भारतीय हस्तक्षेप असैह्य

२०७७ असार २८ गते, आईतवार

पछिल्लो समय सत्ताधारी नेकपाभित्र पदको विषयलाई लिएर रडाको मच्चिरहेको छ । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेवलगायत झुण्ड ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन न्वारानदेखि बल लगाइरहेका छन् । सत्ताधारी पार्टीभित्रको यही द्वन्द्वलाई मच्चाएर छिमेकी मित्रराष्ट्र भारत आफ्नो भक्तहरुलाई सत्तामा ल्याउन जोरजबर्जस्ती गरिरहेको छ । भारतको ‘रअ’का प्रमुखलगायतका व्यक्तिहरु नेपाल आएर ओलीलाई सरकारबाट हटाउन लागिपरेको समाचार सार्वजनिक भइरहेका छन् । उता भारतीय सञ्चारमाध्यमले नेपाल र नेपालका प्रधानमन्त्रीका बारेमा सामान्य कूटनीतिको समेत खिल्ली उडाउँदै समाचारहरु सार्वजनिक गरिरहेका छन् । जुन ज्यादै घृणित र निन्दनीय छन् । विगतका सरकारको तुलनामा ओली सरकार केही राष्ट्रवादी देखिएको छ । यस अवस्थामा ओलीलाई अपदस्त गरी अर्को सरकार गठन भएर वर्तमान समस्याको समाधान हुन सक्दैन । त्यसले त झन् देशमा वैदेशिक हस्तक्षेप बढाउँछ र देशलाई अस्थिरतातिर धकेल्छ । यस्तो अवस्थामा देशलाई साँच्चिकै निकास दिने हो भने वैज्ञानिक समाजवाद ल्याउन एकीकृत जनक्रान्तिमार्फत् संघर्षरत नेपाल कम्युनिस्ट पार्टीलाई साथ र सहयोग गर्नुपर्छ किनभने देशमा संसदीय व्यवस्था रहेसम्म राष्ट्रिय मुक्ति सम्भव छैन । जुन अहिलेको सरकार र सत्ताधारी पार्टीको कार्यबाट पुष्टि हुन्छ, त्यसले देशलाई वैदेशिक हस्तक्षेप र देशी÷विदेशी दलालहरुको चंगुलबाट मुक्त पारी स्वाधीन राष्ट्र र स्वाभिमानी नेपाली हुन एकीकृत जनक्रान्तिलाई सफल पार्नुको विकल्प छैन । आजको आवश्यकता र जनचाहना पनि यही हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु