नाकाबन्दी विरुद्ध सबै जागौ : प्रकाण्ड

२०७२ आश्विन १३ गते, बुधबार

काठमाडौ १२ असोज । नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २० औं राष्ट्रिय सम्मेलन मंगलवारवाट चितवनको भरतपुरमा सुरु भएको छ । देशको परिवर्तनका निम्ती चल्ने आन्दोलनहरुमा संगठनलाई सड्क बाघका रुपमा पचिय दिदै आएको माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २० औ राष्ट्रिय सम्मेलन पार्टी प्रवक्ता प्रकाण्डले पानसमा बत्ति वालेर उदघाटन गरेका थिए ।
उदघाटन समारोहमा वोल्दै प्रवक्ता प्रकाण्डले राष्ट्रियताका निम्ती विद्यार्थीहरुले हातमा किताव, कपि र कलममात्र नभएर वन्दुक वोक्नु पर्ने वेला आएको वताए । उनले भारतले अघोषित रुपमा गरेको नाकाबन्दीका विरुद्ध भोली देखि नै भारतिय नम्वर प्लेटका गाडीहरु नेपालमा कुदीरहेको देख्न वित्तिकै जलाउन विद्यार्थीहरुलाई निर्देशन गरे ।
कार्यक्रममा माओवादी स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाले हाल देशमा जारी जनविरोधि संविघान भारतिय ‘र’ को ईशरामा गरिएको वताए । भारतमा एकातिर भारतिय कांग्रेस , अर्को तिर भाजपा र आरएसएस विचको राजनैतिक लडाईले यतिवेला नेपाललाई निकै प्रभाव पारेको उनले तर्क गरे ।
सम्मेलन उद्घाटन समारोहमा पार्टीका पोलिटव्यूरो सदस्य ईश्वरी दहाल, अनिल शर्मा, भरत बम केन्द्रिय सदस्य माईला लामा, चिरन पुन, अनेम संघ (क्रान्तिकारी) की अध्यक्ष विन्दु चन्द, किसान अध्यक्ष ठाकुर चापागाई, दलित मुत्तिल मोर्चाका अध्यक्ष डम्वर विक, बैद्य माओवादी विद्यार्थी संगठनका महासचिव उत्तम अधिकारी, एमाओवादी विद्यार्थी संगठनका कार्यालय सदस्य नरेन्द्र न्यौपाने, एमाले विद्यार्थी संगठनकी सचिवालय सदस्य निशा अधिकारी, समाजवादी विद्यार्थी संगठनका अध्यक्ष विवेक राई, अखिल क्रान्तिकारी शिक्षक संगठनका महासचिव गोपाल पाण्डे लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
त्यसैगरि विच विचमा सामाना साँस्कृतिक परिवारले साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेको थियो भने प्रगतिशिल कवियात्री निभा शाहले कविता प्रस्तुत गरेकी थिईन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु