्तान्तरण गरिएको छ ।

प्रतिक्रियाहरु