नेकपाका नेताहरु गिरफ्तार

२०७५ बैशाख १४ गते, शुक्रबार

काठमाण्डौ, १३ वैशाख । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई बिना कारण पक्राउ गर्न थालेको छ प्रहरीले बिनाकारण नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गर्ने र झुट्टा मुद्दा लगाउने कार्यलाई तिब्रता दिएको पाइएको छ । यसैक्रममा प्रहरिले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की महासचिव धिरिन्द्र उपाध्यायलाई गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट महिलाहरुको संगठन महासचिव उपाध्यायलाई प्रहरीले विहीबार काठमाडौंबाट गिरफ्तार गरेको अनेम संघ (क्रान्तिकारी) ले बताएको छ । पूर्वसभासद् समेत रहेकी उपाध्यायलाई संगठनको कामको क्रममा गिरफ्तार गरेको बताइएको छ । शान्तिपूर्ण महिला अधिकारको पक्षमा काम गर्दा पनि गिरफ्तार गरिनु अापत्तिजनक भएको भन्दै अनेम संघ (क्रान्तिकारी) की अध्यक्ष बन्धु चन्दले रिहाईको माग गरेकी छन् ।
त्यसैगरी प्रहरीले अाजैमात्र नेकपाको युवा संगठन योङ रेड फोर्सका अध्यक्ष बाबुराम राई, उद्योग व्यापार महासंघका अध्यक्ष युवराज पराजुली, सुरेन्द्र श्रेष्ठ, मोहन सिवाकोटीलाई पनि गिरफ्तार गरेको छ । भृकुटीमण्डस्थित नेपाल मानविकी क्याम्पसको इकाइ सम्मेलनबाटै अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाही, केन्द्रीय सदस्य ललित बिकसहितका विद्यार्थी नेताहरुलाई प्रहरीले बुधबार गिरफ्तार गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु