प्रकाण्डबिरुद्धको प्रचार : भगौडा , संसदवादी दलका चाटुकार र दलाल आवरणका पत्रकारको अरण्य रोदन

२०७६ जेष्ठ २२ गते, बुधबार

काठमाडौं, २२ जेठ । नेपाल कम्युनिस्ट पार्टीले पार्टी प्रवक्ताबिरुद्ध प्रचारमा आएका समाचार दलाल संसदवादी दलका चाटुकार , पार्टीका भगौडा र दलाल आवरणका पत्रकारको अरण्य रोदन भएको बताएको छ । प्रवक्ता प्रकाण्डबिरुद्ध नियोजित रुपमा समाचार प्रचार प्रसार गर्न थालेपछि पार्टीले सो कुरा बताएको हो । खासगरी प्रवक्ता प्रकाण्डले मध्य कमाण्डको जिम्मेवारी सम्हालेको बिषय सार्बजनिक भएसंगै यस किसिमको प्रचारबाजी हुन् थालेको सो पार्टीले ठोकुवा गरेको छ । प्रवक्ता प्रकाण्ड जनयुद्धकाल देखि नै सच्चा क्रान्तिकारी नेताको रुपमा चिनिदै आएका र सहिद परिवारका व्यक्ति तथा आधारभूत वर्गवाट राजनीतिमा होमिदै पार्टीको दोस्रो दर्जामा पुगेका नेता हुन् । प्रकाण्ड पार्टीभित्र खरो नेताको रुपमा चिनिन्छन । उनि पार्टी नीति ,पद्धति, अनुशासन र जिम्मेवारीबिरुद्ध कहिले नजाने र अरु कसैलाई सो बिरुद्ध जाने नदिने नेताको रुपमा चिनिन्छन । प्रवक्ता प्रकाण्ड पार्टीको नीति , बिधि र पद्धतिबिरुद्ध कसैलाई जान दिदैनन , पार्टीको नाममा गुटबन्दी गर्ने र आर्थिक चलखेल गर्नेको निद हराम गर्ने नेताको रुपमा चिनिन्छन । प्रकाण्डको पार्टीप्रतिको यहि इमान्दारीता र क्रान्तीकारी शैलीका कारण उनिबिरुद्ध एउटा झुण्ड हात धोएर पछि लागेको नेकपाका नेताहरु बताउछन ।
पार्टी र क्रान्तिलाई भजाएर , गुटबन्दी गरेर आर्थिक चलखेल गर्ने पार्टी पोलिटब्युरो सदस्य , बिभिन्न जनबर्गीय संगठनका नेता- कार्यकर्ता र पत्रकारको आबरणका दलाल र सीआइडीहरु प्रकाण्ड कै कारण पार्टीवाट बिस्थापित हुन् पुगेको सो पार्टीका एक नेताले बताए । यसरी पार्टीभित्र बसेर ब्रम्हलुट मच्याउन नपाएपछि उनीहरु यो वा त्यो बहानामा पार्टीवाट पलायन भएका छन भने कतिपयलाई पार्टीवाट निष्कासन समेत गरिएको छ । पार्टीवाट निष्कासन र पलायन भएका तिनै झुण्डहरु अहिले बिभिन्न संचार माध्यम र पत्रकारलाई गुहार्दै प्रकाण्डबिरुद्ध बिष बमन गर्दैछन् । यसरी सत्य तथ्य नबुझी पार्टीवाट पलायन भएका र कारबाहीमा परेका नेता , कार्यकर्ता र दलाल र शुराकी गरेको आरोपमा पार्टीवाट निष्कासनमा पत्रकार आवरणका दलालहरुको सुचनालाई आधार मान्दै समाचार प्रकाशन गर्नु घोर निन्दनीय र आपत्ति जनक भएको ति नेताले बताए । यसरी एउटा क्रान्तिकारी पार्टी र उसका नेताबिरुद्ध सुनियोजित तवरवाट प्रकाशन भएका समाचारको पुष्टि नेपाली जनताले खोज्ने उनको भनाइ छ । जनता सामु ति समाचारको पुष्टि गर्न नसके त्यस्ता संचार माध्यम र संचारकर्मीलाई सचेत जनताले उचित सजाय गर्ने ति नेताले ठोकुवा गरे।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु