जनआक्रोश सत्ताको निम्ति काल हो – सुमनसिंह पौडेल

२०७६ श्रावण १२ गते, आईतवार

भोजपुरमा राजुको निर्मम हत्या गरियो, सर्लाहिमा कुमारलाइ झुटो मुठभेटको कथा रचेर हत्या गरियो, त्यसैगरी भोजपुरमा पुन निरकुमारको हत्या गरियो । त्यस्तै ५०० भन्दा ज्यादालाई झुट्टा मुद्दामा आरोपित गरेर कैद गरिएको छ । धेरैलाइ इन्काउन्टर गर्ने तयारी छ भन्ने अपुस्ट कुरा सुन्नमा आएका छन । यदि त्यसो हो भने यो मुलुकमा इन्काउन्टरको ठुलै श्रींखला चल्न सक्छ । त्यो दोहोरै हुन्छ । यस्तो किन भएको छ भने नेपाल कम्युनिस्ट पार्टीले दलाल पुँजीवादी सत्ताको बिरोध ग¥यो, आन्दोलन ग¥यो । जनतामाथी लादिएको अन्यायको प्रतिरोध ग¥यो । जनताहरुको बिचमा सुन्दर बैज्ञानिक समाजवादी ब्यवस्थाको सपना जगायो । त्यसैले त्यस पार्टीमा सम्लग्न भएको आरोपमा दलालहरुको सत्ता दमन हत्यामा उत्रिएको छ ।
के यो आन्दोलन सरकारको फांसिवादी दमनले पछि हट्छ ? के यो क्रान्तिकारी प्रकृया केपी ओलिको मुख जस्तै बरालिन्छ ? कि संचार मन्त्री बांस्कोटाको जस्तो लरबरिन्छ ? सत्तामा बसेर अनेकौ स्वाद फेरिरहेकाहरुको दुर्गन्धित सपना जस्तो यो आन्दोलनको गती रोकिएला त ?
अंह ! यो किमार्थ सम्भव छैन । किनकी, बिप्लव अर्थात अहिलेको बिप्लवी मनोबिज्ञान कुनै लहड रहरको विषय होइन । यो समाज बिकासमा निरन्तर क्रान्तिकारी प्रबृतिको रुपमा बिकसित भएर आएको जबर्जस्त अनिवार्य र अकाट्य प्रबृती हो । यो एकिकृत जनक्रान्तिको रुपमा नेपालमा परिक्षित भैरहेको छ । र यसले निसंदेह दलालहरुको खुनी सत्ता पल्टाउने छ । यो कसैले चाहेर, कसैको दम्भ र घमण्डको अगाडि रोकिने विषय होइन र रोकिनेवाला छैन । जनताको जित अवश्य भएरै छोड्ने छ ।
ब्यक्ती हत्यामा उत्रिएको खुनी सत्ताको सबै अवसेस र संयत्र हाम्रा आंखै अगाडि छन । त्यति मात्तिन जरुरी छैन कसैले । ५०० मान्छे गिरफ्तार गरेको विषयलाई ठुलै सफलता मानिरहेको सत्ताको मगजमा एउटा कुरा घुसेको छैन त्यो थाहा पाउन जरुरी छ– त्यो हाम्रो कार्यदिशा अनुरुपनै भैरहेको छ । यो अझ ठूलो संख्यामा बढ्ने छ । हत्याको विषयलाई सफलता ठान्ने सरकार आंफै फसेको छ, किनभने बलिदान हाम्रो निम्ति गौरवको विषय हो भने त्यसले पैदा गर्ने जनआक्रोश सत्ताको निम्ति काल हो । अहिले सरकारले गरेको हत्याले श्रीजना गरेका स्थितिहरुलाई हेरे पुग्छ । सरकारको ब्यवहारको जवाफ फर्काउन हामी तयार छौं । त्यो जेल हिरासतबाट पनि हुन सक्छ, बाहिरबाट पनि हुन सक्छ, जीवन बलिदान गरेर पनि हुनसक्छ । हामी राष्ट्र र जनताको पक्षमा संधै लड्न तयार छौं ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु