प्रचण्डलाई ओलीको खुलापत्र

२०७४ कार्तिक १५ गते, बुधबार

प्रचण्ड कमरेड अभिवादन,
१२ बुँदै दिल्ली सम्झौता, बृहत शान्ति सम्झौताको मर्मविरुद्ध तपाईँले भन्दै गरेको विश्वको उत्कृष्ट संविधानले बालकृष्ण ढुङेललाई अपराधि भन्दै जेल पठाउँदा कहाँ हुनुहुन्थ्यो थाहा भएन । तपाईँ जहाँ भएपनि खबर सुन्‍नु नै भयो होला । यसमा तपाईँले केही नबोलेको देख्‍दा पत्र लेख्‍न बाध्य भएँ । तपाईँकै दाबीअनुसार तपाईँकै नेतृत्वमा बनेको संविधानले गणतन्‍त्रको लागि ज्यानको बाजी थापेर लड्‍ने योद्धालाई जेल हाल्दा तपाईँलाई पनि पक्कै चित त बुझेको छैन नै होला । तरपनि कुनै प्रतिक्रिया नजाउँदा तपाईँमाथि लाग्दै अाएका अारोप झन् पेचिलो बन्दै गएका छन् ।
जनयुद्धमा भएका घटनाकै कारण ढुंगेललाई अपराधी हुने भए तपाईँ अपराधी हो कि होइन ? बालकृष्णले लडेर ल्याएको लोकतन्त्रमा सत्ता चलाउनेहरु काङ्ग्रेस, राप्रपाहरु अपराधी हो कि होइनन् ? बालकृष्णलाई गिरफ्तार गर्नेहरु जनयुद्धका कुने पनि घटनामा संलग्‍न छैनन् ? अाफैले लडेर ल्याएको गणतन्त्रमा बालकृष्णहरु अपराधी हुने भए तपाईँले नै गणतन्त्रलाई लिएर नागार्जुनको जंगलमा लिएर बुझाईदिनुस् । के तपाईँ शान्ति सम्झौता भंग भएको घोषणा गरेर जनतामा अाउन सक्नुहुन्छ ? यदि त्यो हिम्मत गर्नु हुन्‍न भने हजारौं बालकृष्णहरु जेलको लाइनमा छन् । सुरुमा साना बालकृष्ण र अन्तिममा ठूला बालकृष्ण (प्रचण्ड-बाबुराम) हरुलाई पनि त्यही जेलमा पुर्‍याउने योजना हुनेछ ।
प्रचण्ड कमरेड, बालकृष्ण एउटा ब्यक्ति मात्र होइन तपाईँले नेतृत्व गरेको मुक्ति र परिवर्तनको सपना देख्‍ने महान् योद्धा हो। बालकृष्णलाई जेल हाल्‍नु भनेको जनयुद्धका उपलब्धीहरुको हत्या गरिनु हो । किरण र विप्लव कमरेडले भनेको साम्राज्यवाद र विस्तारवादले माओवादी आन्दोलनलाई घेराबन्दी गर्दैछ भनेर धेरै पहिला भन्‍नु भएको थियो । त्यही सत्य साबित हुँदैछ । बालकृष्णमाथीको हमला क्रान्तिकारी कम्युनिस्ट आन्दोलन, १२ बुँदै सम्झौता, बृहतशान्ति सम्झौता र गणतन्त्रमाथिकै प्रहार हो । अदालतले भ्रष्ट-ठगहरु गरेकाहरु चुनाव लड्‍न पाउने, गणतन्त्र ल्याउने योद्धा जेलमा हाल्‍ने गणतन्त्र तपाईंलाई मान्य छ ? राजतन्त्र ढाल्ने योद्धालाई जेलमा राखेर चुनावमा जानु हुन्छ भने ? जनयुद्ध, १२ बुँदै दिल्लीसम्झौता, बृहतशान्ति सम्झौता बिपरित प्रतिक्रियावादीहरुको घेराभित्र हजारौं बालकृष्णहरुलाई जेलमा हाल्ने षड्‍यन्त्रमा फस्दै हुनुहुन्छ कमरेड ।
प्रतिक्रियावादीहरुले आफ्नो लुटको शासन कायम गर्न माओवादी आन्दोलन र बालकृष्णमाथि हमला गर्न पुगेका छन् । अब कम्युनिस्ट आन्दोलनको रक्षा र बालकृष्णलाई न्याय दिन क्रान्तिकारी अान्दोलनको अावश्‍यकता बढेर गएको छ । बालकृष्ण माथिको हमलाले आर्को क्रान्तिको माग गरेको छ । अब चुनावको मोर्चाबन्दी होइन क्रान्तिको मोर्चाबन्दीको अावश्‍यकता भएको छ ।
प्रचण्ड कमरेड, संसदीय व्यवस्थालाई साम्राज्यवादहरुले आफ्नो फाटेको लगाैंटी बनाइ सकेका छन् । बालकृष्णजस्ता हजारौं योद्धाहरुले रगत-पसिना बगाएर ल्याएको गणतन्त्रमाथि खेलवाड गरेर सत्तामा बस्ने अधिकार दिनु हुँदैन । अब बालकृष्णमाथीको प्रहार रोक्न अर्को क्रान्तिकारी अान्दोलनको अावश्‍यकता भएको छ । यो अावश्‍यकता तपाईँको महसुश गर्नु भएन भने अरु हजारौं बालकृष्णहरुले जेल भरिने छन् । – टिकाराम वली, बामपंथी सुभचिन्तक

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु