बैद्यको मुट्ठी गायब

२०७४ मंसिर २७ गते, बुधबार

काठमाडौं, २७ मंसिर । सिद्धान्तमा जनयुद्धको जगमा जनविद्रोह गर्ने भन्ने र ब्याबहारमा चुनावलाई उपयोग गर्ने नीति लिएको क्रान्तिकारी माओवादीले प्रतिनिधिसभा र प्रदेशसभाका लागि बिभिन्न जिल्ला र क्षेत्रमा उम्मेद्धारी दिएको थियो । नेपालका निष्ठावान नेता मानिएका मोहन बैद्यले नेतृत्व गरेको सो पार्टीले स्थानीय निकायमा केही वडामा जीते पनि यस पटक प्रतिनिधि सभा र प्रदेश सभामा चुनावमा धरौटी समेत बचाउन सकेन भने समानुपातिकमा आएको मतको पनि हिशाब सार्वजनिक भएको छैन । मुट्ठी चिन्ह लिएर रोल्पा , काठमाण्डौं , भोजपुर , नवलपुर लगायतका जिल्लामा उम्मेद्धारी दिएकाहरुले कति कति मत ल्याए खासै सार्वजनिक भएको छैन ।
निर्वाचन आयोगको विवरण अनुसार देजमोका उम्मेद्धारले धेरै ठाँउमा हजार मत ल्याउन पनि सकेका छैनन् । यस्तोमा अहिले बैद्य माओवादी भित्र मुट्ठी कता हरायो ? निर्वाचनमा नजाऔं भन्दा सुनेनन् नेताले भन्दै कार्यकर्ताहरुले चर्चा शुरु गरेको स्रोतले को छ । स्रोतका अनुसार अनुसार पार्टीकै नीतिमा चुनाव उपयोग गरिए पनि मोहन बैद्य र सिपी गजुरेल सहितका नेता प्रचारमा पनि गएनन् भने मत पनि नहालेको बताईएको छ । यद्यपी सो पार्टीका नेताहरुले यो चुनाब जित्नका लागि भन्दा पनि पार्टीको विचारलाइ जनतामा पुर्याउने माध्यम भएको भन्दै आफ्नो बचाउ गर्दै आएका छन्

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु