बलात्कारी प्रधानाध्यापकलाई कालोमोसो

२०७४ चैत्र ८ गते, बिहीबार

काठमाडौं, ८ चैत । नेपाल कम्युनिस्ट पार्टी रामेछापले आफ्नै विद्यालयकी १४ वर्षीय छात्रालाई बलात्कार गर्ने प्रधानाध्यापकलाई कालोमोसो दलेको छ । रामेछापको नामाडी बेतालीस्थित श्री जनजागृती उच्च माविका प्रधानाध्यापक गोविन्द खत्रीलाई नेकपाका कार्यकर्ताले बुधबार कालोमोसो दलेका हुन् । सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय किशोरीलाई खत्रीले बलात्कार गरेको, आर्थिक चलखेल गरी अदालतलाई समेत प्रभावमा पारी सफाई लिएर अपराधलाई ढाकछोप गरेको, सिंगो शैक्षिक जगत र प्राज्ञिक मर्यादाको घोर अपमान गरेको भन्दै नेकपाले जनकारवाही स्वरुप कालोमोसो दलेको बताएको छ ।
त्यसैगरी बलात्कार घटनालाई ढाकछोप गर्न विद्यालय व्यवस्थापन समितिलाई प्रभावमा पारेको, अदालतको सफाईपछि समेत छात्रालार्य गाउँभन्दा अन्तै राखेर बलात्कार गर्दै आएको नेकपा रामेछापले आरोप लगाउँको छ । पैसा र पहुँचका आधारमा अदालतबाट सफाई पाएर पुर्न किशोरीको यौन शोषण गर्दै आएकोले जनकारवाही गर्नुपरेको नेकपा रामेछापले बताएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले घटनास्थलमा छोडेर गएको ७ बुँदे पर्चामा यस्तो उल्लेख गरिएको छ –
१. कक्षा ८ मा अध्ययनरत १४ वर्षीइ आफ्नै छात्रालाई बलात्कार गरेको ।
२. आर्थिक चलखेलद्वारा अदलातलाई समेत प्रभावमा पारी सफाई लिई अपराधलाई ढाकछोप गरी आफू निर्दोश रहेको डंगा पिट्दै समाजको समेत मानमर्दन गरेको ।
३. अदालतको कथित सफाईपछि समेत छात्रालार्य गाउँभन्दा अन्तै राखेर लगातार यौन शोषण गर्दै आएको ।
४. विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संचारमाध्यम, समाजिक संजाल र समाजमा अपराधको व्यापक निन्दा हुँदाहुँदै पनि गल्ती महशुस गर्नुको साटो दम्भ र घमण्ड प्रस्तुत गरेको ।
५. सिंगो शैक्षिक जगत र प्राज्ञिक मर्यादाको घोर अपमान गरेको ।
६. विद्यालय व्यवस्थापन समितिलाई आर्थिक प्रभावमा पारी अपराध पश्चात पनि प्रधानाध्यापकमा पुर्नवहाल भएको ।
७. विद्यालयमा व्यापक अनियमितता, भ्रष्टाचार र मनपरीतन्त्र लादेको ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु