नेकपाका केन्द्रिय सदस्य किरण राईसहितका नेता गिरफ्तार

२०७४ चैत्र ६ गते, मंगलवार

काठमाडौँ, ६ चैत । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कोसी ब्युरो ईन्चार्ज किरण राई (निसान) सहित कोशि व्युरोका सात जना नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । धनकुटाको हिलेबाट उनीहरुलाई सोमबार राति १० बजेर २० मिनेटमा प्रहरीले गिरफ्तार गरेको हो ।
निसान सहित कोसी ब्युरो सदस्य सागर लिम्बु , धनकुटा जिल्ला ईन्चार्ज माधव गौतम ( आकाश )र धनकुटाकै सेक्रेटरी नवराज भट्टराई , तेहथुम सेक्रेटरी कमला कन्दङ्वा, सङ्खुवासभा ईन्चार्ज राजकुमार दङ्गाल र सेक्रेटरी दिब्य बराल लाई घरमा बसिरहेको अवस्थामा गिरफ्तार गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु