प्रधानमन्त्री ज्यु, एक माघले जाडो जाँदैन – अग्नि पुञ्ज

२०७५ श्रावण ६ गते, आईतवार

प्रधानमन्त्री ज्यु, दुई तिहाईको शक्तिको सहि सदुपयोग गर्नुहोला, देश बनाउनको लागि दुई तिहाईको शक्ति चाहिएको हो, अन्य कामको लागि होइन। सत्तामा रहँदा बिबेक गुमाउने शाषकहरु संसारमा धेरै छन्, त्यो बाटोमा आफु थपिने काम नगर्नुहोला । डा. गोबिन्द केसी ज्यु, तपाईका माँगहरुले समग्र देशको संकट समाधान गर्दैनन्, आफुलाई बेथिति अन्त्यको मसिहा नठान्नुहोला । किनकि, आजको आबश्येकता सबै नीजि मेडिकल कलेजलाई सरकारीकरण गर्ने भन्ने हो, यसको अगाडी तपाईका माँगहरु केहि होइनन् ।
प्रम ज्यु, सत्तामा रहदाभरि जनताले तपाईको जय-जयकार गर्ने गरि काम गर्न खोज्नुस्, दुई तिहाई दिएको यदा-कदा प्रकट हुन खोज्ने दम्भको लागि होइन ।
डा. केसी ज्यू, तपाईका माँगहरुले सिङ्गो देश बन्दैन । मेडिकल छेत्रमा मात्रै समस्या छैनन्, हर छेत्रमा समस्या छन्। देशका सैयौं छेत्रका १/१ जना मनिसहरुले तपाईको जस्तै सनक देखाएर सत्याग्रह थाले भने देश कता पुग्छ? तपाईलाई थाहा छ? केहि पश्चिमाहरुले नेपाललाई जति अस्थिर बनाउन खोजेका छन्, त्यस्तै अस्थिर बन्छ र यहाँ पश्चिमाहरुको भयाबह उपस्थितिका कैयौं द्वार खुल्दै जानेछन् । स्थिरता कति महत्वपुर्ण कुरा हो भन्ने कुरा एउटा सानो सटरमा पसल थापेको दिदी-बहिनीलाई सोध्नुहोस् वा देशको अर्थतन्त्र धान्ने उद्योगीहरुलाई डा. सा’ब ।तपाईको कदम र नियत पबित्र हुदा-हुदै पनि देश त्यसैको कारण खेल-मैदान बन्दैछ भन्ने कुरा डा. केसीले बुझ्नैपर्छ । केसी ज्यु, तपाईको अनसन अवधिभर हजारौं डाक्टरहरुको हडतालको कारण कति बिरामीको ज्यान गयो? कति सुत्केरी महिलाको ज्यान गयो? कति बिरामीले प्रताडना भोग्नुपर्यो? यो सोच्नुभएको छ?
के अनसन मात्रै समाधान हो? तपाईको कारणले देशको शक्ति दुई तिर बिभाजन हुदैछ र यसले आन्तरिक एकता भँग भएर राष्ट्रिय एकता र राष्ट्रिय सुरछ्यामा गम्भिर असर पर्ने छ, यो कुरा सोच्नुभएको छ?तपाईले देशलाई जोड्नुपर्थ्यो र एक बनाउन प्रयत्न गर्नुपर्थ्यो।हड्ताल र सत्याग्रह संगै जान सक्दैन।हड्ताललाई तपाई हतियार बनाउनुहुन्छ वा बन्न दिनुहुन्छ भने सत्याग्रह किन?
ओली ज्यु, गोबिन्द केसीको अनसनलाई पेलेर जाने प्रयत्न नगर्नुहोस् । कम्युनिष्ट सरकारको लोकप्रियतामा भारी मात्रामा गिरावट आउनेछ, यो कुरामा ध्यान दिनुहोस्। एक माघले जाडो जाँदैन, ५ बर्षपछि अभिमत उल्टो बन्यो भने प्रम ज्यू ?
ओली ज्यु, इतिहासले एक पटक तपाईलाई ऐतिहासिक जोखिम मोल्ने बिन्दुमा ल्याएर उभ्याएको छ।सबै नीजि मेडिकल कलेजलाई सरकारीकरण गरिदिनुहोस् र डा. केसीलाई उहाँको जिऊ रहुञ्जेल अनसन बस्नु नपर्ने निर्णय लिनुहोस्।
बिश्वास छ, सबै नीजि मेडिकल कलेजलाई सरकारीकरण गर्ने निर्णय गरेपछि पनि डा. केसी उक्त निर्णय उल्टाउन सत्याग्रहमा जाने छैनन्,यदि त्यसपछि पनि सत्याग्रहमा उत्रेमा त्यसको धज्जी जनताले उडाउनेछन्। डा.केसीको कान समातेर राजनीतिक बाढि पार गर्न खोज्ने सबैलाई प्रधानमन्त्रीले सबै नीजि मेडिकल कलेजलाई सरकारीकरण गर्ने गरि जबाफ दिउन् । परिस्थितिको सहि आँकलनबिना सरकारले चाल्ने कदम आत्मघाती हुन सक्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु